Author
हरेक मान्छे खुसी हुन्छ हरेक मान्छे रुन्छ
आँसु नझरेको यहाँ भन मान्छे कुन छ
कुनै पलमा आँसुको पर्ने पर्छ फेला
फरक यति हो
कसैको आँसु छिट्टै झर्छ कसैको अबेला
फरक यति हो
हाँस्छ मान्छे मनभित्रको माया गाढ़ा हुँदा
रुन्छ फेरी त्यहि माया धेरै टाढ़ा हुँदा
सम्झानाले कसलाई पो छ र नसताउने
कोही मनमै राक्छन पीडा कोही चै बताउने
रुने कुरा कस्ले सोच्छ खुसी भाको बेला
चाहे कोही रुन्न भनोस् पत्थर राखी दिलमा
दुख्दा मुटु हुन्छ आँसु परेलिको डिलमा
चाहना त गर्छ मान्छे हास्दै जीवन बाँचू
धनि गरीब ठुलो सानो भन्दैन यो आँसु
जिन्दगी यो हाँसो अनि आँसु कै हो खेला
सत्य यही हो
Segments
Language
- 42 views