गाइने / लक्ष्मीप्रसाद देवकोटा

सागर भरी छाती चिरी पाहाडबाट आएँ
तीन-तारे सारंगी ली छिनभर गीत गाएँ ।

लहरसँग मितेरीलाई मैले छन्द पाएँ
कानबाट हृदयमा आज गुँड लाएँ ।

अघिको म टूना गाउँछु, आजको म बाला
पछिको म खबर दिन्छु आँखा जल्दो ज्वाला ।

सबभित्र रहने जो मीठो राईँ राईँ
तारभित्र सुत्नेलाई ब्यूँझाई गाई गाई ।

आँगन आँगन डुली डुली सानो रंगी चरो
मोतीजस्ता चामल मुठी माग्न धरी-धरो ।

शिशु-बैंशे बूढा झुल्छन्, मेरो सरल गाना
मुठ्ठी मुठ्ठीभरी ल्याई आँसुजस्ता दाना ।

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom