Author
गिरेको ऊ आफ्नै नजरमा रहेछ,
बदनाम निकै यो सहरमा रहेछ ।
मेलजोलमा छैन रूचि पटक्कै,
चाख धेरैलाई टक्करमा रहेछ ।
छैन योगदान यहाँ जसको केही,
नाम किन उसैको खबरमा रहेछ ।
अङ्गुर पनि कहीँ अमिलो हुन्छ ?
खोट फ्याउरोकै अधरमा रहेछ ।
सरस नभए पनि तिम्रो गजल,
सुन्नलाई मीठो बहरमा रहेछ ।
उज्यालोको छैन कहीँ अत्तोपत्तो,
अँध्यारोको भने घर-घरमा रहेछ ।
हरियो पात सधैँ बन्धक रूखको,
झरेको पात हेर सफरमा रहेछ ।
के हुन्थ्यो सहज स्वेच्छिक-मरण
मिसावट अचेल जहरमा रहेछ ।
(Abhibyakti 151)
Segments
Language
- 3 views