Loading

गुरुकुलमा नाटक महोत्सव

मोरङ/रासस- आरोहण गुरुकुल विराटनगरले गत वर्षझैँ यस वर्षपनि दोस्रो नाटक महोत्सव गर्ने भएको छ।

राजधानीपछि विराटनगरमा गुरुकुल स्थापना गरी गत वर्षबाट नाटक महोत्सव सुरु गरेको हो । गत वर्षभन्दा यस वर्ष महोत्सव अझ सफल हुने विश्वास आरोहणका अध्यक्ष सुनिल पोखरेलको छ ।
गत वर्ष नाटक महोत्सवमा टिकट बेचेर एक लाख २६ हजार सात सय रुपैयाँ संकलन गरिएको जानकारी दिँदै गुरुकुल विराटनगरका सचिव विवश पोखरेलले यसपालिको महोत्सवमा त्योभन्दा बढी टिकट बिक्री हुने बताए ।

६० जना कलाकार सहभागी हुने महोत्सवमा ६ ओटा नाटक मञ्चन गरिनेछ । जसमध्ये आरोहण गुरूकुल काठमाडौंका चार, मिथिला नाटयकला मञ्च जनकपुरको एक र गुरुकुल विराटनगरको एउटा नाटक रहेका छन् ।  गुरुकुल विराटनगरका अध्यक्ष भैरव क्षेत्रीका अनुसार महोत्सवमा खरीको घेरो, सम्राटको नया लुगा र कुरूप हास, एकटा छल गदाहा, जात सोध्नु जोगीको, ताराबाजी लै-लै र बहादुरपुरको दन्त्यकथा नाटक मञ्चन गरिनेछ ।

Segments: 

Comments