Loading

Ghazal

सधैँको लागि आउने भए मेरी बनाउँला / भीमनिधि तिवारी

सधैँको लागि आउने भए मेरी बनाउँला
फकाउँला, फुलाउँला, गिज्याउँला, हँसाउँला !

वसन्ती फूलबारीमा बढाई प्रेम प्यारीमा
चमेलीको छहारीमा बसी माला गुथाउँला !

घुमाई हातमा पङ्खा टहल्दै ग्रीष्म मैह्नामा

Segments: 

तिमीसँग मागेको साथै हरायो / शम्भुकुमार मिलन

तिमीसँग मागेको साथै हरायो
सँगै नहुँदा रातै हरायो ।

भन के गर्‍यौ आज तिमीले यस्तो
कति सोध्न खोजेँ आँटै हरायो ।

हजारौँ थिए चाहनाभित्र मनमा
तिमीलाई भेट्ने बाटै हरायो ।

Segments: 

भैगो अब तिम्रा कुरा मान्छु अलिकति / ललिजन रावल

भैगो अब तिम्रा कुरा मान्छु अलिकति
आजलाई वाचा-कसम खान्छु अलिकति

जति रिस उठे पनि मन दुखे पनि
ढुङ्गा होइन फूलले फेरि हान्छु अलिकति

जे-जे दियौ तिम्ले सधैँ मैले थापी रहेँ

Author: 
Segments: 

सियो रोप्दा सानो होला कोदालाले कपे हुन्छ / बूँद राना

सियो रोप्दा सानो होला कोदालाले कपे हुन्छ ।
धेरै ठाउ छ दिलमा अझै चोट थपे हुन्छ ।।

सधै सागै बस्ने गरी आउादैन वसन्त नि
बर्सातको भेल बाढी एकैछिन खपे हुन्छ ।।

औडाहामा डुबे हुन्छ आखाभरि पोखरीमा

Author: 
Segments: 

आगोले त पोल्छ-पोल्छ पानीले झन् पोल्छ / मनु ब्राजाकी

आगोले त पोल्छ-पोल्छ पानीले झन् पोल्छ
बोल्नेले त बोल्छ-बोल्छ नबोल्ने झन् बोल्छ ।

आफूलाई बेच्न खोज्यौ भने बुझिराख
किन्नेले त मोल्छ-मोल्छ नकिन्ने झन् मोल्छ ।

मनमा पर्दा लगाएर बसेका छौं किन ?
नाङ्गोले त खोल्छ-खोल्छ पर्दाले झन् खोल्छ ।

रङ्गीन यो दुनियाँमा आँसुसित रगत
घोल्नेले त घोल्छ-घोल्छ भिज्नेले झन् घोल्छ ।

दुख्ख आए पनि दुख्ख, गए पनि दुख्ख
पीर बसे पनि पिर्छ गए झन् पिरोल्छ ।

एकान्त मन पराउने 'मनु' घुइँचोमा,
एक्लो हुँदा आफूलाई आफैंले छिचोल्छ ।

[Madhuparka Monthly]

Author: 
Segments: 

मिल्दैन विचार आफ्नो त घरमा / ज्ञानुवाकर पौडेल

मिल्दैन विचार आफ्नो त घरमा
पुरानै छ संस्कार आफ्नो त घरमा ।

बन्ने हो भने यो मरुभूमिको कवि
पाक्दैन परिकार आफ्नो त घरमा ।

छुटेदेखि भएको त्यो एउटा जागिर
हुँदैन सत्कार आफ्नो त घरमा ।

Segments: 

डायरीका पानाहरू जताभावी केर्‍या छैन / बूँद राना

डायरीका पानाहरू जताभावी केर्‍या छैन ।
सापटीमा आँखा मागी यो दुनियाँ हेर्‍या छैन ।।

फुस्रै भए पनि म त आफ्नै रङमा दङ्ग छु ।
रङ्गीचङ्गी हुनलाई मैले रङ फेरे छैन ।।

Author: 
Segments: 

हिँड्नु हुन्न त्यै पुरानो चालले अब / डा. घनश्याम 'परिश्रमी'

हिँड्नु हुन्न त्यै पुरानो चालले अब
फेर्नुपर्छ काँचुली नेपालले अब ।

अस्मिता यो भूमिको अस्तित्व राष्ट्रको
बेच्न नपाओस् कुनै दलालले अब ।

पीर होस् कि हर्ष सँगै भोग्नुपर्दछ
तराई, पहाड र हिमालले अब ।

सुन्नु सुन्यौँ भाटका सङ्गीतका धुन
बज्नुपर्छ नयाँ सुर-तालले अब ।

हामी लक्ष्य भेट्न हिँड्यौँ वेगले भने
रोक्न कहाँ सक्छ र पर्खालले अब ।

Segments: 

दुस्मन चाहे संसार होस् मेरो / ज्ञानुवाकर पौडेल

दुस्मन चाहे संसार होस् मेरो
तिम्रै प्रेम आधार होस् मेरो

कि त मर्छु म यही प्रेम रोगले
कि त चाँडै उपचार होस् मेरो

तड्पाउनु पनि त हद हुन्छ
आज बिन्ती उद्धार होस् मेरो

आउने छु म फेरि त्यही मोडमा
कुनै दिन इन्तजार होस् मेरो

एक झलक बस् एक झलकमै
कसरी उडायौ यार होश मेरो?

Segments: 

यति सम्म प्रीति गरी गरी / मोतीराम

यति सम्म प्रीति गरी गरी न यता भएँ न उता भएँ,
न त मन् लिएँ न त दीदिएँ न यता भएँ न उता भएँ ।

न त होस् वास कि राखियो न त फूलको रस चाखियो,
न त याद भो न त स्वाद भो, न यता भएँ न उता भएँ ।

बिनु औसरै सित भेट्नू तरबार लीकन रेट्नू,
न त छिन्दिनू, न त नछिन्दिनू, न यता भएँ न उता भएँ ।

न त साथ बस्न संगी भएँ न दुस्मनै सरि भै गएँ
न पुरानियाँ न त यो नयाँ न यता भएँ न उता भएँ ।

न त खुस् भईकन प्रेम् गरी तन रिस् गरी कन मन् हरी
न यसो गरी न उसो गरी न यता भएँ न उता भएँ ।

 


गायन/संगीत: भक्तराज आचार्य

Pages

Comments

Subscribe to Ghazal