Loading

घर

- लक्ष्मी उप्रेती
"दिदी, हेर्नु त घर बनाई नसकी तपाइर्ँको घरमा गौंथलीले गुँड लगाएछ । यो घर त लछिनको पो रछ त दिदी !" घरको दलानमा लगाउँदै गरेको गौंथलीको गुँड देखाउँदै शान्ताले भनी ।

हो, गौँथलीको जोडी घरमा भित्रिनु शुभ हो भन्ने कुरा उसले पनि सुनेकी थिई । त्यसैले बन्दै गरेको आफ्नो घरको दलानमा गौँथलीले गुँड नै बनाउँदै गरेको देखेर ऊ फुरूङ्ग भई दिनभरि । खुसीले होला त्यो रात निकैबेरसम्म ऊ निदाउन सकिनँ । बिहानीपख मात्र झपक्क निदाएकी थिई, फोनको घण्टीले ब्युझाइहाल्यो । नभन्दै घर बनाउँदाबनाउँदै आफूसँग भएको पैसा सकिएर अपर्झट पर्न लागेको सङ्कट टर्ने खबर दिन उसकी जेठी छोरीले फोन गरेकी रहिछे । त्यसबेला गौँथली घरमा भित्रिनु र सङ्कट टर्नु सँयोग मात्र नभई शुभको लक्षण भएको अनुमान गरी उसले ।

केही दिन पहिले देखेको सपनामा सोचमग्न हुन थाली ऊ । एउटा धमिलो झझल्को बनी स्मृति तलाउमा छचल्किने आमाको साथ उसको कलिलो उमेरको यादमा मात्र सजाउन सक्थी हरक्षण विपनामा । सपनामा आमाको सामीप्यको उत्कण्ट अभिलाषा भएर पनि आभाससमेत पाउन नसकेको सपना दृश्य रिल काटिएको चलचित्रझैँ आँखाअगाडि अप्राप्य क्षण बनेर बग्न थाल्यो । जतिजति सम्झने कोसिस गर्न थाली, त्यतित्यति र्फकदै गई त्यो सपनाको क्षणमा ।

अहा Û कति आनन्दमा दुख्ने घाउको स्मृति भयो त्यो सपना ।

कहिले नपुगेको, नदेखेको पहाडी गाउँ । फाट्टफुट्ट मानिसहरू आ-आफ्नै सुरमा मस्त । कसैले कसैलाई वास्ता नगर्ने अवस्थामा उसलाई भने विपतको डाहाले छट्पटिएको बेला अचानक उसको टाउको आमाले काखमा राखी मायालु हातले सुमसुम्याउँदा सुमसुम्याउँदै बिस्तारै दुखाई घट्दै निको भएको क्षण सपना भएर पनि आमाको स्पर्शको मीठो अनुभूति गरी उसले ।

सपना भावविभोर भएर समयको क्यानभासमा सुन्दर चित्र बनी छचल्किन्छ स्मृति तरङ्गमा । त्यहाँ एउटा आनन्दले गाँसिएको जीवनको नौलो अर्थ भेटी उसले । आमाको स्वरूप आँखामा गाँस्न सकेको त्यो क्षण पि्रय भएर बग्न थाल्यो । यसबेला "मायाको अर्को नाम आमा हो" कविको भावचित्रमा हराई ।

"यो धर्तीमा सबै वस्तु खोजे मिल्छ घरिघरि,

तर जन्म दिने आमा पाइँदैन कसै गरी"

कविताका लाइन गुनी उसले । जे होस् सपनामा नै भए पनि आमाको स्पर्शबाट प्राप्त हुने अलौकिक सुखानुभूतिको आभास गर्न सक्छे अब उसले बारम्बार ।

आज किन हो किन यी गौँथलीका जोडी देख्दा आफ्नो कष्टमा सुमसुम्याउन सक्ने कुनै न कुनै रूपका आमाका अँशझैँ लागेर मन भरियो उसको । अब ती गौँथलीको सुरक्षाका लागि निकै सँवेदनशील भई ऊ । प्राणीको रक्षा गर्ने भाव मात्र नभएर आफ्नो सम्भिmएर यसरी खुसी बाँड्न आउनेलाई मायालु परिवार सम्भिmएर झन्झन् विभोर भई ऊ Û

पचास वर्षकी भएपछि मात्र घरजस्तो घर बनाएकी थिई उसले । पक्की घरमा बस्ने उसको इच्छा पूरा हुन सक्दैन कि ? भन्ने ठूलो पीर थियो उसलाई तर धैर्यसाथ कर्ममा विश्वास गरी आफ्ना सन्तानको लालनपालन सकेर जिम्मेवारी घटेपछि पक्की घर बनाएर बस्ने रहर पूरा हुन लागेको थियो उसको ।

जीवनमा जबजब उसले घरको अनुभव गरी त्यसबेला टाटीको बार र जस्ताको छानो लगाएको टहरोजस्तो सानो घर थियो । टिनको छानोमा भएका सानासाना प्वालबाट सिमसिमे पानी पर्दा पानी चुहिएर कोठा नै हिलो हुन्थ्यो । ओछ्यानका लुगा नभिजाउन भाडा थापेर सकेसम्म पानीबाट बचाउने कोसिस गर्थी । त्यसपछि छोराछोरीलाई लिएर घरभित्रै पानी नचुहिने ठाउँ सर्दै ओत लागेर बिताएका अनगन्ती रातहरू झलझली उसका आँखैमा घुम्न थाले ।

आफूले बिताएको कहालिलाग्दो एक रातको कुरो हो आकाश चिरेर चट्टानको थर्किदो आवाज, पानीसँगै हावा हुरीको होहल्ला, उफ Û सम्झदा त्यो विगत आफूले भोगेको पनि हो कि होइनझैँ लाग्छ उसलाई ।

एकपटक आत्तिएर लामो सास फेरी उसले । अनि ती स्मृतिहरूलाई आँखाको पर्दामा बगाउन थाली सलललल ।

साउन महिनाको अन्धकार रात थियो त्यो । आकाशमा बिजुली चम्किएर गड्याङ्गगुडुङ्गको चर्को आवाज कानैनेर आएर बजि्रएझैँ भइरहेको बेला मुसलधारे पानी ओइरियो । एकैछिनमा नै टिनका प्वालबाट तरतर पानी चुहिएर कोठामा कहीँ ओभानो रहेन । सधैँ त भाँडा थापेर भए पनि अलिअलि जोगाउँथी उसले तर त्यो बेला त पानीसँगै हुरीबतासले छानाको टिन उक्किनै आँटेझैँ कर्‍याककुरूक्कको आवाज थर्कदा उसको होसहवास नै उड्यो । कस्तो आपत र बिपतको घडी । बालख छोराछोरीहरू डराएर उसकै शरीरमा लीन भएझैँ टाँसिए । डराउँदै झस्कदै भए पनि रातको अन्धकारमा छोराछोरीको भरोसा बनेर एउटा कुनामा चेपिएर बिताएको आपत्कालीन रातको घटनाले आँखा रसाए उसका ।

त्यो घरमा बालक छोराछोरीहरूको साथमा उसले कतिकति कहालीलाग्दा क्षणहरू बिताई । डर र त्रासको भुमरी मनभित्र गुम्स्याउँदै सास फेर्थी त्यसबेला । हरेकपटक डस्थ्यो उसलाई त्यो घरले । चोर र बदमासको डर त छँदै थियो, त्यसमाथि पनि कीरा, फट्याङ्ग्रा, सर्प र बिच्छीहरूसँग घरभित्र कति पटक पौँठेजोरी खेल्दै छोराछोरी र आफू बाँच्न सकेका अत्यासलाग्दो स्मृतिले यसबेला ऊ झसङ्ग हुन्छे ।

एक दिन रातको नौ बजेको कुरो हो । खानपिन सकेर छोरो आफ्नो कोठामा पसेर ढोका लगाएको आवाज ध्वनित मात्र भएको थियो, अचानक "ममी कोठामा साँप छ " डराउँदै कराएको छोराको आवाजले ऊ निकै आत्तिई र टाटीका च्यापबाट चिहाएर हेरी । ढोकाको भित्री चेपमा साँप तेर्सिएको देखेर उसको सातोपुत्लो उड्यो । उसलाई के गरौँ, कसो गरौँ भयो । उसले "बाबु, खाटबाट नओर्ली है" भन्दै कहालिँदै वल्लोपल्लो कोठामा बस्ने मानिसलाई गुहारी । छोरीहरू "डाँको छोडेर भाइ.......भाइ......." भन्दै रुन थाले । एकछिनको होहल्ला र कोलाहलपछि त्यहाँका मानिसहरूले कसोकसो गरेर साँपलाई बाहिर भगाएर छोरालाई कोठाबाट निकाल्न सकेको त्यो घटना सम्झँदा मात्र पनि डरले उसको आङ जिरिङ्ग हुन्छ अझै ।

हरे कस्ताकस्ता अभाव र मानसिक यन्त्रणा भोग्दै हरक्षण मरेर बाँचेका काहालीलाग्दा समय बिताएर यो स्थितिमा पुग्न कति सङ्घर्ष गरी उसले भन्ने कुरो के थाहा र सबैलाई ?

स्वाभिमानी इष्टमित्रहरू उसको त्यो टाटीको घरमा जाँदा उसलाई अझ सम्मान गर्दै र्फकन्थे । अभिमानी आफन्तहरू आफ्नो इज्जत घट्छ कि भन्ने डरले जानसम्म हिचकिचाउने तीतामीठा अनुभवहरू ऊसँग प्रशस्त छन् ।

"नानी तिमी हाम्री नन्द भएर पनि हाम्रो खान्दान मिल्दैन । आ-आफ्नै भाग्यको कुरो हो, हाम्रो धन सम्पत्ति छ, हामी सम्पन्न छौँ, जहाँ-जतिखेर जे पनि गर्न सक्छौँ । हाम्रामा हुने हरेक कार्यमा खान्दानी मानिस नै आउँछन् । त्यसैले तिमी कमजोर भए पनि हाम्रो पार्टीमा सहभागी हुँदा एउटा राम्रो लुगा र गहना लगाउन सक्ने हैसियत छैन भने अरूकै भए पनि लगाएर आउनु है, नत्र नआउनु हामीलाई लाज लाग्छ । कार्ड दिन तिम्रो घरमा आउन पनि अप्ठ्यारो भएकाले गाडी अगाडि बढाएर फोनमा यी कुराहरू भन्नु पर्‍यो ।" उसकी आफ्नै भाउजूले उसको मन दुखाएर भनेका यी कुरा र एकदिन नाम चलेकी निकै धनी उद्योगपतिलाई उसले चियाका लागि निम्ता गर्दा तिनले नै कड्किँदै "हत्तेरिका, तिम्रो त्यस्तो टाटीको घरमा कसरी लान्छ्याँै यस्ती धनी ठूली मान्छेलाई" भन्दै होच्याएको क्षण सम्झी र ती भाउजूको मानसिकतामा रहेको खान्दानको अर्थ सोचेर रोष प्रकट गरी मनमनै ।

आमाको मृत्युपछि भाउजूले कमजोर र दयनीय नन्दलाई गर्ने यस्तो दुष्ट र अपहेलित व्यवहारलाई गुनेर आमालाई सम्झदै दुख्नसम्म दुखी ऊ ।

धन, सम्पत्ति र घर मानिसको हैसियत देखाउने कस्ता जलप रहेछन् ? ऊ छक्क पर्छे यसबेला । हुन त ऊ पनि धनी बाबुकी छोरी र जमिन्दारकी बुहारी हो तर आमा गुम्नुको दुर्भाग्य, आफ्नो जन्म दिने बाबु र धनीमानी आफन्तहरूले उपेक्षाको लाठीले बजार्थे हरक्षण । ऊ सहन्थी चुपचाप । विपन्नताले पराजित भएपछि दयनीय पात्र बनेर सहनुको विकल्प थिएन ऊसँग त्यसबेला । जब सहन गाह्रो हुन्थ्यो तब आँसुको आहालमा डुबेर आफ्नो बेदना बालक छोराछोरीसँग बाढ्न विवश हुन्थी । जीवनको महत्त्वपूर्ण क्षण त्यसरी नै बितेको थियो उसको ।

आफूले अनेक दुःख गरेर बँचाएको अलिकति पैसा र छोराको परिश्रमको हिस्सा जोडेर त्यसमा पुग नपुग साथीभाइलगायत ऋणपान गरेर त्यो घर दिन रात नभनी मनैदेखि जाँगरिलो पसिना सिञ्चिएर बनाएकी थिई उसले । घर बनाउन थालेपछि कहिले नआएका उसका आफन्तहरू पनि आउन थाले । घर मानिसको जीवनमा गाँसिएको कस्तो महत्त्वपूर्ण अँश रहेछ भन्ने कुरो बन्दै गरेको घरमा सरेपछि अनुभव गर्न थाली उसले ।

चैत महिनाको सुरूआत काठमाडौँमा ठिही सकिएर सबैतिर न्यानोपनको पारिलो घामले छ्याङ्ग खुलेको नीलो आकाश । आकाशको काखमा जोडिदै, टुक्रदै गरेका सेतासेता वैँसालु बादलका टाकुराहरूको मनोरम दृश्यले सजिएको सुन्दर क्षितिज । जहीँत्यहीँ हरियाली परिवेशमा गमक्क गम्केकी प्रकृति । घरका वरिपरिका अरूका खाली जमिनमा सागसब्जी, फलफूलका बोटबिरूवाहरूले नयाँ पालुवा उमि्रदै आकृति फेरेर वातावरणलाई नै रमाइलो पारेको मौसम । माथिमाथि आकाशमा चराहरूले स्वतन्त्र उडान भरेको रहरलाग्दो दृश्यमा अर्को अनाम प्राप्ति गौँथली भएथे अब उसका लागि ।

मङ्गलबार बिहान कार्यविनायकको दर्शन गरेर घरभित्र पस्नासाथ "दिदी हेर्नु त, घर बनाई नसकी तपाइर्ँको घरमा गौँथलीले गुँड लगाएछ । यो घर त लछिनको छ दिदी । नबेच्नु है, आफैँ

बस्नु ।" दलानतिर गौँथलीले बनाउँदै गरेको माटोको कलात्मक गुँड देखाउँदै घर बनाउने समूहमा कार्यरत शान्ताले खुसी हुँदै भनी । नभन्दै आधाभन्दा बढी बनिसकेको गौँथलीको कलात्मक गुँड देखेर त्यसै त्यसै नौलो आभाष भयो उसलाई । त्यो दिनभरि नै पुलकित हुँदै स्फूर्ति छायो उसको अङ्गअङ्गमा ।

त्यसपछि गौँथलीका जोडी हेर्न आतुर हुँदै हरेक दिन बिहान छिट्टै उठेर बार्दलीमा बस्थी ऊ । गौँथलीका जोडीले घर अगाडिको बिजुलीको तारमा आफ्नो गुँडतिर र्फकदै 'चिरबिर-चिरबिर सल्लाह गर्दै सँगसँगै उडेर टाढा जान्थे अनि चुच्चोले कोतर्दै गिलो माटो ल्याएर घर बनाउँथे । त्यो देख्दा उसका घर बनाउने ज्यामीहरू थुप्रै भएर पनि कहिले कहीँ आफूले माटो मुछेको, इँटा सारेको, औजार चलाउने प्रयास गरेको र बिहानको ठिहीमा चाँडै उठेर पानी हाल्दा निथ्रुक्कै भिजेर लुगासमेत फेर्नु परेको क्षणलाई गौँथलीको दुःख र मिहिनेतमा अनूदित हुँदै निकै आनन्द मान्थी ।

त्यसरी नै गौँथलीले आफ्नो कलात्मक गुँड छिट्टै बनाइसके । गौँथलीको यस्तो चालमा रमाउँदारमाउँदै एक महिना बितेको पत्तै भएन उसलाई । रुखमा अरू धेरै चराहरूको करलवको ध्वनिसँगै गौँथलीको आवाजमा हराउँथी ऊ कहिले कहीँ ।

बिस्तारैबिस्तारै पोथी गौँथलीको चहलपहल कम हुँदै गयो । भाले गौँथली आफ्नो नित्यकर्ममा जुटिरह्यो । दिन बित्दै गयो । धेरै दिनपछि एक दिन अचानक गौँथलीका गुँडमा साना गौँथलीहरू देखापरे । उनीहरूले त चार महिनामा नै घर बनाई, पोथी गौँथलीले फुल पारेर बच्चा पनि कोरली सकिछ Û गौँथलीको यस्तेा सही र सुन्दर व्यवस्थापन देखेर चेतनशील भनिने सर्वश्रेष्ठ प्राणी मानिसको अव्यवस्थित जीवनशैलीमा सोचमग्न भई । घामपानीबाट बचाउने सुरक्षित ठाउँमा व्यवस्था गरेर निर्धक्क बच्चा कोरल्ने पक्षी गौँथलीको कर्मले आफू मान्छे भएर पनि यतिका समयसम्म छोराछोरीलाई हरेक दृष्टिबाट बचाउन पक्की घर बनाउन नसकेकोमा भित्रभित्रै नराम्ररी दुःख मान्दै त्यसबेला उसले आफैँलाई धिक्कारी पनि ।

केही समयसम्म पोथी र बचेराका लागि हुनेगरी चारो खोज्न भाले गौँथली मात्र उडेर टाढा गएको देखियो । त्यसरी भाले गौँथली एक्लै भएको बेला हतारिएर भुर्रभुर्र उड्दै गुँडबाट भित्र बाहिर गरिरहन्थ्यो ।

हेर्दाहेर्दै केही दिनपछि भालेपोथी नै टाढाटाढाबाट चुच्चामा कीराफट्याङ्ग्रा च्याप्दै उडेर गुँड र्फकन थाले । बचेराहरू चुच्चो मात्र देखिने गरी आँ......आँ गर्दै गुँडको मुखमा आउँदा माउ गौँथलीले पालैसित बचेराहरूको मुखमा चारो हाल्थी । यो देखेर बिगतमा र्फकदै ती क्षणलाई आँखामा टाँसेर रसाउँदै दुःखी भई ऊ ।

अभाव र कष्टका दिनहरूमा पनि हरतरहले अलिकति समय उभारेर सामाजिक काम गर्दा थुप्रै साथीहरूसँग सङ्गत भयो उसको । अधिकाँश साथीहरू दुःख सुखमा साथ दिने सहृदयीसाथ बने, जुन आजसम्म पनि पि्रय छन् । यो कुरो सम्झदा खुसीले मन भरियो एकैछिनमा उसको ।

कहिले कहीँ सामाजिक कार्यमा हिँड्दा कसैकसैकामा भोज पथ्र्यो । घरमा हरेक परिकार ल्याएर पकाउने अवस्था नभएकाले भोजमा सरिक हुँदा छोराछोरीलाई झल्झली सम्झन्थी ।

हरे Û उमेर छउञ्जेल मानिसको शरीरले मीठो खान र राम्रोराम्रो लाउन मन गर्ने रहेछ तर रहर र इच्छा गर्दागर्दै अभावै अभावले उत्तरार्द्धमा पुग्छ । जब अभावमुक्त भएर मन लागेको कुरा गर्न सक्ने अवस्थामा पुग्छ तब उमेरले, रोगले खान नदिनु र लाउने रहर पनि रित्तिने विवशताले मर्माहत हुन्छे घरिघरि ऊ ।

आज गौँथलीको यस्तो सुन्दर दृश्यमा "मायाको अर्को नाम आमा हो" भावचित्र झन् सार्थक लाग्यो उसलाई ।

एक दिन तीनवटा साना गौँथलीहरूसँग बिजुलीको तारमा बसेर भालेपोथी नै "चिरबिर-चिरबिर" गर्दै वरिपरि उड्दै गरेको देखेर ऊ झन् आल्हादित भई । त्यसरी नै केही दिन बित्दै गयो । अलि पछिदेखि आफ्ना तीनवटा बचेरालाई हुर्काई, बढाई उडाउँदै आफूसँग लाने ल्याउने गर्दागर्दै ती बचेराहरू पनि बिस्तारै टाढाटाढासम्म उड्न थाले । गौँथलीको दिनचर्याले आफ्नो बिगत साटेर उत्साहित हुन्थी र वर्तमानमा हराउँदै जीवनमा खुसीको रङ भेटेर रमाउँदारमाउँदै दिन बितेको थाहै हुँदैनथ्यो उसलाई ।

थाहा छैन, उसको खुसीको रङ खोज्नेक्रममा कसरी गाँसिन्छन् गौँथलीहरू ? उसका जीवनमा मीठो आभाष छर्ने यी प्रिय पात्रहरू - कुन दिन अब काठमाडौँको जाडो खप्न नसकेर पहाड र जङ्गल नाघ्दै तराई र्झछन् भन्ने कुरो बिर्सिएर खुसीले विभोर भएर सोच्न थाल्छे ।

बाहिर आकाशमा गौँथलीका परिवारसँग अरू चरा र चिलहरूले कावा खाइरहेको सुन्दरताको अनाम दृश्यमा हराउन पुग्छे । त्यसैबेला 'किरिङ.....किरिङ........' फोनको घण्टीको आवाजले झस्कन्छे र आफ्नो स्थितिमा र्फकदै फोन रिसिभ गर्छे । फोन गर्ने त उसले सोच्दै नसोचेकी ती आफ्नी भाउजू रहिन्छन् जसले आफू कमजोर भएको स्थितिमा हरेक पटक नराम्रो व्यवहार गर्दै मनमा चोट पुर्‍याएर आहत बनाउने गर्थिन् । "नानी, तिम्रोमा एकदुई दिन बस्ने गरी म आउन लागेकी छु । कुन बाटो गरेर कसरी आउनु तिम्रोमा

आउनलाई ?" भन्ने तिनै वाक्य सुन्दा एकछिन त अक्क न वक्क पर्छे तर सहृमालिँदै हत्त न पत्त आफ्नो घर आउने बाटो राम्ररी बुझाएर भन्छे । छिट्टै आउनु है भाउजू, तपाइर्ँको बोली सुनेपछि कतिखेर भेटौँजस्तो भयो भन्दै कुरा टुङ्याउँदै फोन राख्छे ।

हिजो र आजको आफ्नो स्थिति तुलना गर्दै विगतमा ती खान्दानी हुँ भन्ने भाउजूले गरेको कटु व्यवहार नचाहेर पनि उसको मन मस्तिष्कमा झङ्कृत हुन थाले । अनि त्यसबेला आफूलाई सन्तुष्ट अनुभव गर्दै पक्की घर बनाउन सकेकोमा यिनीसँग खान्दान मिल्ने मेरो हैसियत भएको अब ठानिँछन् भन्ने सोचेर सम्पत्तिको आडमा उसलाई सधैँ चोट पुर्‍याउने, होच्याउने गरेकी तिनै घमण्डी भाउजूको बाटो हेरिरही ।

Segments: 
Author: 

Comments