Loading

कलात्मक दुस्साहसको दस्तावेज 'गार्मेन्टकी गायत्री'/ नारायण अमृत

Garment ki Gayetriसमकालीन कविता-सन्दर्भमा कवि हर िअधिकारीको चर्चा अलिक बढी नै हुन्छ। कारण, उनले अरू धेरै कविले टिप्न नसकेका वा नचाहेका त्यस्ता विम्बको खोजी गर्छन्। प्रयोग गर्छन्। र, तिनलाई आधारभूत रूपमा स्थापित पनि गर्छन्। गार्मेन्टकी गायत्री यस्तै दुस्साहसको एउटा साक्षी हो।
कवि अधिकारीको यो पछिल्लो संग्रहलाई तीन खण्डमा विभक्त गरएिको छ। स्त्री, समाज र राजनीति खण्डमा बाँडिएको यस कवितासंग्रहमा ५३ कविता समावेश छन्। कविताको निर्माण र प्रभावमा जुन विशेषता छ, त्यसले कवि अधिकारीको एउटा निश्चित पहिचान बनाएको छ। भलै, उनका कविताले अर्थपूर्ण विवाद र बहसको आमन्त्रण भने गर्छन्।

मातृत्वको मूल फुट्नुअघि नै निचोरेर फ्याँकिएका उसका स्तनहरू र ओइलाएका योनिका पाटाहरू मैलो पेटिकोटमा बेरेर फ्याँकेको मृत भ्रूणझैँ अस्पृष्य लाग्दथे। (तरुण विधवा) 'स्त्री' खण्डमा रहेका १७ कवितामध्ये अधिकांश कवितामा कवि अधिकारीले उस्तै विम्ब, उस्तै दशा र उस्तै चित्र प्रस्तुत गरेका छन्। कवितामा 'पात्र विम्ब' बढी प्रयोग भएका छन्। कतैकतै पात्रसँग जोडिने छुट्टै विम्बले पात्रको भन्दा बढी अर्थ राख्छन्। त्यसैले 'बबिता केसीको बसयात्रा', 'मासुपसलमा एउटी स्त्री', 'गार्मेन्टकी गायत्री', 'क्याबिनकी कल्पना' र 'काला खोलाको किनारमा'जस्ता कविता पढ्दा पाठकलाई एकै खालको तीव्र भावले हिर्काउँछ। यी कवितामा पात्र र उसको पृष्ठभूमि फरक पाइन्छ तर तिनीहरूले प्रत्याभूत गर्ने मर्म भने उस्तैउस्तै छन्।

नारीका दशा, दुर्दशा र मनोदशालाई केन्द्रमा राखिएका उनका कवितामा यौन यस्तो विषयवस्तु बनेको छ, जसको आँखीझ्यालबाट कविले एउटा विशृंखलित, अव्यवस्िथत र अतृप्त समाज चियाएका छन्। जैविक र मानवीय हिसाबले नारीको विरूप यौनिक मनोविज्ञान समाजको गरबिी, वियोगी, शोषित र दमित परििस्थतिसँग अनिवार्य रूपमा जोडिएको हुन्छ। हो, त्यही पक्षको साङ्गोपाङ्गो झल्कन्छ कवि अधिकारीका कवितामा। व्यक्तिसँग जोडिने प्रेममा पनि कविले दुरुह हिसाबले पीडालाई संयोजन गरेका छन्। विक्ष्ािप्त यौन, अनेकन पीडा, बिगँ्रदै गरेको जीवनको लय र क्षयोन्मुख मनोदशा प्रतिविम्बित भएर होला अधिकारीका कविता आयुर्वेदिक सूत्रमा बनाइएका घरेलु यौगीकजस्ता लाग्छन्। तीता तर सत्य।

विम्ब प्रतिस्थापनको कलाक्रममा सन्तुलन गुम्यो भने गद्य कविता केवल शब्दको लामबाहेक केही हँुदैन। कवि अधिकारीलाई के राम्ररी थाहा छ भने विषय-विम्ब र कलाको संयोजनबाट अभिव्यञ्जित हुने प्रभाव नै कविता हो। उनले निरपेक्ष ढंगले नारीका नितम्ब, योनि, स्तन, ओठ र नाइटोको कुरा गरेको भए उनका कविता सर्वत्र आलोचित हुने थिए। तर, सापेक्षमा त्यहाँ यी विम्बले आँसु र पसिना, रत्तिो पेट, चिसो चुल्हो, खस्रो खाना, फाटेका लुगाफाटा र रोगले ग्रस्त पाठेघरको मर्मलाई सँगसँगै उभ्याएका छन्। त्यसैले पनि होला, कवि अधिकारीका कविताका अधिकांश पात्रले विसंगतिपूर्ण र भयावह यथार्थ दर्शाउँछन्। तर, यसका विरुद्ध पटक्कै चलमलाउँदैनन्। विद्रोह-अर्थमा अधिकारीका 'कविता पात्र' मौन देखिन्छन्, केवल मूर्तिजस्तै।

उसैले रत्ियाएकी हो आफूलाई पहिलोपटक घोप्टाएर मेरो देहमा, सुम्पेकी हो कमला अक्षत ओठ खोलिदिएकी हो वक्षस्थल उघारेकी हो योनिकुण्डका ढोका डुबाएकी हो उसले आफूलाई उन्मादको पोखरीमा प्रेमले वा देहको ऊर्जाले? (पुरानो प्रेमिकाको सम्झना) आफ्ना अनुभव र अनुभूतिलाई पनि कविले कवितामा उही विदीर्ण भाव सम्प्रेषण गरेका छन्। प्रणय रोमान्समा पनि उनले देखे-जानेका पात्रको विविधखाले त्रासदलाई नजानिँदो हिसाबले साझा बनाइदिएका छन्। कवितामा कवि सुख, ऐसआराम, मोजमस्ती र रुमानी भावको ठीक विलोममा पुग्छन्, घुमिफिरी। र, विसंगतपूर्ण र कारुणिक तस्िबर कोर्छन्। यस्ता तस्िबर कतै मूर्त छन्, कतै अमूर्त र कतै अर्धमूर्त।

'समाज खण्ड'मा समावेश गरएिका 'हरपि्रसादको कविता', 'नटोक मलाई जथाभावी', 'सानो सहरका साना मान्छेहरू', 'दुई कवि भर्खरै गए यही गल्लीबाट' र 'काँठको सडकमा एक्लो यात्री'जस्ता कविताले स्खलन र सम्भावनाको मध्यविन्दुमा उभिएका पात्रको मनोदशा प्रस्तुत गर्छन्। सामाजिक मूल्य-मान्यता, प्रणाली, सोच र व्यवहारका चेपबाट कहिले घिस्रँदै र कहिले उछिट्टँिदै अगाडि बढ्न बाध्य मानिसको संवेग र संवेदनाको आकलन गरएिको छ, यस्ता कवितामा।

आफ्नो पराजय पढ्दै-गुन्दै, हाँस्दै-रुँदै कुकुरझँै 'कुइँ-कुइँ' गर्दै दुई वर्तमान विलीन भए यही गल्लीबाट। (दुई कवि भर्खरै गए यही गल्लीबाट) त्यसैगरी, 'राजनीति खण्ड'मा रहेका एक दर्जन कवितामार्फत कविले राज्यसत्ता, शासन व्यवस्थामा र शासकीय प्रणालीमा रहेका अनेकन विसंगति देखाइदिएका छन्, काव्यिक रूपमा। 'मलाई चिन्नुहोस् महाशय !' कविताले सीमान्तकृत, दमित र शोषित वर्गलाई सत्ताको बागडोर सम्हाल्दै आएकाहरूले कसरी चपरीमुनि पारेका रहेछन् भन्ने यथार्थ चित्र पेस गर्छ। कवितामा ज्यामी, मजदुर र श्रमजीवीहरूको जीवन्त तस्िबर मात्र होइन, इषत् व्यंग्यपुटसहित उनीहरूको सपना र मनोभावनालाई पनि उनिएको छ। 'संसद्मा एकदिन'ले भने जनप्रतिनिधिका लापरबाही, पतीत राजनीतिक संस्कार र जनअपेक्षाबीचको अन्तरलाई ऐनाझैँ छर्लंग पारेको छ। अहिले पनि राजनीतिक परदिृश्यमा यो कविताको मर्म अत्यन्तै सान्दर्भिक प्रतीत हुन्छ। त्यसैगरी संग्रहमा समाविष्ट 'लोकतन्त्रको तन्दुरमा पाकेको रोटी'ले पनि शासन प्रणालीले बाँड्ने सपना र नेपालीको अवस्थाबीचको खाडललाई नाप्ने प्रयास गरेको छ।

यही खण्डका कतिपय कविताले एउटा विशेष अवस्था र सत्ता-सन्दर्भका विषयलाई उठान गरेका छन्। जस्तो, 'अँधेरोमा को बोल्छ?' शीर्षकको कविताले विद्रोह वा आन्दोलन र यसको आगमन-चरणको झल्को दिन्छ। 'थुनुवा मलिसियाको एउटा क्षण'ले एउटा कैदी र उसको विशेष अवस्थालाई प्रस्टाएको छ। त्यसैगरी 'मौन टेलिफोनमाथि लेखिएको कविता'ले भने संकटकालको अवस्था सम्झाउँछ।

म, त्यो थपडी हो कि होइन? जो तपाईंको सवारी-पथमा उभिएर युगौँदेखि बजिरहेको छ, -मलाई चिन्नुहोस् महाशय !) अपवादलाई बिर्सने हो भने गद्य कविताको पछिल्लो पुस्ताले शैलीगत प्रयोगमा चर्चायोग्य विविधता निर्माण गर्न सकेको छैन। केही स्थापित कविमा समेत पहिला कविता लेख्ने र पछि कविताको अर्थ खोज्ने प्रवृत्ति देखिन्छ। सिर्जनशीलताका हिसाबले कवि अधिकारी यसबाट जोगिएका छन्। कुनै स्वदेशी या विदेशी आख्यानमा 'कविताका लाइन पो भेटिन्छन् कि !' भनेर चियोचर्चो गर्ने त्यस्ता कतिपय कविहरू हर िअधिकारीका कविताबाट अतिप्रभावित रहेछन् भन्ने पोल त्यतिबेला खुल्छ, जतिबेला गार्मेन्टकी गायत्री सुझबुझसहित पढिन्छ। समकालीन कवितामा चर्चित भनिएका तर अधिकारीका रचनामा उभिएका केही नयाँ कविताको चर्चा जुनसुकै बेला गर्न सकिन्छ।

कवि अधिकारीका केही पुराना र नयाँ रचना रहेको यस दस्तावेजले भूपी शेरचनदेखि बुद्धिसागरसम्मको पुस्तालाई जोड्ने एउटा महत्त्वपूर्ण सेतुको भूमिका निर्वाह गरेको छ। शैली र शिल्पका हिसावले अधिकारीका कवितामा स्व शेरचनको गद्यपरम्पराको पृष्ठभूमि र त्यसयताको परष्िकारको छनक मिल्छ। यस अर्थमा अधिकारीका हस्ताक्षर मौलिक मात्र होइनन्, अरूलाई हुरुक्कै पार्ने खालका पनि छन्।

सौन्दर्यप्रतिको उच्चतम् चेत र विशिष्ट शैलीकै कारण कवि अधिकारीका कविता निरपेक्ष आलोचनाबाट जोगिन्छन्। र, रचना-प्रभावका रूपमा यी कविताले हाम्रो सिंगो युग र समाजलाई समेटेका छन्। हाम्रै जीवनका स्िथति, प्रसंग, बृहत्तर-सन्दर्भ तथा व्यापक सरोकारका प्रतिविम्ब निहित रहेकाले पनि उनका कविता यस समयका सुन्दर उपलब्धि हुन् ।

Segments: 

Comments