दमकमा सुनिए जसराज

दमक, चैत्र २० -
खोटाङेली कवि जसराज किराती हालै झापामा थिए । एकल कविता वाचनका लागि । उनलाई यहाँ ल्याइपुर्‍याएको थियो- जीवन आचार्य स्मृति प्रतिष्ठानले ।

डेढ घन्टाको अवधिमा किरातीले 'मेरो प्रतिविम्ब,' 'हाम्रा बाटाहरू,' 'जिन्दगी मलाई चाहिन्छ,' 'कालो सहर,' 'राष्ट्रको खोजी,' 'पहाडकी केटी,' 'दिलुमामा' जस्ता डेढ दर्जन कविता वाचन गरेका थिए ।

'दमकले मलाई कविता लेख्नु पनि असल कार्य हो भन्ने बोध गराएको छ,' असल श्रोताहरू पाएर पुलकित किरातीले आफूले लेखेको कविता भयो कि भएन भनेर सोध्दै सुनाए, 'राजनीतिक पार्टीको दासता कवितामा लाद्नु भनेको कवितालाई बलात्कार गर्नु हो ।'

किरातीलाई सुन्न भुटानी स्रष्टाहरूसहित दुई सयजति साहित्यप्रेमी उपस्थित थिए । उनलाई सुमित्रा वाङ्देल चेली, मायामितु न्यौपाने, ताराढाका पराजुलीले वाचनमा साथ दिएका थिए । प्राज्ञ कवि कृष्णभूषण वलले किरातीलाई नै सम्झेर रचेको 'गाउँले कविलाई सम्झेर' कविता वाचन गरेर कार्यक्रमको सुरुवात गरेका थिए ।
(साभार: कान्तिपुर दैनिक)

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom