उपन्यासकार डायमनशमशेर राणाको निधन


काठमाडौं, फाल्गुन २० - उपन्यासकार डायमनशमशेर राणाको उपचारको क्रममा शुक्रबार साँझ निधन भएको छ ।

दुवै मृगौलाले काम गर्न छाडेपछि नर्भिक अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएका ९३ वर्षीय राणाको साँझ निधन भएको हो । डाइबिजीजबाट समेत पीडित राणा हेमोग्लोबिनको मात्रा कम भएपछि मंगलबार बिहान अचेत भएका थिए । राणा लामो समयदेखि घुँडा दुख्ने, अनुहार सुनिने र उच्च रक्तचापलेसमेत पीडित थिए ।

राणाले लेखेका सेतो बाघ, बसन्ती, सत्प्रयास, अनितालगायतका उपन्यास चर्चित छन् ।

संक्षेपमा डायमनशमशेर

जन्म - वि.स. १९७५, आषाढ २१ गते, पाल्पा,
सेवा - साहित्य, शिक्षा - स्वाध्याय,
भ्रमण - नेपाल, भारत, चीन, पार्चुगल / विधा - उपन्यास, अन्य..........
पहिलो रचना - वि.स. २००६ मा "वसन्ती" ऐतिहासिक उपन्यास प्रकाशित

मौलिक कृति

१) वसन्ती - ऐतिहासिक उपन्यास-वि.स. २००६
२) सेतोबाघ - ऐतिहासिक उपन्यास-वि.स.२०३०
३) सत्प्रयास - ऐतिहासिक उपन्यास-वि.स. २०३८
४) प्रतिबद्ध-ऐतिहासिक उपन्यास-वि.स.२०३४
५) अनिता - ऐतिहासिक उपन्यास-वि.स. २०४५

मान पदक - शुभ समूहद्वारा अभिनन्दन

ठेगाना - निवास - कुपोण्डोल, ललितपुर

(स्रोत: कान्तिपुर दैनिक)

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom