दाङमा कविता महोत्सव

No votes yet

दाङ, वैशाख ४/ घोराही आसपासको क्षेत्र तीन दिनसम्म कवितामय हुँदै छ । जिल्लावासीले वैशाख १७ देखि १९ सम्म घोराहीमा देशभरका चर्चित साहित्यकारहरूका सिर्जना सुन्न पाउनेछन् । यहाँ राष्ट्रिय कविता महोत्सव हुँदै छ ।

५७ जिल्लाका २ सय ७१ कविताबाट प्रतियोगिताका लागि २० जिल्लाका ३२ कवि छनोट भएका छन् । कविता छनोट समितिले पाँच चरणमा ती सिर्जना सुनेपछि छनोट गरेको मूल आयोजक समितिका सचिव डा. गोविन्द आचार्यले आइतबार जानकारी दिए । पहिलो हुनेले २० हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार र सान्त्वनाले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

आयोजकका अनुसार महोत्सवमा राष्ट्रकवि माधवप्रसाद घिमिरे, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काँइला, ध्रुवचन्द्र गौतम, खगेन्द्र संग्रौला, मोदनाथ प्रश्रति, श्रवण मुकारुङ, कृष्ण धरावासी, ज्ञानुवाकार पौडेल, बुँद राना, निनु चापागाईं, तुलसी भट्टराई, आहुति, प्रकाश सायमी, पूर्णविराम, परशु प्रधान, तुलसी दिवस, नयनराज पाण्डे समेत सहभागी हुनेछन् ।

पहिलो दिन कविता प्रतियोगिता सम्पन्न भएपछि १८ गते प्यूठानको पर्यटकीय तथा धार्मिक क्षेत्र स्वर्गद्वारीमा र १९ गते दाङकै बराहक्षेत्रमा कवि गोष्ठी हुनेछ । आगन्तुकहरूलाई जिल्लाका थारुग्राम, थारू संस्कृति अवलोकन, पर्यटकीय क्षेत्रको वृत्तचित्र अवलोकन जस्ता गराइनेछ ।

जिल्लामा यति ठूलो कवि गोष्ठी हुन थालेको यो पहिलोपटक हो ।

॰[स्रोत: कान्तिपुर दैनिक]

Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.