मान्छे यहाँका पुराना देखेँ/ रवि प्राञ्जल

Author

मान्छे यहाँका पुराना देखेँ
आँखा भएका काना देखेँ

जहाँ ओत लागेको छु
जीर्ण त्यहाँ छाना देखेँ

बिना अपराध कैदी छु
घरलाई नै थाना देखेँ

'कथा' भयो 'हरिश्चन्द्र'
फटाहाको जमाना देखेँ

बैरी भए सारा दुनिया
'मित्र' एक-दुई जना देखेँ

सुनाउँदिन अब गजल
समय काट्ने बहाना देखेँ

'रवि' लाई कुन्नि के भो
आफन्त नै विराना देखेँ ।

Segments