किनारा कहाँ छ यो जिन्दगीको ?/ रवि प्राञ्जल

किनारा कहाँ छ यो जिन्दगीको ?
सहारा कहाँ छ यो जिन्दगीको ?

तिमी नबस्दा यो मनको कुनामा
गुजारा कहाँ छ यो जिन्दगीको ?

तलाउ खोज्दै धेरै भो बगेको ,
त्यो रारा कहाँ छ यो जिन्दगीको ?

भरिन्न पेट सान्त्वना ले मात्र ,
त्यो चारा कहाँ छ यो जिन्दगीको ?

घस्री रहेछु म घस्री रहेछु ,
हल्कारा कहाँ छ यो जिन्दगीको ?

Segments: 
Author: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom