Loading

मृत्युशय्यामा युधिष्ठिर / नयनराज पाण्डे

यो कथा इतिहासमा कतै पनि लेखिएको छैन । तर, यसका पात्रहरु अझै पनि जीवित छन् । दुर्भाग्य ! तिनीहरु यस कथाको सत्यताको साक्षी बस्न तयार छैनन् । त्यसैले यो कथा अविश्वसनीय लाग्न सक्छ । तर पनि म तपाईं आदरणीय पाठकहरुलाई विश्वास दिलाउन चाहन्छु कि यो कथा यसमा उल्लिखित युधिष्ठिरका निकटस्थ व्यक्तिले दिएको सूचनामा आधारित छ । मलाई यसरी सूचना उपलब्ध गराउने व्यक्ति त्यसो त युधिष्ठिरका आफन्त नै हुन् तर उनी दुर्योधनका निकटस्थ मानिन्थे ।)

वरपिर थिए- विदेशी राजदूतहरू, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका उच्चपदस्थ पदाधिकारीहरू, विभिन्न पार्टीका प्रमुखहरू, देशविदेशका वरष्िठ चिकित्सकहरू, नजिकका आफन्तहरू, आफ्ना सहकर्मी मित्रहरू, भ्रातृ संस्थाका नवनिर्वाचित पदाधिकारीहरू, केही वरष्िठ कलाकारहरू, केही वरष्िठ साहित्यकारहरू, प्रख्यात जीवनी लेखकहरू, केही वृत्तचित्रका निर्माताहरू र केही चाटुकारहरू । र, त्यहाँ थिए- कृष्ण, अर्जुन, भीम, नकुल, सहदेव, अभिमन्यू । र, बीचमा हुनुहुन्थ्यो, प्रधानमन्त्रीज्यू । युधिष्ठिरजस्ता आदरणीय प्रधानमन्त्रीज्यू । र, प्रधानमन्त्रीज्यू हुनुहुन्थ्यो, मृत्युशय्यामा ।

+++

प्रधानमन्त्रीज्यू देशमा एकाएक अत्यधिक लोकपि्रय हुनुभएको थियो । वर्षौंदेखि द्वन्द्वग्ा्रस्त र अशान्त भएको देशमा एकाएक शान्ति छाएको थियो र सबै यसको श्रेय प्रधानमन्त्रीलाई दिँदै थिए । विपक्षी पार्टीहरू पनि प्रधानमन्त्रीको आलोचना गर्ने साहस देखाउन सकिरहेका थिएनन् । केही वरष्िठ बुद्धिजीवीहरूले प्रधानमन्त्रीलाई शान्तिका लागि 'नोबेल प्राइज' दिनैपर्ने तर्क अघि साररिहेका थिए । केही वरष्िठ प्राध्यापक, साहित्यकार र प्राज्ञहरू प्रधानमन्त्रीका लागि क्रान्तिनायक, युधिष्ठिर वा त्यसभन्दा पनि उत्कृष्ट विशेषणको खोजीमा व्यस्त थिए र उनीहरू दिनहँुजसो शब्दकोशको गम्भीर अध्ययनमा तल्लीन हुन्थ्ो र सप्ताहान्तमा राष्ट्रिय दैनिक र साप्ताहिकमा यही आशयका लेखहरू प्रकाशित गराउँथे ।

प्रधानमन्त्रीका निकटस्थ तथा आफन्तहरू भन्थे, "अचेल प्रधानमन्त्रीज्यू गम्भीर हुनुहुन्छ । राष्ट्रलाई सङ्कटबाट मुक्त पार्न प्रतिबद्ध हुनुहुन्छ । द्वन्द्वको शान्तिपूर्ण व्यवस्थापन गर्न चाहनुहुन्छ । र, देशका यावत् समस्याहरूलाई संविधानसभाको चुनावमार्फत सम्ााप्त गर्न चाहन्ाुहुन्छ ।"

प्रत्यक्षदर्शीहरूका अनुसार, यता केही समयदेखि प्रधान्ामन्त्री अत्यन्त संवेदनशील, अत्यन्त सक्रिय र अत्यन्त आदर्शवान देखिन थाल्नुभएको थियो । उहाँमा युधिष्ठिरीय विशेषताहरू प्ा्रकट हुन थालेका थिए । सिद्धान्त, दर्शन र चिन्तनप्रति अत्यन्त प्रतिवद्ध देखिन थाल्नुभएको थियो । हरेक व्यक्तिमा इमानदारी र नैतिकता हुनुपर्छ भन्ने खालको विचार पनि बेलाबेलामा प्रकट हुन थालेको थियो ।

भारत, अमेरकिा र युरोपेली मुलुकलगायतका राष्ट्रप्रमुखहरूले हाम्रा प्रधानमन्त्रीको मुक्तकण्ठले प्रशंसा गर्न थालेका थिए । एक जना राष्ट्रप्रमुखले त हाम्रा युगका 'महान् राजनेता' र अर्काले 'एसियाका सबैभन्दा महान् नेता' पनि भनिदिएका थिए ।

प्रधानमन्त्रीको नाम, काम र योगदानबारे भजन, जीवनी र वृत्तचित्रलगायतका श्रव्यदृश्य सामग्रीहरू ध्ामाधम बन्न थालेका थिए । ती सामग्रीहरूमा प्रधानमन्त्रीको व्यक्तित्व, उहाँका सङ्घर्षका दिनहरू र उहाँका विचारहरूको महानताका बारेमा प्रशस्त बखानहरू ग्ारएिका थिए ।

प्रधानमन्त्रीलाई नजिकबाट चिन्नेहरूले भन्न थालेका थिए, अब प्रधानमन्त्रीज्यू पहिलाजस्तो हुनुहुन्न । अब चाकडी मन पराउनु हुन्न । अब लोभ, मोह र मायाबाट मुक्त भइसक्नुभएको छ । अब उहाँ करुणा, दया र ममताका प्रतीक हुनुहुन्छ । अब प्रधानमन्त्रीज्यू तीन कुरा मात्र सोच्नु हुन्छ- देश, देश र देश ।

+++

प्रधानमन्त्रीका निजी चिकित्सकका अनुसार, अब उहाँको एक डेढ घन्टा मात्र जीवन शेष छ । र, माथि पहिलो प्याराग्राफमा उल्लिखित व्यक्तित्वहरू यो एक डेढ घन्टाको भरपुर उपयोग गर्न चाहन्थे । उनीहरू प्रधानमन्त्रीसित केही गोप्य, केही जरुरी सल्लाह गर्न चाहन्थे । केही आशीर्वाद लिन चाहन्थे । केही अर्ति उपदेश ग्रहण गर्न चाहन्थे । केही मार्गनिर्देशन चाहन्थे ।

मृत्युको क्षण नजिकनजिक हुन थालेपछि प्रधानमन्त्रीले आफ्ना निजी सहायकलाई सङ्केत गरेर केही भन्नुभयो । उक्त सङ्केत बुझेर प्रधानमन्त्रीका निजी सहायकले मृत्युशय्या वरपिरबिाट सबैलाई हटेर बाहिर जान र एकएक गरेर भित्र आउन आग्रह गरे । त्यसपछि सबै बाहिर निस्किए र आफ्नो पालोमा प्रधानमन्त्रीको मृत्युशय्या भएको कोठामा गएर उहाँसित एकान्तमा अन्तिम वार्ता गरी फर्किन थाले । फर्किंदा सबैको आँखामा आँसु हुन्थ्यो । उनीहरू आँसु र सिँगान पुस्दै निस्कन्थे । पत्रकारहरूले ती व्यक्तित्वलाई तत्काल घेर्दथे र सोध्थे, "प्रधानमन्त्रीसित के कुरा भयो ?"

ती रुँदै फर्केर आउनेहरूले पालैपालो क्यामरातिर आफ्नो मलीन अनुहार देखाउँदै भन्थे, "प्रधानमन्त्रीज्यूले मलाई भन्नुभयो कि पार्टीको ख्याल राख्नू । यसलाई अझ सशक्त बनाउनू । गाउँगाउँस्ाम्म पार्टीका गतिविधिहरू सञ्चालन गर्नू । समयमै संविधानसभाको चुनाव गराउनू । नेत्ाृत्वका लागि हानथाप नगर्नू ।"

यति भनिसक्नासाथ त्यो व्यक्तिको गला अवरुद्ध हुन्थ्यो अनि तत्काल क्यामरामा अर्को उपस्थित हुन्थ्यो । अनि, अर्कोले भन्थ्यो,

"मलाई प्रधानमन्त्रीज्यूले भन्नुभयो, आठ पार्टीको एकता टुट्न नदिनू । देशमा शान्ति कायम गर्ने हरसम्भव प्रयास गर्नू । पार्टी नेतृत्वका लागि तँछाडमछाड नगर्नू ।"

त्यसपछि प्रधानमन्त्रीसित अन्तिम वार्तालाप गरेर फर्केको अर्को व्यक्तिले अन्तर्वार्ता दिँदै भन्थ्यो, "प्रधानमन्त्रीज्यूले मसित भन्नुभयो कि सहिदका सपना साकार पार्नू । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशकै बारेमा मात्र सोच्नू । देशले के दियो भन्ने नसोचेर देशका लागि मैले के दिएँ भनेर सोच्नू । पार्टीमा पदका लागि तँछाडमछाड र हानथाप नगर्नू ।"

त्यसपछि अर्को आएर रुग्ण कण्ठले भन्थ्यो, "मृत्युशय्यामा पनि प्रधानमन्त्रीज्यू देशकै बारेमा सोचिरहनुभएको छ । भन्नुभयो- तराई, पहाड, हिमाल टुक्रिन नदिनू । सबैलाई एकताको सूत्रमा बाँध्नू । र, पार्टी नेतृत्वका लागि कसैलाई पनि षड्यन्त्र गर्न नदिनू ।"

त्यसपछि फेर िअर्को आउँथ्यो र क्यामरा देख्नेबित्तिकै रुँदै बोल्न थाल्थ्यो, "मलाई प्रधानमन्त्रीज्यूले भन्नुभयो, देशलाई भ्रष्टाचारमुक्त गराउनू । पार्टी गतिविधिलाई अझ सशक्त ढङ्गले अघि बढाउनू तर नेत्ाृत्वका लागि सङ्घर्ष नगर्नू ।"

अन्ततः सबै भित्रबाट रुँदै र्फकन्थे वा नरोएका पनि पत्रकार देख्नेबित्तिकै रुन थाल्थे । र, सबै क्यामरामा अन्तर्वार्ता दिँदै यही भन्थे, "प्रधानमन्त्रीज्यूले भन्नुभयो, आठ दलको गठबन्धन टुटाउने खेल भइरहेको छ । सावधान हुनू । टुट्न नदिनू । देश र प्रजातन्त्रका विरुद्धमा कुनै सम्झौता नगर्नू । आफ्नो र राष्ट्रको स्वाभिमान जोगाउनू । विदेशी चलखेल हुन नदिनू । देशमा साम्प्रदायिक सद्भाव कायम राख्नू । पार्टीमा फुट आउने काम नगर्नू । सधैँ एकजुट हुनू । पार्टीमा योग्य र त्यागी व्यक्तिलाई स्थान दिनू । देशको साहित्य, कला, संस्कृतिको उत्थान गर्नू । देश विकासका लागि हरसम्भव प्रयास गर्नू । अन्तर्राष्ट्रिय सम्बन्ध अझ सुदृढ बनाउनू । नातावाद, कृपावादलाई प्रश्रय नदिनू । सेना, प्रहरी र प्रशासनलाई समावेशी र जनमुखी बनाउनू । बिजुली, पानी र ढल निकासको समस्या चाँडोभन्दा चाँडो समाधान गर्नू । देशबाट बेरोजगारी हटाउन प्रभावकारी आर्थिक सुधारका कार्यक्रम ल्याउनू । सबै समस्याको समाधान वार्ताबाटै गर्नू । आतङ्ककारी शक्तिलाई पनि प्रजातान्त्रिक पद्धतिभित्र ल्याउनू । दलित, महिला, बालबालिका, जनजातिको उत्थानका प्रयासहरू गर्नू । स्ाूचना तथा सञ्चारमा अझ विकास गर्नू । ...अनि, पार्टी नेतृत्वका लागि हानथाप, तँछाडमछाड नगर्नू । त्यागको भावना देखाउनू । त्यागभन्दा ठूलो महानता अरू केही हुन्न ।"

+++

अन्त्यमा, भारत र अमेरकिाका राजदूतहरूको प्रधानमन्त्रीसित मृत्युशय्यामा अन्तिम वार्तालाप गर्ने पालो आयो । उनीहरू विशेष चिन्तित थिए । किनभने, यी प्रधानमन्त्रीको मृत्युपछि यहाँ नेतृत्वको सङ्कट उत्पन्न हुने स्थिति थियो । शान्ति प्रक्रियामा प्रशस्त अवरोध हुने स्थिति थियो । उनीहरू केही समययतादेेखि नै प्रधानमन्त्रीको उत्तराधिकारीको खोजी गर्दै थिए । उनीहरू चाहन्थे, अबको प्रधानमन्त्री पनि वर्तमान प्रधानमन्त्रीकै 'हाइट' को होस् । आफ्नो 'अनुकूल' को पनि होस् ।

उनीहरू प्रधानमन्त्रीको नजिक पुगे । प्रधानमन्त्रीलाई नमस्कार गरे । चिन्ता व्यक्त गरे । प्रधानमन्त्रीको अभूतपूर्व व्यक्तित्व, त्याग अनि बलिदानको प्रशंसा गरे । उहाँको स्वाभिमानी व्यक्तित्वको प्रशंसा गरे । उहाँ देशको इतिहासमा सधैँ अमर रहने कुरा गरे । भारत र अमेरकिाले उहाँको सदा स्मरण गर्ने वाचा गरे ।

अनि, अन्त्यमा एउटा कुरा सोधे । यसरी, "अब तपाईं नश्वर देह त्यागेर जाँदै हुनुहुन्छ । अन्तिम क्षणमा हुनुहुन्छ । तपाईंका सपनाहरू होलान् । चाहनाहरू होलान् । अधुरा कामहरू, योजनाहरू होलान् । तपाईंको पार्टी देशको जिम्मेवार पार्टी हो । सबै सङ्घर्षहरूमा तपाईंको पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । तपाईंको पार्टीमा एकसेएक त्यागी, इमानदार र प्रतिबद्ध नेताहरू छन् । सङ्घर्षको लामो इतिहास बोकेका हस्तीहरू छन् । तर पनि हामीहरू अन्योलमा छौँ । कृपया हाम्रो यो अन्योल हटाइदिनुस् र भन्नुहोस् कि तीमध्ये तपाईं आफ्नो उत्तराधिकारी कोे बनोस् भन्ने चाहनुहुन्छ ? तपाईंले देहत्याग गर्नुअघि आफ्नो विश्वासपात्र र योग्य उत्तराधिकारीको नाम भनिदिनुभयो भने हामीलाई त्यो व्यक्तित्वलाई नियोजित रूपमा अगाडि बढाउन सजिलो हुने थियो । त्यसैले यस्तो व्यक्तित्वको नाम भन्नुस्, जसले सङ्घर्षको लामो इतिहास बोकेको छ । जसले तपाईंका सपनाहरू पूरा गर्न सकोस् । जसले तपाईं र राष्ट्रको स्वाभिमानको रक्षा गर्न सकोस् । तपाईंको युधिष्ठिरको जस्तो व्यक्तित्वको रक्षा पनि गर्न सकोस् र तपाईंको पार्टीमा नेतृत्वका लागि तँछाडमछाड र हानथापको स्थिति पनि नआओस् ।"

+++

म्ार्न लागेका प्रधानमन्त्री एकछिनलाई अलमलमा परे । उनको यस्तो अलमल देखेर महामहिमहरूले फिल्मी शैलीमा सोध्न थाले, "भन्नूस् प्रधानमन्त्रीज्यू, छिटो नाम भन्नूस् !"

प्रधानमन्त्री फेर िद्विविधामा परे । धर्मसङ्कटमा परे । थुपै्र सहकर्मीहरूलाई सम्भिmए । पार्टीका लागि अनेकौँ दुःखकष्ट सहेकाहरूलाई सम्भिmए । जेलनेल भोगेकाहरूलाई सम्भिmए । आदर्श, सिद्धान्त र विचारप्रति अविचलित रही पार्टीमा कार्यरत इमानदार र प्रतिबद्ध व्यक्तित्वहरूलाई सम्भिmए । ...तर पनि प्रधानमन्त्रीज्यूको मुखबाट आवाज निस्किएन । अनि, महामहिमहरूले अझ चर्को स्वरमा, अझ स्पष्ट भावमा सोधे, "भन्नूस् प्रधानमन्त्रीज्यू, भन्नूस् युधिष्ठिरज्यू, कसको नाम लिनुहुन्छ ?

... कृष्णको ?

अर्जुनको ?

भीमको ?

नकुलको ?

सहदेवको ?

अभिमन्यूको ?

तत्पश्चात् । ...हाम्रो देशको दशा, दिशा र भाग्य निर्धारण गर्ने ती महामहिम राजदूतहरूको मुखारविन्दबाट अघि नै आफ्नो प्रचुर प्रशंसा सुनिसकेका हाम्रो युगका महान् र स्वाभिमानी प्रधानमन्त्रीज्यूले अड्किँदै अड्किँदै/अलिकति खोक्दै/अलिकति गला सफा गर्दै/ठूलै र महत्त्वपूर्ण कुरा भन्न लागेझैँ/ठीक प्राणपखेरु निस्कनुअघि/अवरुद्ध कण्ठले/धृतराष्ट्रीय भावमा/कर जोडी बिन्ती गर्नुभयो र भन्नुभयो, "मेरी छोरी छे नि ...।"

+++

त्यसपछि मृत्युशय्यामा रहेका युधिष्ठिरको तत्काल मृत्यु भयो । युधिष्ठिरको मृत्युका बेला दुर्योधन पनि त्यहीँ कतै कुनामा थियो र ऊ पनि चुपचाप युधिष्ठिर 'मरेको' हेररिहेको थियो ।

Segments: 

Comments