Loading

Ghazal

बसूँ भन्दा कतै आवास छैन/ सनत कुमार वस्ती

बसूँ भन्दा कतै आवास छैन
ऊडूँ भन्छु खुला आकाश छैन

अँध्यारोमै कटाएँ रात सारा
उषाको खै ! अझै आभास छैन

वसन्ती फूलमै अल्झिन्छ ज्यादा
जवानीको कुनै विश्वास छैन

कतै बेहोशीमा छल्किन्छ प्याला
कसैको भागमा दुई गाँस छैन

जलायो ग्रीष्मले फ्याँक्यो हुरीले
मलाई बैंसको मधुमास छैन

दुष्कर्मले साम्राज्य मिल्छ
कुनै सत्कर्ममा स्याबास छैन

उदासीको गजल गाइरहेछु
कतै सङ्गीतमा उल्लास छैन

बरु यै जिन्दगी आतंक बन्छ
मलाई मृत्युको सन्त्रास छैन।

Author: 
Segments: 

दिल फगत् मैले चढाए थेँ नजर होला भनी/ उपेन्द्रबहादुर 'जिगर'

दिल फगत् मैले चढाए थेँ नजर होला भनी
यो दरदले त्यो दर्दमा क्यै असर होला भनी ।

निर्दयी झैँ झन् हृदय टुकडा गर्‍यौ तरवारले
थाहा थिएन दर्दले तडपी हृदय रोला भनी।

Segments: 

गाँव मन पर गइल/ गोपाल अश्क

गाँव मन पर गइल
आँख बा भर गइल

ठाँव आपन गइल
किस्मतो जर गइल

ठन गइल रात मेँ
भोर तर-झर गइल

देखते - देखते
जिन्दगी मर गइल

भर नजर देख लीँ
'अश्क' बेघर भइल

Author: 
Segments: 

सागर थियो कुलो बनी सुकेको छ देश/ घमराज लुइँटेल

सागर थियो कुलो बनी सुकेको छ देश
नेपालीकै मुटुभित्र दुखेको छ देश

ढुङ्गो-माटो देखाउँदै नेपाल भन्छन् कोही
यथार्थमा लजाएर लुकेको छ देश

गाँस-वास, कपास छैन, रक्षा पनि छैन

Segments: 

आज तिम्रो अनुहार उदास उदास छ/होमशंकर बास्तोला

आज तिम्रो अनुहार उदास उदास छ
छाती दुःखेर मुहार उदास उदास छ

खोला सुकेर गड्तिर बगर काँसघारी
पानीविहीन जङ्घार उदास उदास छ

आगो बलेर किरण छरिदा बस्तीभरि
धार रेट्दै तरवार उदास उदास छ

Segments: 

त्यसै त्यसै पनि अचेल मात लाग्छ / ललिजन रावल

त्यसै त्यसै पनि अचेल मात लाग्छ
जे मागे नि शून्य मात्र हात लाग्छ
 
चोखो मनले हितका कुरा गर्दा पनि
आफैलाई यहाँ सधैं बात लाग्छ
 
उज्यालैमा सबै थोक भएपछि
मलाई त दिन पनि रात लाग्छ
 

Author: 
Segments: 

शङ्का के अब पनि उसको बयानमा होला / ज्ञानुवाकर पौडेल

शङ्का के अब पनि उसको बयानमा होला
क्यै न क्यै दम त उसको अडानमा होला

पाइन्छ भने कतै किन्ने थिए म बरु आजै -
माया र सद्भाव भन्नुस् कुन दोकानमा होला

बोल्नू तर खूब होस पुर्‍याएर मात्र बोल्नू

Segments: 

आँखाभित्र कति कति आँसु लुकेको छ / ललिजन रावल

आँखाभित्र कति कति आँसु लुकेको छ
तिम्रो जस्तै मेरो पनि मन दुखेको छ
 
शहरभित्र मलाई खुशी ठान्छौ भने ठान
भर्खरै त रोई रोई आँखा सुकेको छ
 
आफैलाई फर्की फर्की हेर्दै अघि बढें

Author: 
Segments: 

पुराना ती रङ्गमंच उठाउँदै म आएँ / नरेन्द्रराज पौडेल

पुराना ती रङ्गमंच उठाउँदै म आएँ
नयाँ नौलो रोदीघर बसाउँदै म आएँ ।

यौवनको भेलबाढी गयो बेसै भयो
पीरतीको पहरामा रसाउँदै म आएँ ।

वैली जाने रहरहरु उखेलेर फाल्दै
वैशाखको पालुवामा पलाउँदै म आएँ ।

Segments: 

सधैं सधैं उही कुरा लेख्ता पो त दिक्क लाग्छ / कृष्णहरि बराल

सधैं सधैं उही कुरा लेख्ता पो त दिक्क लाग्छ
जेजे देख्नु हुन्नथ्यो त्यै देख्ता पो त दिक्क लाग्छ

धेरै कुरा पाइएन त्यो त बरू ठीकै थियो
हावा पनि तिनले तेतै छेक्ता पो त दिक्क लाग्छ

Segments: 

Pages

Comments

Subscribe to Ghazal