गजलगङ्गामा बान्की परेको डुङ्गा/ ललिजन रावल

सङ्घर्ष जिन्दगीको खारिन्छ एकचोटि
यो जिन्दगी सुनौलो पारिन्छ एकचोटि

निकै माथिल्लो कोटीको भाव व्यञ्जना अभिव्यक्त भएको यस सेरमा समुन्नत मानव समाजको निर्माणको निम्ति सङ्घर्षको उच्चतम् स्वरुपप्रति विश्वस्तता प्रकट गरिएको छ। सुनौलो जिन्दगी प्राप्तिका लागि युगौँदेखि मानिस र समाजले सङ्घर्ष गर्दै आइरहेको छ, तर अझै पनि सङ्घर्षको खारिएको रुप देखिएको छैन। त्यही नदेखिएको कुरा प्राप्तिका लागि गजलकार सप्रेम अर्चनाको यस सेरले अत्यन्त सुललित किसिमले आह्वान गरेको छ। यसै सेरमार्फत पनि गजलकार अर्चनाको गजलसँगको आँखी–झ्याल खोल्न सकिन्छ भन्ने म ठान्छु।

'सपना कहाँ छुन सक्छु र!' शीर्षकको उनको यो गजलसङ्ग्रह सम्पूर्ण रुपमा लयबद्धतालाई आत्मसात् गरेर गजलप्रेमीहरुका सामु प्रस्तुत भएको छ। नेपाली गजलको संरचना र भावका दृष्टिले बगेको स्वच्छ गङ्गामा यो बान्की परेको डुङ्गाको र डुङ्गा खियाउने माझी गजलकार सप्रेम अर्चनाको सफलताको कामना गर्दछु। 

ललिजन रावल

Segments: 
Author: 
field_vote: 
No votes yet

Comments

Recent Comments

About Online Sahitya

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.