Loading

नेपाली लेखन पद्धतिमा सुधार किन आवश्यक? / प्रा. डा. व्रतराज आचार्य

१. नेपाली भाषाको प्रयोग क्षेत्र

नेपाली भाषा आधुनिक दक्षिण एसियाली (भारतीय) आर्यभाषा अन्तर्गत पर्दछ । यो भाषा संस्कृतबाट प्राकृत र अपभ्रंश हुँदै विकसित भएको मानिन्छ तर यसको प्राकृत र अपभ्रंश कालीन लेख्य सामग्री भने फेला पर्दैन । नेपाली भाषाको पहिलो प्रामाणिक अभिलेख सिँजाली खस राजा अशोक चल्ल कालीन (वि.सं. १३१७—२७) दुल्लुको साउना कार्कीको शिलालेख हो । यसभन्दा अघिका केही अभिलेख पनि प्रकाशमा आएका छन् तर तिनको प्रामाणिकता पुष्टि हुन अझै बाँकी छ । यस आधारमा नेपाली भाषामा लेखन पद्धतिको विकास हुन थालेको सात शय वर्षभन्दा बढी भई सकेको देखिन्छ तर आज हामी नेपाली भाषाको जुन मानक रूप प्रयोग गर्दछौँ, त्यसको विकास हुन थालेको भने तिन सय वर्षभन्दा बढी भएको छैन ।

वि.सं. १४५०/०५५ भन्दा अघि नेपाली भाषाको मानकताको आधार सिँजाली -आधुनिक जुम्लीको पूर्वरूप) भाषा थियो भने त्यसपछि जन्मेका बाइसे चौबिसे राज्यहरूमा नेपाली भाषाका स्थानीय भेदहरू नै लेख्य भाषाका रूपमा प्रयोगमा आउन थालेका थिए । यसरी प्रयोगमा आउन थालेका क्षेत्रीय भेदहरूमध्ये गण्डकी प्रदेशका शाह राजाहरू र उपत्यकाका नेवार मल्ल राजाहरूका केही अभिलेखमा आधुनिक नेपाली भाषाको पूर्वरूप पाइन्छ । लमजुङका राजा केहरी नारायण शाह (१७४१) र गोरखाका राजा पृथ्वी पति शाह (१७७२), नरभूपाल शाह -१७८९) तथा रानी प्रभावती देवी -१८८७), काठमाडौँ उपत्यकाका राजाहरू लक्ष्मी नृसिंह मल्ल -१६८९), जगत् प्रकाश मल्ल -१७२०), प्रताप मल्ल -१७२७), भूपतीन्द्र मल्ल -१७७१) र उपत्यका वरपर बसोवास गर्ने ऋषि उपाध्याय -१७६७), राघौ जैसी -१७६९), मनिराम पुरी -१७७९), श्रीकृष्ण उपाध्याय -१७९०) आदिका अभिलेखहरू यस दृष्टिबाट उल्लेखनीय देखिन्छन् । यस अवधिमा लेखिएका भास्वती, खण्डखाद्य, जातक पद्धति, गगनि राजको यात्रा, बाज परीक्षा, समुद्र फलकल्प, ज्वरोत्पत्ति चिकित्सा, प्रायश्चित्त प्रदीप, लक्षण समुच्चय, अजीर्ण मञ्जरी जस्ता वाङ्मय ग्रन्थहरूमा पनि नेपालीको प्रयोग फेला पर्दछ तर अधिकांश वाङ्मय ग्रन्थका लेखकको मूल भाषा या त कुमाउनी छ या ती वाङ्मय ब्रज, अवधी आदिबाट अनुवाद गरिएका छन् । फलतः आधुनिक नेपाली भाषाको पूर्वरूपको चर्चा गर्दा त्यस्ता ग्रन्थलाई मानक आधार मान्न सकिने अवस्था देखिँदैन ।

