Loading

मेरी दिदी / ज्ञान उदास

मेरी दिदी कस्ती कस्ती 
रोएर पनि 
सधँै सधँै हाँसिरहेकी जस्ती
केही हराएर पनि 
केही पाइरहेकी जस्ती
औँसीको रातपछिको 
पूणिर्माको जूनजस्ती ।

हो, तिनी पक्कै फूलजस्ती 
रसयुक्त फूलजस्ती
आँखामा राखेर पनि नबिजाउने 
मेरी दिदी
सधँै सधँै 'भाइ' भनेर
'दाइ'लाई भुल्न आँटेकी जस्ती 
केही हारेर पनि केही जितिरहेकी जस्ती 
कस्ती कस्ती
केही बिर्सेर पनि 
केही सम्भिरहेकी जस्ती !
मेरी दिदी कस्ती कस्ती ।

मायाले बेचेर
ममताले किनिहालूँजस्ती
सधँै सधँै मेरो दुःखमा रोइरहने 
मेरो सुखमा हाँसिरहने
मेरी दिदी
तिनलाई सम्झेर, मेरो हृदय नै हर्दम 
आनन्दित-प्रफुल्लित !
कसो-कसो 
तिनलाई आकाशका तारासँग 
तुलना गरिरहूँजस्तो । 

मेरी दिदी कस्ती कस्ती 
सधँै सधँै पूर्वतिर मुस्कुराउने 
बिहानी उषाजस्ती

Segments: 
Author: 

Comments