एकल गजल वाचन तथा स्रष्टा सम्मान कार्यक्रम

२०६७ माघ / कपिल अन्जान, बाँके
सहिद दिवसको अवसर पारेर शनिबार पूर्णिमा साहित्य प्रतिष्ठानको आयोजनामा कोहलपुरकी नारी गजलकार सन्तोषी विष्टको एकल गजल वाचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ। प्रमुख आथिति कथाकार महेश विक्रम शाह रहनु भएको सो कार्यक्रममा नेपालगंजका विरष्ठ समालोचक डा.गोपालप्रसाद शर्मा अधिकारीलाई सम्मान गरियो।

सो कार्यक्रममा भाषा, साहित्यमा योगदान पुर्याय बापत समालोचक डा.गोपालप्रसाद शर्मा अधिकारीलाई 'तुलसीराम साहित्य पुरस्कार-२०६६' ले सम्मानित गरियो ।

कार्यक्रममा प्रतिष्ठानका तर्फबाट शंकर अशान्तले उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो भने उपाध्यक्ष पुष्करनाथ रिजालले दुबै स्रष्टाको व्यक्तित्व र कृतित्वको बारेमा प्रकाश पार्नु भएको थियो। पूर्णिमा साहित्यिक पत्रिकाका प्रधान सम्पादक सागर गैरेले विगतदेखि हालसम्मको पूर्णिमाको इतिहासका बारेमा चर्चा गर्नु भएको थियो।

उक्त कार्यक्रममा उर्दू गजलकार अब्दुल लतिफ शौक, प्रकाश गिरी, बालकृष्ण रेग्मी, खगेन्द्र गिरि कोपिला, आदिले सम्मानीत स्रष्टा एवम् एकल गजल बाचिका सन्तोषी विष्टलाई शुभकामना दिनु भएको थियो। पूर्णिमा साहित्य प्रतिष्ठानका सचिव कपिल अन्जानले संचालन गरेको सो कार्यक्रम प्रतिष्ठानका अध्यक्ष गजलकार महानन्द ढकालको सभापतित्वमा सम्पन्न भएको थियो।

कार्यक्रममा २०० जना भन्दा बढी स्रष्टाहरुको उत्साहजनक उपस्थितिका रहेको थियो । प्रतिष्ठानले २०५८ सालदेखि निरन्तर रुपमा स्रष्टा सम्मान, साहित्यिक कार्यक्रम र पत्रिका प्रकाशन गर्दै आएको छ।

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom