Loading

५/ मेरी लच्छिनकी जहान/ माधव घिमिरे

कोठामा कसरी पसूँ नजरकी श्रृङ्गार छैनौ तिमी
यत्रो शोक कहूँ कहाँ हृदयकी आधार छैनौ तिमी
कोठामा अघि भर्खरैतक थियौ बोलीरहेकी तिमी
ए छैनौ कसरी भनूँ ! हृदयमा खेलीरहेकी तिमी

मेरी लच्छिनकी जहान ! घरमा बल्दैन बत्ती अब
बत्तीनेर मुहार चारु भरिलो पर्दैन देखा अब
सन्तोषी मुखमा सुखी हृदयको झल्किन्न माया पिन
भित्तातर्फ कपालको गुजमुजे पर्दैन छाँया पिन

मैले यो परदेशमा घर त्यसै बिसर्ीसकेको थिएँ
आमाको टुहुरो थिएँ पि्रय सखी पाईसकेको थिएँ
मेरा सुन्दर शान्ति कान्ति सुघरी डेरा थियो यो कुटी
हे सन्तोष गरिबकी ! गइसक्यौ मेरी तपस्या उठी

कल्ले लिन्छ र गुप्त गर्व मनमा मैले गरुँ पौरख
कल्लाई सुखिनी बनाउन भनी मैले उठाऊँ दुख
कल्लाई सँगमा लिएर अब यो सारा गृहस्थी गरुँ
छातीमा प्रतिमा लिएर उनकै बाँचूँ कि यद्वा मरुँ

मेरो मान बचाउँथ्यौ बरु तिमी आफू नजाती बनी
दिन्थ्यौ खान मलाइ रे कति कुरा आफू नखाई पिन
राख्यौ क्या सुखमा मलाइ दुखमा आफू रहेरै पिन
राख्यौ मैँ कमजोरलाइ बलियी आफू गएरै पिन

मेरो रोक्दछ व्यर्थ खर्च कसले को लिन्छ साँचो अब
खाँचो टार्दछ मुस्कुराइ कसले साँचोमुचोले अब
मेरो इज्जत उघि्रयो तनु चुँड्यो उम्टन्छ कल्ले अब
लापर्वाह मलाइ गर्छ गहिरो पर्वाह कल्ले अब

कोठाका सब मालतालहरुमा तिम्रो कला बोल्दथ्यो
मेरो भावुक काव्यको लहरमा तिम्रो गला बोल्दथ्यो
तिम्रो यो घरकाज विश्वभरको दृष्टान्त मेरो थियो
जो गथ्र्यौ सजिलै तिमी असजिलो सिद्धान्त मेरो थियो

Segments: 

Comments