Loading

धन्यवाद/ सप्रेम अर्चना

यस कृतिलाई पाठकसमक्ष ल्याउन धेरैको मिहिनेत परेको छ। मेरो कृतिका बारेमा केही शब्द लेखिदिने आदरणीय व्यक्तित्वहरु रोचक घिमिरे, मञ्जुल, ललिजन रावल र सुरेश सुवेदीप्रति म ऋणी छु। सुन्दर आवरण र भित्री चित्रहरु सहर्ष प्रदान गर्ने वरिष्ठ सर्जक मनुजबाबु मिश्रप्रति म आभारी छु। मुद्रणमा सहयोग गर्ने दाइ तगेन्द्र मगर र आवरणका लागि मेरो तस्वीर खिचिदिने उमेस बस्नेतलाई धन्यवाद दिन्छु। आवरण संयोजन गरिदिने बाबुराम दाहाल र शुद्धाशुद्धी तथा सेटिङ गरिदिने जनक पौड्यालले लगाएको गुन म बिर्सन सक्दिन। कृति प्रकाशनको जिम्मा लिने तन्नेरी डट कम र संयोजन गरिदिने अनाममण्डलीप्रति म कृतज्ञ छु। मेरा गजलको पहिलो पाठक र मलाई गजल लेख्न प्रेरणा दिइरहने विभोरलाई म सधैँ सम्झिरहनेछु।

मलाई गजललेखन र कृति प्रकाशनको समयमा सहयोग गर्नुहुने सप्पैलाई मुरीमुरी धन्यवाद। मेरा गजलले नै बोलून् भन्ने चाहन्छु म। मैले भन्नुपर्ने सबै कुरा, मैले भोगेको परिवेश र मेरा भावनालाई सकेसम्म गजलमा उतार्ने कोसिस गरेकी छु। कति सफल छु, त्यो मापन गर्ने तपाईं पाठकको जिम्मा ।

सप्रेम अर्चना

Segments: 

Comments