Loading

गजलसङ्ग्रह तथा गजलप्राधान पत्रिका विमोचित

गजलकारद्वय श्रेष्ठ प्रिया पत्थरको 'ओभाएका छैनन् आँखा' र कृष्ण के श्रेष्ठ 'काल्स'को 'धन कमाउने सपना' गजलसङ्ग्रह तथा अनाममण्डलीको गजलप्राधान पत्रिका 'अनाम'को काठमाडौमा सम्पन्न एक कार्यक्रमका बिच क्रमश: गजलकार प्राज्ञ बूँद राना, संगीतकार प्राज्ञ बुलु मुकारुङ तथा गजलकार धनराज गिरीबाट विमोचन गरियो ।

अनाममण्डलीद्वारा आयोजित उक्त कार्यक्रममा समालोचक प्रभाती किरणले गजलकार पत्थरको तथा समालोचकद्वय सरोज घिमिरे र ज्ञानु बिद्रोहिले गजलकार काल्सको कृतिमाथि समिक्षात्मक मन्तव्य प्रस्तुत गरे । त्यसैगरी, डा दीपक के खड्का, कलाकार मदनदास श्रेष्ठ, बलराम दहाल, जय गौडेल, घनेन्द्र ओझालगायतले सर्जकद्वयलाई शुभकामना दिएका थिए ।

Segments: 

Comments