घुम्टोले ढाकिएको त्यो मुहार कस्तो होला ?/ रवि प्राञ्जल

घुम्टोले ढाकिएको त्यो मुहार कस्तो होला ?
जनतन्त्रको त्यो नौलो अनुहार कस्तो होला ?

सय चोटले 'सुनार'को, न त सक्छ रूप बदल्न
एक चोट मै बदल्ने त्यो 'लुहार' कस्तो होला ?

जब कोटिकोटी जनको यो आवाज हुन्छ यौटै
तब एकमुठी जनको त्यो गुहार कस्तो होला ?

झलमल्ल घाम लागोस्, अनुहारमा सबैको
रक्तिम बिहानी ल्याउने त्यो जुहार कस्तो होला ?

Segments: 
Author: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom