Loading

म जिन्दगीको छु अर्थ सोध्दै तिमी हजारौँ किताब दिन्छौ/ सप्रेम अर्चना

म जिन्दगीको छु अर्थ सोध्दै तिमी हजारौँ किताब दिन्छौ
‘दिएँ कथा यो पढेर बुझ्नु’ भनी अनौठो जबाब दिन्छौ

म प्रीतिगङ्गा तरेर आएँ सुवास आफ्नो छरेर आएँ
पवित्र माया तिमी मनैमा लुकाऊ भन्ने दबाब दिन्छौ

मबाट टाढा नभाग साथी रुनेछु एक्लै म सम्झनामा
उसै त साह्रै थिएँ बिरामी तिमी त्यसै झन् तनाब दिन्छौ

म कल्पना गर्छु मख्ख पर्दै तिमी मलाई अँगाल्न थाल्छौ
र, कल्पनामै मुसुक्क हाँसी स्वीकार भन्दै गुलाब दिन्छौ

Segments: 

Comments