लोकतन्त्र दिवसमा गजल गोष्ठी

इटहरी ११ वैशाख/ नेपाल गजल प्रतिष्ठानले आज धरानमा गजल गोष्ठी गरेको छ ।

लोकतन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको गोष्ठीमा दुई दर्जन बढी गजलकारले आफ्ना गजल सुनाएका थिए । गजलकारहरुले देशको वर्तमान परिवेशलाई गजलमा उतारेका थिए । पिण्डेश्वर बिद्या पीठ धरानको सभाहलमा भएको कार्यक्रममा डा भिम खतिवडा, एकु घिमिरे, सुदिप पाख्रीन, श्रेष्ठ परिक्रमा, के पी लम्साल, सिजन नयन श्रेष्ठलगायतका गजलकारले गजल प्रस्तुत गरेका थिए ।

लोकतन्त्र प्राप्तिको आन्दोलनमा होमिएका श्रष्टाहरुलाई लोकतन्त्र दिवसमा अवसरमा प्रतिष्ठानले सृजना सुनाउने अवसर जुटाएको प्रतिष्ठानका सचिव केपी लम्सालले बताउनु भयो । उहाले लोकतान्त्रिक आन्दोलनले दिएको कार्यदिशा देशका नेताहरुले पुरा नगरेकाले झक्झक्याउन कलम जिविहरुलाई भेला गराएको बताउनु भयो ।

सोही भेलाले प्रतिष्ठानको सुनसरी शाखा समेत गठन गरेको छ । श्रेष्ठ परिक्रमाको अध्यक्षतामा १० सदस्यिय कार्यसमिति गठन गरिएको हो । नवगठित समितिको उपाध्यक्षमा प्रकाश दिप्साली मिराक, सचिवमा रोम ढुंगेल, सह सचिवमा भुवन पौडेल रहेका छन् । त्यस्तै सदस्यमा शुशिला कार्की, पशुपति ढुगांना, खेमराज खनाल, मणी राई, प्रफुल्ल भण्डारी र अर्जुन राई रहेका छन् ।

नेपाली गजललाई साहित्यको छुट्टै विधाका रुपमा स्थापित गराउने अभियानमा जुटेको प्रतिष्ठान नेपाल भरि विस्तारित भैरहेको प्रतिष्ठानका अध्यक्ष यात्री शेखरले बताउनु भयो । उहाले नेपाली गजललाई स्थापित गराउन लागि परेका विभिन्न संस्थाको छाता संगठनका रुपमा गजल प्रतिष्ठानले कार्य गर्ने जानकारी दिनुभयो ।

Segments: 
Author: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom