Author
गाउँ-गाउँबाट उठ, बस्ती-बस्तीबाट उठ
यो देशको मुहार फेर्नलाई उठ
हातमा कलम हुनेहरू, कलम लिएर उठ
बाजा बजाउन जान्नेहरू, बाजा लिएर उठ
हातमा औजार हुनेहरू, औजार लिएर उठ
साथमा केही नहुनेहरू, आवाज लिएर उठ
झिल्का-झिल्का बल्नेहरू, ज्वाला लिएर उठ
देशका लागि लड्नेहरू, एकजुट भएर उठ
Segments
Language
- 115 views