काल्पनिक / डा. ध्रुवचन्द्र गौतम

यो कथामा केही पनि छैन । केवल एउटा पात्र छ । पात्र काल्पनिक हुनाले पात्रले के गर्छ त्यो पनि थाहा नभएकाले केही भएन । थालनी गर्दा कसरी गर्ने ? यतिका वर्ष लेखेपछि म लेखक जसले कयौं प्रमुख आतिथ्य र सभापतित्व भ्याइसकेको छ, त्यसलाई यस्तो समस्या नपर्नुपर्ने ?

हुन त म तिनै लेखकमध्ये पर्दछु, जो लेख्न त धेरै लेख्दछु तर केही रकम छोडेर प्राप्त गर्न केही सकेको छैन । पत्रिकाले माग्यो कि म गरिब लेखकको उत्साह बढेर आएको हुन्छ । म आफूलाई जसरी भए पनि ठोकठाक गर्छु र लेख्ने लायक बनाउाछु । यतिका वर्ष लेखेर पनि जुन भाउ मलाई दिएका छन् समालोचकहरूले त्यो भन्यो भने हाँसो उठ्दो होला । अझ मेरो पछिल्तिर नलेखेर त के के भन्दा हुन् । म सान्त्वना के गरी आफूलाई दिन्छु भने ती बेवकुफहरू यति लेख्न सकिरहेका छैनन् त्यसैले यस्तो भन्छन् । म केही रकम त पाउँछु लेखेबापत । यसले मेरो परम दरिद्रतामा केही कमी आउाछ भने, तिनका भनाइहरू ईष्र्या नै मान्छु ।

लेखेर मैले चामल पनि प्राप्त गरेको छु, रक्सी पनि । यहाा तेस्रो कुराको पनि उत्सुकता होला । म स्पष्ट भनिदिउा, मैले तेस्रो कुरो पनि लेखेर पाएको छु । लेखनबाट प्रभावित पारेर होइन नि फेरि । लेखनबाट प्राप्त रकमबाट प्रभावित पारेर । काठमाडौंमा भात खान गाह्रो छ । त्यो तेस्रो कुरो भने उपलब्ध गर्न सजिलो छ, तुलनात्मक रूपमा । कहिलेकाहीं पेटभरि ख्वाइदियो, ऊ पनि तृप्त, आफू पनि तृप्त । भोकपछिको भोक मारिन्छ फोसामा ।

त्यसो त मलाई लेखक भनेर पूरा स्वीकार गर्न पनि कति जना मात्र चाहादैनन् । भन्छन्­ चारखालको नौसिन्दा पनि त लेखक हो भनेर किन नमान्नु ? यसको जवाफ के दिने ? बोल्नेले पनि यस्तो खरो कुरा मातेपछि नै गरेको हुन्छ । त्यसमा मैले मातेर दिने जवाफको फेरि के अर्थ ?

कुनै बेला मोसो दलेर हो कि होइन तर डाँडा कटाइदिनुपर्ने लेखक भन्ने पनि सुनेकै हुा । यो लेखक होइन, लेख्ने रहर गरेर बाँचेको मान्छे हो भन्ने पनि यिनै कानले सुनेका छन् । अपमान गर्ने लगभग सम्पूर्ण विशेषण मैले प्रोटिनसरह आत्मसात् गर्नु परेकै छ । अब यतिका भइसकेपछि म फेरि किन पछि हट्ने ? मैले पनि तिनीहरूलाई ईष्र्यालु बनाउने राम्रै प्रतिबद्धता पालेको छु । यो देशमा मभन्दा खराब लेखकै छैन जस्तो गर्दछन् । के त्यस्तो सम्भव छ, जतिसुकै राम्री केटी भए पनि, त्योभन्दा राम्री भेट्ने सम्भावना हुादैन र ? जतिसुकै कुरुप भए पनि अझ कुरुप भेटिने सम्भावना पनि भइरहन्छ । लेखमा पनि त्यस्तै हो । म जतिसुकै खराब लेखक भए पनि म भन्दा खराब लेख्ने लेखक पनि पाइन्छ । पैसा दिन्छन् भने मै खोजेर ल्याइदिन्छु । केही भएन भने, अन्त्यमा मै हुा मभन्दा खराब लेखक भनेर उभ्याइदिन्छु । उनीहरूलाई मभन्दा खराब लेखक चाहिएको त हो नि । मैले नै मलाई नै मभन्दा खराब लेखक भनेर प्रस्तुत गरेपछि त तिनीहरू झन् हर्षविभोर हुनुपर्ने हो तर यी सब निर्भर गर्दछन्, मलाई तिनले दिने पैसामाथि ।

मेरो एउटै भनाइ छ­- पैसाका लागि लेख्छु भने, राम्रो पैसा पाए पैसैका लागि लेख्न छोड्न पनि सक्छु । यसमा के छ र ?

अहिले त मलाई आफनो लेखकीय व्यक्तित्व धान्नसमेत लगभग सारा पत्रपत्रिका आउनुपर्नेछ, आएकै छु । जोसुकैले जेसुकै भनोस् । लेखक नमाने नमानोस्, पत्रिकाले छापुन्जेल दिनु पर्दछ । जुनमा पनि दिन्छु । प्रतिभा-प्रतिभा छाडौा । मागेर दिएन भने पछि पर्ने ठूलो डर छ मलाई । अरू केही नभए पनि, म प्रत्येक पत्रिकामा प्रकट हुने लेखकका रूपमा त चर्चितै छु । यो पनि त उपलब्धि नै हो ।

यहाँसम्म त ठीक थियो तर यस पटक मेरो दोस्रो दरिद्रता प्रकट हुने डर भएको छ । मैले राम्रो-नराम्रो छाडौँ, यति विषयमा लेखेा अब मसित विषय नै रहेन । दोहोर्‍याउने-सोहोर्‍याउने सब गरेर सिध्याइसको । सम्बन्धका सबै स्वरूप लेखिसकेा । राजनीतिक व्यङ्ग्य लेखिसकेा सबै प्रकारका । समाजका जति खराबी छन्, सब समेटिसकेा । आजको विज्ञान प्रविधि, पर्यावरण, प्रकृति सारा परिसके । अब के लेख्ने ?

अब केवल एउटा पात्र जोगिएको छ जुन मैले लेखेको छैन । नलेख्ने कारण पनि छ । सो पात्र नितान्त काल्पनिक हो तापनि त्यसका केही कुराहरू जोरजार पारेर खोजेको छु । यो एउटा फ्याङल्याङे पात्र हो, होइन ? खाते होइन तर निम्नमध्यम वर्गीय अव्यवस्थित । खाते केलाई भन्छन् ? तर भन्नलाई भनिदिउा, यो पात्र एउटा निम्न मध्यमवर्गीय खाते हो । दुई प्रकारको मोजा लगाउनु यसका लागि मामुली कुरा हो । यसको घडीले दिनको दुईपटक सही समय दिन्छ । दुई बजेर पच्चीस मिनेटमा । यसकारण कि घडी दुई बजेर ठ्याक्क पच्चीस मिनेटमा कैयौँ दिनदेखि रोक्किएर बसेको छ । दिउासोको समय त यो पात्र हेर्न भ्याउाछ । प्रसन्न पनि हुन्छ, अहिले त दियो नि ठीक समय तर राति दुई बजेर पच्चीस मिनेटको सही समय ऊ हेर्न भ्याउादैन । त्यसबखत ऊ मदिरा सेवन गरेर मस्त निदाएको हुन्छ । यसरी आफनो घडीले दिने सही समयको ऊ पचास प्रतिशत मात्र उपयोग गर्न भ्याउाछ । पक्कै घडीको ब्याट्री सकियो । फेर्न पैसा लाग्छ । त्यसकारण फेर्दैन । घडी दिनदिनै भिर्छ । संजोगले कसैले ऊसित समय सोधेको छैन । एकपटकबाहेक । एकपटक एउटी तन्वङ्गी केटीले अनुहारमा हतारको तीव्र भावसहित सोधी- "कति बज्यो दाइ ?"

उसले साँच्चिकै घडी हेर्‍यो । अनि साँच्चिकै आफनो घडीमा जुन समय सदाकालदेखि बजिरहेको थियो, त्यही बताइदियो । यस्तो नहुादो हो अन्य परिस्थितिमा । केटी अत्यन्त रुपवती थिई । त्यसको रुपबाट प्रभावित मेरो त्यो पात्र निकै हदसम्म आत्तिएको हुादा उसले त्यहाँ सत्य बोल्दा सत्य, असत्य बोल्दा असत्य हुन्छ भन्ने तथ्य ठ्याम्मै बिस्र्यो । केटी मिलनसार थिई । हाँसी । हाँस्दै भनी- "मैले त १२ बज्यो कि बजेन भनेर जान्नलाई सोधेकी थिएा ।" त्यसपछि त्यहाँ अडिइन त्यो केटी ।

मेरो पात्र सत्य बोलेर जरिमाना तिरेजस्तै गरी उभिइरहृयो, उसले घडी तत्काल झिकेर मिल्काइदिने समेत नसोचेको होइन । पछि फेरि सोच्यो कुनै दिन त कसैले दुई बजेर पच्चीस मिनेटमा समय सोध्ला ? त्यो प्रश्न कुनै केटीले गरी भने यस केटीप्रति भएको गल्ती सपार्ने मौका पाइन्छ । अहिलेलाई एउटी राम्री केटीलाई सानो मानवीय सन्तुष्टी दिन असफल भएकामा उसलाई घोर पश्चाताप भइरहृयो केही बेरसम्म । त्यसपछि ऊ कतै अन्त लाग्यो ।

घडीपछि उसको जीवनमा जुत्ताको पालो आउाथ्यो । अहिले जुन जुत्ता ऊ लाएर हिाडिरहेको थियो, त्यो कोही अरूको थियो । प्रायः गरेर रक्सी खाएर निस्किादा कुनै अरूकै जुत्तामा खुट्टा छिराएर हिाडिदिन्थ्यो । प्रायः त्यस्तो भएकाले उसको बानी नै भन्ठानुा । पछि जुत्तावालले कसैगरी पत्ता लगाएर उसबाट आफनो जुत्ता प्राप्त गर्दथ्यो, खुसी हुादो हो । उसका जुत्ताहरूको तुलनामा तीमध्ये कुनैका पनि जुत्ता उम्दा केटिका हुन्थे । यसपटक गोलमालमा पनि गोलमाल भयो । पन्ध्र दिनभित्रमा तीन जोर जुत्ता फेरिदिएछु अर्काकै । अब असल र खराब पनि ती तीन जोर जुत्ताका बीचमा पो गर्न थाल्यो । यद्यपि तीनै जोर अर्काको थिए । तैपनि उसलाई अपसोच केमा लाग्यो भने दोस्रो जुत्ता राम्रो थियो, त्यो फेरेर तेस्रो जोर लगाउन पुगेकोमा उसलाई थकथक थियो । उसको आफनो जुत्ता त कहाँ होला कहाँ होला ? आजसम्म दावी विरोध आएको छैन । अब त यही जुत्ता पनि फाट्ने बेला भइसक्यो । उसको सोचाइ हो । अब त उसको आफनै जुत्ता यीभन्दा साबुत देखिने बेला आइसक्यो ।

एक दिन भोक लागेको थियो । बिहानको समय थियो । एउटा मित्रको घर नजिकै थियो । पसिदियो । पत्तो पाउादैन थिए । जस्तो त्यहाँ ऊ दस महिनाभन्दा बढी भएको थियो नपसेको । त्यतिमा त एउटा बच्चाको गर्भाधान, जन्म र थोरबहुत हुर्काई पनि थालिइसकेको हुन्छ ।

त्यहाँ गयो । गएपछि थाहा पायो भित्र योगा सिक्न थालेको थियो र योगा गुरुको प्रतीक्षा गरिरहेको थियो पूरा परिवार ।

मित्रले भन्यो- "तिमी पनि गर आज ।"

गुरु आयो । गुरुले आफूलाई गुरु देखाउने प्रयत्न जतनसाथ गरेको थियो । लामो केश । पहेालो वस्त्र र पहेालो उपर्ना । जान्न त जान्ने रहेछ । योग पनि र बोल्न पनि । योग सिकाएर गुरु अन्यत्र प्रशिक्षण दिन हिाड्यो । त्यसपछि बल्ल मेरो पात्रको कामको कुरो आयो । टोष्ट र अमलेटपछि कफी खाएर टन्न हुादै हिाड्यो । उसको घरनिर एउटा विशाल खाल्डो बनेको थियो । बिनाप्रयास भास्सिएर । अरू बेला त होइन राति रक्सी धोकेर आउादा खसिएला कि भन्ने डर हुन्थ्यो । साँघुरो बाटो मात्र बाँकी थियो । ऊ दिउासै राम्ररी निरीक्षण गरेर जान्थ्यो, राति कतातिरबाट कसरी आउने हो, खाल्डो जोगाएर । खाल्डोपारि पुगेपछि जहिले पनि किन हो उसलाई एउटा गर्वको अनुभूति हुन्थ्यो । एउटा छोटोमोटो विजय हासिल गरेजस्तो किसिमको । यो चलन महिनौँदेखि यस्तै गरी चलिरहेको थियो । कहिलेकाहीँ जोग्गिादा जोग्गिादा पट्यार मानेर सोच्दथ्यो एकपल्ट खसी हेर्नुपर्‍यो खाल्डोमा । टोलमा कति मानवता बाँकी रहेछ, त्यसको पनि जाँच हुन्छ तर गर्न चाहिा गरेन । सधैा विजयी हुने र वीर हुने भाव नै उसलाई सुखद लाग्यो । जतासुकै हारे पनि, त्यो खाल्डोले कमसेकम मलाई जितेको भाव प्रदान गरिरहेको छ भने मैले आफूले नियम किन उल्लङ्घन गर्ने ?

यो पात्र प्रेम गर्दैन थियो । त्यसमा उसलाई विश्वास थिएन । उसलाई कुनै रोमाञ्चमा समेत विश्वास थिएन । उसको स्वभावमा पनि कुनै यस्तो कुरा देखिएन, जसले द्वन्द्व वा झगडा वा नेतृत्वमध्ये केही उत्पन्न होस् । ऊ जीवनमा केही नभए पनि आरामसाथ जीवन बाँचिरहेको थियो । यस्तो पात्रबाट के बन्छ लेख्ने ? बलात्कार अथवा शारीरिक अन्य क्रियाकलाप अथवा कुनै किसिमको तरङ्ग केही थिएन । शान्त सरोबर जस्तो जीवनमै ऊ रमाएको थियो । उसलाई जीवनसित कुनै गुनासो पनि थिएन । आठ बजे भात खान बस्दथ्यो । साढे आठ बजे घरबाट निस्किन्थ्यो । बसमा धेरैजसो झुन्डिएर जान्थ्यो । बेलुकी भट्टीमा पस्थ्यो । र्फकंदा पैसा छ भने ट्याक्सी नभए हिाडेरै भए पनि घर पुग्ने आाट राख्दथ्यो । यस्तो जीवनमा के खोजेर लेख्ने ?

यस्तोमा मैले सोचेँ- पात्र काल्पनिक बनाइदिउँ पूरै । त्यसपछि त्यसबाट जे गराए पनि हुन्छ ।

एक दिन पात्र आइरहेको थियो । पछिल्तिरबाट आवाज आयो सर । उसले देख्यो छिमेकी रहेछ । त्यसले आएर भन्यो- "सर अब त्यो खाल्डो पुर्न भनेर निकासा आउनै आाटेको छ ।"

उसले भन्यो- "ए ।"

त्यस्तो चीसो 'ए' किन भन्यो भने आज ४-५ वर्षदेखि त्यो खाल्डोका लागि उसले कति पटक यसलाई भनिसकेको थियो । यो समाजसेवी भन्थ्यो आफूलाई । कहिल्यै पुरिएन । यता आएर भन्न छोडेको थियो । उसलाई यही खाल्डोले कतै न कतै विजयी बनाइदिइरहेको थियो । यो विजय खोसिने उपाय गरेर ऊ रातप्रति रात पराजित बन्न चाहादैन थियो ।

खरो त्यो मानिसले आज अचानक त्यति विनम्र वचन कसरी बोल्यो । त्यसमाथि खाल्डो पुर्ने विषय ल्याएर ? पात्र यसमा पो चकित भएको थियो ।

केही बेर कुरा गरेपछि बल्ल थाहा पायो, ती चुनावका दिन थिए र यो उम्मेदवार बनेर उठेको रहेछ ।

टोलमा त्यस्तो चलिरहन्थ्यो ।

हो त्यसैपछि मैले सोचेा, पात्रलाई काल्पनिक बनाउादा त जे लेखे पनि हुन्छ । एक मन त लाग्यो, यसलाई पनि उम्मेदवार बनाइदिउा र लेख्न थालुा तर चुनावका अनेक दाउपेच म आफैालाई थाहा छैन भने त्यो अवास्तविक हुन्छ । एक त मेरो कथा त्यसै पनि मान्यता प्राप्त छैन । त्यसमाथि आफैालाई अवास्तविक लाग्दा त कसरी लेख्नु ?

लेख्नु त जसरी पनि पर्छ । मेरो कमजोरी नै भइसकेको छ यो । मलाई थाहा छ, यसमा पनि म केही रकम त पाउाछु तर झन् केही नभएको कथा, केही नभएको पात्र लिएर कसरी अघि बढ्नु ? पेनाल्टी पाएको छ तर गोलकिपर छैन रोक्नलाई । यस्तो स्थिति छ मेरो अहिले । झन् कस्तो होला ? यसले पाठकभन्दा अन्य लेखक नै बढी रिसाउने डर छ तर यो मौका त्याग्न पनि सकिादैन । दरिद्रता धेरै शक्तिशाली हुन्छ । त्यसले जति असफल कार्यमा पनि हात हाल्न लगाउाछ । पहिल्यैदेखि ज्ञान असफलतामा समेत ।

अब जे होला होला । यसै कमजोर उसै कमजोर के एउटा बेकारको, नालायक र जीवनमा लेख्नेलायक केही नभएको पात्रलाई लिएर म लेख्न थाल्दछु ।

थाल्नुभन्दाअघि एउटा जरुरी सूचना भने अवश्य दिन चाहन्छु । जुन पात्रलाई मैले काल्पनिक भनेा, त्यो वास्तवमा मैा हुा । अब त स्पष्ट भयो होला, यही एउटै पात्र मसाग कसरी बाँकी हुन गयो ?

अनि, म स्वयम् पनि त जीवनमा काल्पनिकभन्दा के कम भएको छु र ?

[मधुपर्क मासिक]

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom