Ghazal

No votes yet

पानी खाँदा सर्किएला होस गर
तीर्खा फेरि फर्किएला होस गर ।

बाँचेजस्तो मर्न कहाँ सजिलो छ,
काल पनि झर्किएला होस गर ।

हिमालको मुनि बस्दा ओत होला,
पहिरो पो घर्किएला होस गर ।

उकालोमा दुवै गोडा ठीक थिए,
ओह्रालोमा मर्किएला होस गर ।

ऐना हेर्दा सम्हालेर हेर्ने गर्नु,
आफनै रूप चर्किएला होस गर ।

दुवै गाला अझै पनि सुख्खा नै छन्,
हृदयमै दर्किएला होस गर ।

ढुङ्गालाई धेरै माया नचढाऊ,
तिम्रो 'मनु' तर्किएला होस गर ।

(मधुपर्क)

Author: 
Segments: 
Your rating: None Average: 4.5 (6 votes)

बाँच्न भनी आएपछि मर्न कहाँ पाइन्छ र !
घाट कुर्नेले त खोला तर्न कहाँ पाइन्छ र !

मदिरा यो जिन्दगीको बाँड्ने जिम्मा पाएपछि
आफ्नोमात्र खाली प्याला भर्न कहाँ पाइन्छ र !

जीवनभरि बटुलेर सजाएर राखेको यो
मनको बैठक कोठालाई छर्न कहाँ पाइन्छ र !

तलकालाई बिर्सिएर माथिमाथि उक्लेपछि
माथिकालाई छोडी तल झर्न कहाँ पाइन्छ र !

फूलमाला चढाएर दैवलाई ढाँटे जस्तै
मनुसँग अब यसो गर्न कहाँ पाइन्छ र !

Author: 
Segments: 
No votes yet

हराएछु भन्नेकुरा जब थाहा पाइएला
आफूलाई खोज्न अब ऐना यौटा चाहिएला ।

घरमा बसी कर्म गर्दा-गर्दा दिक्क भइएछ
मन्दिरमा बसेपछि धर्म गर्न भ्याइएला।

बिरोधीका कुरासुन्दा आफ्नो ठाउँ थाहा भयो
समर्थकका कुरा मान्दा गालीमात्र खाइएला ।

रिन खोज्न जानुपर्ने अरुको नै घर घरै
खाली हात भए पनि घर फर्की आइएला ।

लोकगीत, शोकगीत, भोकगीत गाइँदैन
देशभक्त हुन अब पपगीत गाइएला ।

Author: 
Segments: 
Your rating: None Average: 4.7 (3 votes)

तिमी छेउ छैनौ भन्ने आभासले चोट लाग्छ ।
टुक्रिएको फूल हुँ म बतासले चोट लाग्छ ।

धेरै रोएँ जिन्दगीमा अब पत्थर हुन्छु भन्थें
यति कोमल मन छ कि कपासले चोट लाग्छ ।

Author: 
Segments: 
No votes yet

गिरेको ऊ आफ्नै नजरमा रहेछ,
बदनाम निकै यो सहरमा रहेछ ।

मेलजोलमा छैन रूचि पटक्कै,
चाख धेरैलाई टक्करमा रहेछ ।

छैन योगदान यहाँ जसको केही,
नाम किन उसैको खबरमा रहेछ ।

Segments: 
Your rating: None Average: 5 (1 vote)

कर्महीन जिन्दगीको मजा बेग्लै हुन्छ
शर्महीन जिन्दगीको मजा बेग्लै हुन्छ

पिँजडाकी चरीलाई पिरी गर्व गर्ने
मर्महीन जिन्दगीको मजा बेग्लै हुन्छ

लुटमाथि लुटको छ रमाइलो नियम

Author: 
Segments: 
Your rating: None Average: 3.5 (2 votes)

मनमा करुणा ममता नभए
जति जे गर मानवता नभए !

दिनरात सधैँ घरमा झगडा
छ विकास कहाँ समता नभए !

पछि नै बसी साथ दिए त हुने
किन सर्नु अघि क्षमता नभए !

गर राज्य तिमी गर शासन नै

Segments: 
Your rating: None Average: 3.5 (2 votes)

जे जे भन्छौ सबै बिना शर्त गरी रा'छु ।
किनार भेट्न अझै मैले नर्क तरी रा'छु।

थाहा छैन त्यो मुटुमा कहाँ निर छु म ?
सगरमाथा जस्तै हरेक वर्ष सरी रा'छु।

नजानेरै रोपिएछ जहर जिन्दगीमा
त्यही जहर हुर्काउन खर्च भरी रा'छु ।

थाहा छैन कहाँ पुग्यो पहिचान मेरो ?
आफैंलाई चिन्न उही खर्क झरी रा'छु।

तिम्रो मनको बगैंचामा फूल भयो 'रवि'
उन्को मनको बगैंचामा सर्प दरी रा'छु।

Author: 
Segments: 
No votes yet

रूपकै सोचमा बिहानी भो
रात बित्यो फगत कहानी भो।

भावनाको सधैं गरेँ पूजा
भावनाकै कुरा खरानी भो।

जिन्दगी बाँच्ने थियो इच्छा
मृत्युकै रूप जिन्दगानी भो।

के सुनाऊँ कथा―व्यथा मनको

Author: 
Segments: 
Your rating: None Average: 5 (1 vote)

जारी छ अझै सफर आफ्नो
भएर पनि छैन घर आफ्नो

आफैसित आफू टाढा किन ?
सोद्ध छ यो मन अक्सर आफ्नो

ठानेथे आत्मीय जसलाई सधैँ
उसैसित पर्‍यो टक्कर आफ्नो

खेल्दा खेल्दै बैँसको यो खेल

Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.