आधुनिक नेपाली भाषाको मानकीकरण प्रारम्भ भएको आधुनिक नेपालको निर्माणसँगै हो र नेपाली भाषाको गोर्खाली उपभेद नै आधुनिक नेपालीको पूर्वरूप हो । पृथ्वी नारायण शाह र उनका सन्तानले जुन जुन क्षेत्रमा विजय प्राप्त गर्दै गए, ती ती क्षेत्रका जनताले गोर्खाली कथ्य बोली अपनाउँदै गएका कारण आधुनिक नेपाली भाषाको मानकीकरणको प्रक्रिया राजनीतिक विजयसँगै प्रारम्भ भएको देखिन्छ । काठमाडौँ विजयसँगै ठिमीका द्वारेहरूले नेवारी भाषा छाडेर नेपाली भाषामा टिपोट राख्न थालेको चर्चा धनबज्र बज्राचार्य (२०३३) ले उल्लेख गरेका छन् भने वल्लभ मणि दाहाल (२०४०/४१) ले पृथ्वी नारायण शाहका दरबारमा विभिन्न भेगका नेपाली मातृभाषा भाषी र अन्य भाषाभाषी व्यक्तिहरू पनि समावेश भएका कारण गोर्खाली भाषिकामा विभिन्न भेगका र अन्य भाषाभाषी व्यक्तिको प्रभाव गर्न गएको चर्चा गरेका छन् । एकीकरण अभियान प्रारम्भ भएदेखि नै राज दरबारमा आश्रति कवि लेखकले राजभाषामा साहित्य रचना गर्न थालेका छन् । फलतः नेपालको भूगोल विस्तार हुँदै जाँदा गोर्खाली उपभेदको क्षेत्र विस्तार हुँदै गएको छ र नेपालको भूगोलभित्र समेटिएका भूभागमा बोलिने खस अपभ्रंशबाट विकसित अन्य उपभेद त्यसका भाषिका बन्न पुगेका छन् ।

नेपाली भाषाको वर्ण व्यवस्थाको चर्चा गर्नुअघि नेपाली भाषाको उद्भव र विकास प्रक्रियाको चर्चा गर्नाको उद्देश्य वर्तमान नेपाली भाषाको मानक प्रयोगको ऐतिहासिक पृष्ठभूमि पहिचान गर्नु मात्र नभई प्रयोग क्षेत्र पहिचान गर्नु पनि हो । यसको प्रारम्भिक केन्द्र गोर्खा भए पनि अढाई सय वर्ष अघिदेखि नै आधुनिक नेपालको राजधानी काठमाडौँ रहेका कारण वर्तमान नेपाली भाषाको मानकताको केन्द्र काठमाडौँ बनेको छ र यसको सीमान्त क्षेत्र पश्चिममा सुर्खेत र पूर्वमा नेपालको सिमानाभन्दा निकै परसम्म विस्तारित रहेको छ । सिँजाली र डोटेली बोधगम्यताका दृष्टिले भन्दा सामाजिक राजनीतिक अस्मिताका दृष्टिले नेपालीका भाषिका मानिएका हुन् भन्ने यथार्थ आज यी दुई भाषिका मानकीकरणको प्रवि|mयामा अघि बढ्न थालेबाट स्पष्ट हुन्छ ।

२. नेपाली वर्ण व्यवस्था

आज हामी नेपाली भाषाको जुन वर्ण व्यवस्थाको कुरा गर्दै छौं, त्यसको आधार भनेको मानक नेपाली हो । यसले नेपालीका सिँजाली र डोटेली उपभेदलाई आत्मसात् गर्न सकेको छैन । यसैले हामी नेपालीमा ६ वटा मूल स्वर (अ, आ, इ, उ, ए, ओ), २९ ओटा व्यञ्जन (क, ख, ग, घ, ङ, च, छ, ज, झ, ट, ठ, ड, ढ, त, थ, द, ध, न, प, फ, ब, भ, म, य, र, ल, व, स, ह) र १ खण्डेतर वर्ण (अनुनासिकता) गरी ३६ वटा ध्वनि मात्र व्यतिरेकी छन् र यिनीहरू मात्रै नेपाली भाषामा कथ्य वर्ण हुन् भन्ने कुरा भन्दै छौँ । यो अवधारणा नेपाली भाषामा व्याकरण लेखिन थालेदेखि नै स्वीकृत जस्तै देखिएको छ । यसले बालकृष्ण पोखरेल र वल्लभ मणि दाहालको ध्वनि प्रवि|mया र केही ध्वनि सिद्धान्त -२०२६) को प्रकाशन पछि भाषा वैज्ञानिक मान्यता प्राप्त गर्न थालेको छ । चूडामणि बन्धु र अरू -इ. १९७१) को नेपाली सिग्मेन्टल फोनोलजी, वल्लभ मणि दाहाल -इ. १९७४) को ए डिस्वि|mप्सन अफ नेपाली ः लिटररी एन्ड कोलोक्वियल, जयराज आचार्य -इ. १९९१) को ए डिस्क्रिप्टिभ ग्रामर अफ नेपाली, माधव प्रसाद पोखरेल (इ. १९८९ र २०५७) को एक्सपेरिमेन्टल एनलिसिस अफ नेपाली साउन्ड सिस्टम तथा ध्वनि विज्ञान र नेपाली भाषाको ध्वनि परिचय आदि सबैले माथि उल्लेख गरिएका ३६ ध्वनिलाई नै नेपालीका व्यतिरेकी वर्ण मानेका छन् ।

३. नेपाली लेखन पद्धतिको स्वरूप

नेपाली लेखन पद्धति भनेको नेपाली वर्ण व्यवस्थामा आधारित लेखन पद्धति हो । यसको सोझो अर्थ के हुन्छ भने नेपाली भाषाका वक्ताले आˆनो उच्चारण व्यवस्था अनुरूपको लेखन व्यवस्था निर्माण गर्दा माथि उल्लेख गरिएका ३६ वर्ण मात्र प्रयोग गरे पुग्छ, अरू वर्ण प्रयोग गर्नु पर्दैन । यसो गर्न सकेमा नेपाली भाषाको उच्चारण र लेखनमा समनुरूपता -वान टु वान करेसपोन्डेन्ट) स्थापित हुन सक्छ । मानक नेपाली बोल्ने वक्ताले व्यक्तिगत उच्चारणबाट अप्रभावित रही मानक उच्च्ारण प्रयोग गर्दा वा लेख्ता उसको उच्चारण र लेखनमा कुनै अन्तर आउँदैन । नेपालीका व्याकरणकारहरू सुरुदेखि नै यस तथ्यप्रति केही मात्रामा सचेत देखिन्छन् । फलतः उनीहरूले नेपालीका तद्भव शब्दहरूमा कतै पनि ऋ, ञ, ण, श, ष, क्ष, ज्ञ जस्ता अनुच्चार्य वर्णको प्रयोग गरेका छैनन् ।

उच्चारण र लेखनका बिच समनुरूपता पाइनु वर्ण विन्यासको आदर्श स्थिति हो । तर यस्तो आदर्श स्थिति कमै भाषामा मात्र पाइन्छ । किनभने उच्चारण व्यवस्था छिटो छिटो बदलिँदै जान्छ तर लेखन व्यवस्थामा परिवर्तनका निम्ति ठुलो कसरत आवश्यक पर्दछ । साथै उच्चारण व्यवस्थामा स्थानीयता वा वैयक्तिकताको प्रभाव सहज रूपमा पर्दछ तर मानक लेखनमा यस्तो प्रभावलाई स्वीकार गरिँदैन । नेपाली वर्ण विन्यासको मानकीकरणमा प्रारम्भदेखि नै वैज्ञानिक आधारलाई भन्दा सम्झौता -मध्यम मार्ग) लाई आधार मान्दै आएको पाइन्छ । यस्तै सम्झौताका कारण प्रारम्भमा नेपाली वर्ण विन्यासमा तिन प्रकारका नियम निर्धारण हुन पुगेका छन्— तत्सम शब्दलाई संस्कृतकै वर्ण विन्यास अनुसार लेख्ने, आगन्तुक शब्दहरूमा प्रचलित परम्परा -कतै मूल भाषा अनुसार र कतै नेपालीकरण अनुसार) लेख्ने, नेपालीका तद्भव शब्दहरूमा ह्रस्व र दीर्घ अनि अजन्त र हलन्त बाहेक अरू ठाउँमा उच्चारण अनुरूप लेख्ने ।

नेपाली तद्भव शब्दहरूको वर्ण विन्यास अधिकतर क्षेत्रमा उच्चारणसँग मिल्दोजुल्दो देखिन्छ तर नेपालीका आदि व्याकरणकारहरूले ह्रस्व र दीर्घ अनि अजन्त र हलन्तको प्रयोगलाई उच्चारण व्यवस्था अनुरूप निर्धारण गर्न सकेको देखिँदैन । अजन्त र हलन्तको प्रयोगमा उच्चारण व्यवस्थालाई आधार नमाने पनि त्यसका निम्ति केवल दुई नियम -र एक अपवाद) मात्र तोकिएका छन् । ती नियम हुन्— १. नाम, सर्वनाम र विशेषणमा उच्चारण हलन्त भए पनि खुट्टा नकाट्ने, २. अव्यय र वि|mयापदमा उच्चारण अनुसार अजन्त वा हलन्त प्रयोग गर्ने । -अपवाद ः अनुकरणात्मक शब्दहरू अव्यय वर्गमा पर्ने भए पनि अजन्त लेख्ने ।)

४. नेपाली लेखन पद्धतिमा सुधारका प्रयत्न

नेपालीका आदि व्याकरणकारहरूले निर्धारण गरेको मूल व्यवस्थामध्ये तत्सम शब्दहरूमा संस्कृतकै नियम अनुसरण गर्ने व्यवस्था अहिलेसम्म यथावत् छँदैछ । आगन्तुक शब्दहरूमा प्रचलित परम्पराको अनुसरणलाई त्रि.वि.मा प्राध्यापन गर्ने नेपाली विषय शिक्षकहरूको २०३५ को अभिमुखीकरण गोष्ठीले अस्वीकार गरेको छ र त्यस्ता शब्दलाई नेपाली तद्भव नियम अनुरूप लेख्ने सहमति कायम गरेको छ । -त्रि.वि. पाठ्यव|mम विकास केन्द्रले उक्त गोष्ठीमा प्रस्तुत गरिएका कार्यपत्रहरू परिमार्जन गरी २०३६ मा लिथो पुस्तकका रूपमा र २०३९ मा छापा पुस्तकका रूपमा प्रकाशित गरेको छ ।) उक्त निर्णयलाई नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित नेपाली बृहत् शब्दकोश -२०४०) मा अवलम्बन गरिए पनि माध्यमिक तहको पाठ्यव|mममा निकैपछि मात्र लागु गरिएको छ । आगन्तुक शब्दहरू नेपाली तद्भव नियम अनुरूप लेख्ने अभ्यास अहिले सञ्चार क्षेत्रमा समेत विस्तार मानक बन्दै गएकोे छ । अझै पनि कतिपय व्यक्ति उक्त निर्णयप्रति असहमति जनाउँदै छन् । तर उनीहरूको असहमति अब वैयक्तिक प्रयोगमा सीमित बन्दै गई रहेको छ ।

नेपाली लेखन पद्धतिमा रहेको जटिल पक्ष भनेको ह्रस्व र दीर्घको निर्धारण हो । यसका निम्ति व्याकरणकारहरूले बिसौँ नियम दिएका छन् । यस्ता नियममा पटक्कै ध्यान नदिने व्यक्ति लेखक वा लामो अभ्यासबाट निजी लेखन शैलीको विकास गरी सकेका साहित्यकार र सञ्चार क्षेत्रका नेपाली भाषाका प्रयोक्ताहरूका निम्ति नेपाली लेखन त्यति असहज नहुन सक्छ । तर ह्रस्व र दीर्घका यादृच्छिक नियमहरूमा अभ्यस्त बन्न नसकेर अनाहकमा कम अङ्क पाउने विद्यार्थीहरूका निम्ति यी नियम कति भयावह हुन्छन् भन्ने कुरा र त्यसका दृष्ट साक्षी बस्नु पर्ने नेपाली भाषाका गुरुहरूलाई जति थाहा हुन्छ, त्यति अरूलाई हुन सक्तो रहेनछ । फलतः नेपाली वर्ण विन्यासलाई सरलीकरण गर्ने प्रवि|mयामा पनि विश्व विद्यालय र विद्यालयका गुरुहरूको ध्यान छिटो पुग्ने गर्दो रहेछ ।

नेपाली लेखन पद्धतिमा सबैभन्दा जटिल समस्या ह्रस्व र दीर्घको प्रयोगमा देखिएको छ । यसै गरी पदयोग र पदवियोगको समस्या पनि नेपाली भाषाको प्रकार्य विस्तारका निम्ति जटिल देखिन थालेको छ । फलतः नेपाली लेखन पद्धतिमा सुधारको प्रयत्न थालिँदा विद्वत् समुदायको ध्यान यिनै दुई विषयमा बढी केन्दि्रत हुन पुगेको छ ।

४.१. ह्रस्व र दीर्घमा सुधार

नेपाली लेखनमा ह्रस्व र दीर्घको यादृच्छिक प्रयोगलाई सीमित गर्दै लाने प्रयत्न निकै अघिदेखि हुँदै आएको पाइए पनि त्यसको निर्णयक प्रयत्न २०६५ मा त्रि.वि. अन्तर्गत स्नातक तहको अनिवार्य नेपालीको पाठ्यव|mम परिमार्जन गरिँदा प्रारम्भ भएको पाइन्छ । उक्त पाठ्यव|mमको प्रस्तावित रूपरेखा उपत्यका बाहिर नेपालगन्ज, पोखरा, भरतपुर र विराटनगरमा र उपत्यकामा पद्मकन्या क्याम्पसमा समेत गोष्ठीहरू सम्पन्न गरी विषय शिक्षकहरूमाझ पुर्‍याइएको हुँदा उक्त प्रस्तावलाई नेपाली भाषाका प्रयोक्ताहरूको ठुलो समूहले सहज रूपमा आत्मसात् गरेको थियो । त्रि.वि.को अनिवार्य नेपाली विषय समितिले सो पाठ्यव|mम अन्तर्गत पठन पाठन हुने साहित्यिक सामग्रीहरूमा सोही नियम अनुरूप वर्ण विन्यास परिमार्जन गरी नेपाली साहित्यिक रचना -२०६५) र अनिवार्य नेपाली शिक्षण निर्देशिका -२०६६) साझा प्रकाशनबाट प्रकाशित गरी सकेको पनि छ ।

नेपालीका तद्भव र आगन्तुक शब्दमा लागु हुने ह्रस्व र दीर्घ सम्बन्धी नियमका दुई मुख्य पाटा छन् । पहिलो पाटो हो— पदादि र पदमध्यमा ह्रस्व वा दीर्घ हुने नियम, दोस्रो पाटो हो— पदान्तमा ह्रस्व वा दीर्घ हुने नियम । नेपाली व्याकरणकारहरूले 'पदादि र पदमध्यमा सामान्यतः ह्रस्व इ, उ मात्र प्रयोग हुन्छन् ।' भन्ने नियम दिएका छन् अनि त्यसको अपवादमा चार पाँच नियम दिएका छन् । यस्ता नियम हुन्— क्षतिपूर्ति दीर्घीभवन, शिष्ट परम्पराबाट प्रचलनमा आएका दीर्घ प्रयोग, सङ्ख्यावाचक शब्दमा प्रयोग हुने इकार र इच्छार्थक वि|mयामा पदमध्यमा आउने उकार । नेपाली वर्ण विन्यासमा सुधारको प्रयत्न थाल्दा यिनै अपवाद नियमहरूलाई सामान्य नियम अन्तर्गत समाहित गर्ने प्रवि|mया पहिलो चरणमा आउनु स्वाभाविक हुन्छ र नेपाली भाषामा ह्रस्व र दीर्घ स्वर व्यतिरेकी नरहेका हुँदा सर्वत्र ह्रस्व इ उको प्रयोगमा जोड दिने प्रवृत्ति नेपाली भाषाका अध्येताहरूमा पाइन्छ । त्रि.वि.को पाठ्यव|mम विकास केन्द्र अन्तर्गत रहेको अनिवार्य नेपाली विषय समितिले पनि २०६६ मा पाठ्यव|mम परिमार्जन गर्दा यसैलाई प्राथमिकता दिएको छ । उक्त व्यवस्था उच्च माध्यमिक शिक्षा परिषद्को कक्षा ११ र १२ को पाठ्यव|mममा लागु भई सकेको छ भने नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा २०६७ मा आयोजित गोष्ठीले पनि उक्त नियमलाई सहज रूपमा अनुमोदन गरेको छ । यसको प्रयोगलाई विस्तार गर्दै लाने जिम्मेबारी अब नेपाली भाषाका प्रयोक्ताको काँधमा आएको छ ।

पदान्तमा कुन शब्द ह्रस्व हुन्छन् र कुन शब्द दीर्घ हुन्छन् ? भन्ने बारेमा बिसौँ नियम -सूत्र) प्रचलनमा छन् र तिनका कतिपय अपवाद पनि छन् । यस्ता नियमलाई पनि नेपाली वर्ण व्यवस्थाको परिधिमा सामान्यीकरण गर्नेतर्फ पनि विद्वत् समुदायको ध्यान जानु आवश्यक छ । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित गोष्ठी यस विषयमा केही सकारात्मक देखिएको छ । समस्त शब्दका घटकका रूपमा आउने अविकारी पूर्व पदको अन्त्यमा दीर्घ नै लेख्ने अनि संयुक्त वि|mयामा घटकका रूपमा आउने पूर्वकालिक वि|mयाहरू पनि -पद वियोगका अवस्थाका) दीर्घ लेख्ने नियम अपवादहरूको न्यूनीकरणसँग सम्बन्धित नियम हुन् । तर यस क्षेत्रमा अरू धेरै काम गर्न भने बाँकी नै छ ।

४.२. पदयोग र पद वियोगमा सुधार

लेखन पद्धतिलाई नियमन गर्नु भनेको वर्ण व्यवस्था र लेखन व्यवस्थाका बिच समनुरूपता कायम गर्नु मात्र होइन, लेखन पद्धतिलाई प्रयोक्ताहरूको संज्ञानात्मक अभिवृत्ति अनुकूल तुल्याउनु र त्यसका प्रविधिगत पक्षमा सुधार गर्नु पनि हो । भाषाका प्रयोक्ताहरू विचार विनिमयका निम्ति भाषाको प्रयोग गर्दछन् । यसैले व्याकरणिक विश्लेषणमा वर्ण, शब्द या वाक्य जस्ता एकाइलाई भाषाका आधारभूत पक्ष माने पनि प्रकार्यपरक दृष्टिबाट उच्चार वा उक्तिहरू भाषाका आधारभूत पक्ष मानिन्छन् । उच्चारहरू अर्थका घटक हुने हुँदा तिनीहरू शब्द या पद, पदावली, उपवाक्य र वाक्य आदि जुन रूपमा पनि प्रयोगमा आउन सक्तछन् । फलतः भाषाको प्रयोग पक्षमा जोड दिने बित्तिकै भाषाका रूपात्मक एकाइहरू भन्दा आर्थी एकाइहरू बढी महत्त्वपूर्ण हुन पुग्दछन् ।

भाषाको पछिल्लो अध्ययन प्रयोगार्थ विज्ञान र सङ्कथन विश्लेषणतर्फ उन्मुख हुँदै गई रहेको छ । यसको प्रभाव भाषा शिक्षणमा पनि परेको छ । अनिवार्य नेपालीका पाठ्यव|mमहरू शब्दानुशासन -रूप विज्ञान) र वाक्य व्याकरणबाट सङ्कथन व्याकरणतिर माथि उठ्तै जानु यसैको परिणाम हो । सङ्कथन व्याकरणमा जानु भनेको रूपगत भिन्नतामा भन्दा सन्दर्भगत भिन्नतामा जोड दिनु हो अनि न्यूनतम आर्थी सम्बन्ध भएका एकाइहरूलाई पनि जोडेर लेख्ने परिपाटीमा भन्दा सन्धिजनित विकार नभएका स्वतन्त्र रूपिम वा शब्दहरूका बिच पद वियोग गरी लेख्ने परिपाटीको विकास गर्नु पनि हो । यसको सम्बन्ध वक्ताहरूको मनोविज्ञानसँग प्रत्यक्ष रूपमा गाँसिएको हुन्छ । वक्ताहरू आफूले एक ठाउँमा स्वतन्त्र उच्चार -शब्द) का रूपमा प्रयोग गर्दै आएको भाषिक एकाइलाई अर्को ठाउँमा पनि भिन्न एकाइका रूपमा नै ग्रहण गर्दछन् । भारतीय दार्शनिकहरूले पनि अभिहितान्वय वाद र अन्विताभिधान वाद अन्तर्गत यस बारेमा प्रशस्त चिन्तन गरेका छन् ।

लेखन व्यवस्था भाषाको प्रविधिगत पक्ष पनि हो । किनभने लेखनमा सीमित लेख्य चिहृन प्रयोग गरिन्छ र त्यसलाई बढीभन्दा बढी उत्पादनमूलक तुल्याउने प्रयत्न गरिन्छ । उत्पादनशीलताको सम्बन्ध लेखन माध्यमसँग पनि गाँसिएको हुन्छ । शिला वा धातुपत्रमा छिनाहरूले लेख्दा, धुलौटामा सिन्काले लेख्दा, बाँसको कलमले भोजपत्रमा लेख्दा या कलमले कागतमा लेख्दा, टाइपराइटरबाट लेख्दा र कम्प्युटरबाट लेख्दा लेखनमा भिन्न भिन्न अनुशासनको प्रयोग हुनु स्वाभाविक हुनछ । आज हामी कम्प्युटरको युगमा छौँ । यो लेखन व्यवस्थाको स्थिर साधन मात्र होइन, लेेखन व्यवस्थालाई नियमन गर्ने सामथ्र्य राख्ने उत्पादनशील साधन पनि हो । भाषाशास्त्रीहरूले कम्प्युटरीकृत शब्दकोश, कम्युटरीकृत वर्ण विन्यास, कम्प्युटरीकृत अनुवाद प्रणाली विकास गरी सकेका छन् । यसैले आज कोशीय एकाइहरू प्रविधिगत दृष्टिबाट भाषाका संवेद्य एकाइ बन्दै गएका छन् । लेखन व्यवस्थाले कोशीय एकाइहरूलाई जति स्पष्टताका साथ चिनाउन सक्छ त्यति बढी कम्युटरले भाषाका प्रयोक्ताहरूलाई सहयोग पुर्‍याउन सक्छ । नेपाली भाषामा अझै पनि 'वर्ण विन्यास सुधारक' प्रयोगमा आउन नसक्नुका पछाडि यसको लेखन व्यवस्था धेरै मात्रामा जिम्मेबार देखिएको छ । आजको यान्त्रिक युगमा कम्प्युटरीकृत भाषाको शक्ति र सीमामा ध्यान दिनु जरुरी छ । अन्यथा भाषाको प्रयोग क्षमता साँगुरिँदै जान सक्छ ।

'अनिवार्य नेपाली शिक्षण निर्देशिका' ले नेपाली लेखनका प्रविधिगत पक्षलाई सहज तुल्याउने अभिप्रायका साथ पदयोगमा भन्दा पद वियोगमा जोड दिएको छ र स्वरान्त दुई अक्षरभन्दा लामा शब्द बाहेक अरू शब्दलाई छुट्याउने, सोही अनुरूपका नामयोगीहरू छुट्ट्याउने र संयुक्त वि|mयाहरूलाई पनि छुट्ट्याएर लेख्ने आधारहरू निर्धारण गरेको छ । उच्च माध्यमिक शिक्षा परिषद्को नेपाली विषय समितिले यस प्रवि|mयालाई अझ एक कदम अघि बढाउँदै प्रत्येक स्वतन्त्र शब्दलाई अलग अलग लेख्ने अभ्यास प्रारम्भ गरेको छ । यस प्रवि|mयामा जाँदा सबै नामयोगी अनि अहिले विभक्ति चिहृन मानी नामसँग जोडिँदै आएका ले, लाई आदि रूपिमहरूलाई पनि छुट्टयाएर लेख्नु पर्ने हुन सक्छ । कम्युटरीकृत नेपाली भाषाले पदयोगमा भन्दा पद वियोगमा जोड दिँदै छ भन्ने कुरा आजको पुस्ताले नबुझी सुखै छैन ।

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित भाषिक गोष्ठीले 'विभक्तिवत् नामयोगी' बाहेक अरू सबै नामयोगी -दुई अक्षरभन्दा बढी अक्षर भएका), सबै संयुक्त वि|mया, सार्थक द्वित्व र निपातवत् प्रयोग हुने मात्र, चाहिँ, जना, ओटा, शब्दलाई छुट्ट्याउने कुरामा अनिवार्य नेपाली विषय समितिसँग सहमति जनाएको देखिन्छ भने समस्त शब्दका हकमा 'परम्परागत रूपमा कायम प्रचलनलाई यथावत् राख्ने' र 'नवीन मतलाई पनि सरोकारवाला प्राज्ञिक निकाय मार्फत् सार्वजनिक छलफलमा लैजाने' जस्तो दोहोरो मानदण्ड निर्धारण गरेको छ । यसको अर्थ के हुन्छ भने उक्त निर्णयपछि प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित हुने सामग्रीहरूमा र शिक्षण संस्थाहरूमा प्रयोग गरिने सामग्रीहरूमा पद वियोगका भिन्न भिन्न नियम समानान्तर रूपमा अघि बढ्न सक्छन् । यस्तो अन्योल समाप्त गर्न भाषिक गोष्ठीको निष्कर्षमा भनिए झैँ 'व्यापक विमर्श गरी अन्तिम निष्कर्षमा पुग्ने' प्रवि|mया छिटो प्रारम्भ हुनु जरुरी छ । विभिन्न शैक्षणिक निकायका नेपाली विषय समितिहरू स्वायत्त निकाय भएका हुँदा उनीहरूले आन्तरिक प्रवि|mयाबाट अन्यथा निर्णय नगरेसम्म पूर्व निर्णयहरू नै कार्यान्वयनमा आई रहने हुँदा भाषा सङ्गोष्ठीका निष्कर्षलाई अन्तिम रूप दिई तिनको प्रभावकारी कार्यान्वयनका निम्ति प्रज्ञाप्रतिष्ठानले छलफलको प्रवि|mया छिटो प्रारम्भ गर्नु जरुरी देखिन्छ ।

५. उपसंहार

नेपाली भाषा हिजो कुनै खास वर्ग र समुदायको भाषा थियो भने आज अन्तर् जातीय र अन्तर् क्षेत्रीय भाषाका रूपमा विकसित भई सकेको छ । फलतः नेपाली भाषाको ऐतिहासिक पृष्ठभूमिभन्दा वर्तमान प्रयोग बढी महत्त्वपूर्ण हुँदै गई रहेको छ । जीवित भाषामा परम्पराको अनुसरणभन्दा त्यसको वर्तमान स्वरूपको प्रभाव बढ्दै जानु भनेको खोलाको पानी ओरालोमा बगे जस्तै सहज र स्वाभाविक प्रवि|mया पनि हो । आज हामी राजनीतिक सामाजिक परिवर्तनको तीब्र प्रभावमा छौँ अनि परम्परामा रहेका विभेदकारी प्रवृत्ति अन्त्य गर्दै समावेशी सामाजिक संरचनामा जोड दिँदै छौँ भने नेपाली लेखन पद्धतिलाई भाषाको आन्तरिक प्रकृति अनुकूल परिमार्जन गर्दै सहज प्रयोगका निम्ति अनुकूल व्यवस्था निर्माण गर्ने कुरामा पनि भाषाका अध्येता र प्रयोक्ताहरूको सहमति कायम हुँदै जानु आवश्यक देखिन्छ ।

(यसमा प्रयोग गरिएको वर्ण विन्यास लेखककै अनुसार छ । स्रोत: गोरखापत्र दैनिक)

Comments