मलाई प्यारो लाग्छ, मलाई राम्रो लाग्छ/ हिरण्य भोजपुरे

मलाई प्यारो लाग्छ, मलाई राम्रो लाग्छ
लहरा पहरा छहराको देश
पारिपारि हिमालमा उडिरहने बादलुको केश
मेरो देश

मलाई प्यारो लाग्छ, मलाई राम्रो लाग्छ
गाउँ-गाउँ बिहानी भइ जागेको एकान्तको कन्दरामा
कहाँ-कहाँ नेपालीको मुटुबाट एउटा गीत मुरलीमा गाएको
मेरो देश

मलाई प्यारो लाग्छ, मलाई राम्रो लाग्छ
मेची-कालीको माझ यहाँको रात, दिन, रात र साँझ
यहाँको हिमाली छाया मान्छे मान्छेको माया
दाँया बाँया घाम छाया मायामा डुबी
मेरो देश

मलाई प्यारो लाग्छ, मलाई राम्रो लाग्छ...


शब्द, संगीत: हिरण्य भोजपुरे
स्वर: उर्मिला श्रेष्ठ, मीरा जोशी, आभा मुकारुङ, हिरण्य भोजपुरे, गणेश रसिक, इन्द्रनारायण मानन्धर, शशि भण्डारी, नवीनकिशोर राई

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom