Loading

धरावासीलाई पत्नीशोक

साहित्यकार कृष्ण धरावासीलाई पत्नीशोक परेको छ । सीता पोखरेलको ४४ वर्षको उमेरमा शुक्रबार साँझ निधन भएको हो ।

लामो समयदेखि क्यान्सरपीडित पोखरेलको पहिलो कृति गत साता मात्रै सार्वजनिक भएको थियो । जीवन अनुभूतिमा आधारित कृति 'म हिँडेको बाटो' पोखरेलले दुई वर्ष लगाएर लेखेकी थिइन् । एक वर्षअघि नै शरीरमा समस्या देखिन थाले पनि फागुन अन्तिम सातादेखि ओछ्यान परेकी थिइन् । पोखरेलको शनिबार कन्काई माईमा दुई छोराहरूले दागबत्ती दिएर दाहसंस्कार गरिनेछ ।

[Source: Kantipur Dainik]

Segments: 

Comments