Ghazal
खोलापारी 'हुइयाँ' गर्दै स्याल करायो / डा. घनश्याम परिश्रमी
गुन गरी फर्किजाने तिम्रो हात रै'छ / मनु ब्राजाकी
गुन गरी फर्किजाने तिम्रो हात रै'छ,
फुलेपछि झरिजाने पारिजात रै'छ ।
हाँसीहाँसी लोभ्याउने जिन्दगी यो हाम्रो,
काँढामाथि सजिएको फूलपात रै'छ ।
सूर्य रिसाएर हिँड्नेहरूलाई,
माया गरी फकाउने कालो रात रै'छ ।
छुटे इष्टमित्र सबै छुटे साथी-सङ्गी,
एक्लो छैन किनभने बाटो साथ रै'छ ।
बेनामी नै लेखिएछ यति धेरै चिठी,
मेचमाथि जिन्दगीको खातैखात रै'छ ।
तिर्थव्रत गर्दागर्दा बिर्सिएछौं 'मनु',
मदिराझैं पञ्चामृतको कडा मात रै'छ ।
म त खुशामद गर्दिन / मुन पौडेल
जे पनि जन्ताकै लागि नै / राजेन्द्र थापा
एउटा परदेशी आई सोध्यो मेरो नाउँ / ललिजन रावल
एउटा परदेशी आई सोध्यो मेरो नाउँ
तर चाँडै छोडी गयो यो रमाइलो ठाउँ
उसकै छेउ उडी पुग्न मन लाग्छ तर
प्वाँख बिना उडी त्यसै कसरी म जाऊँ
एउटा चिठी उसैलाई पठाउनु थियो
बगाएर तिम्रो खातिर आँसुहरू खून जस्तो / विमला तुम्खेवा
जब पुनमको चुरा खस्यो / डा. दुबसु क्षेत्री
एउटा बन्द खाम/ललिजन रावल
रुन्चे हाँसो हाँस्दै आयो बूढो नव वर्ष / मनु ब्राजाकी
रुन्चे हाँसो हाँस्दै आयो बूढो नव वर्ष
सधैँ रुनेलाई कुनै बिस्मात न हर्ष
घाउजस्तै फुल्न थाले वसन्तमा फूल
मखमली पात पनि सिस्नोको स्पर्श
विचारको शीतॠतु कठ्याङ्ग्रिँदै बित्यो
विवेकको खडेरीमा होला के विमर्श
दोबाटोमा झोक्राएर बसेकी छे आमा
मर्नु मार्नु सन्तानको भएछ आदर्श
संसार नै जिते पनि हार्न भनी आज
नेपालीले आफूसितै गर्दैछ सङ्घर्ष ।
॰[साभार: पलाँस]