देश हार्दै छ आज

Author

मेरो छाया रविकिरणको खोकिलामै बिलायो
मेरो माया अलमल भई कोपिलामै हरायो ।
मेरो बाटो ग्रसित किन भो सोध्छ मेरै गुलाब
मेरो माटो त्रसित किन भो दासता दे जवाफ ।।

मेरो आ“खा अझ पनि त्यही काङ्गडा हेर्न खोज्छ
मेरो भाका मनलहरमा नित्य टिस्टा सुसेल्छ ।
हेर्दा हेर्दै लय हृदयको खुम्चियो चेत छैन
निद्रा लामो किन हुन गयो ब्यू“झदा देश छैन ।।

सुस्ता मेरो हृदय, बलियो पाखुरा केचना हो
बारा मेरो तन-वचन हो, लिम्पिया चेतना हो ।
लाग्ला हाम्रै पनि अब बिलो भन्दछन् भीरपाखा
सारङ्गी हो तर दमनमा हाल्न सक्दैन भाका ।।

हाम्रा आस्था, अटल ममता दाङ भै हेपि“दै छन्
हाम्रा खुट्टा किन दिनदिनै टुक्रि“दै बेचि“दै छन् ।
आफ्नै आ“खा पनि लुटिसके मस्त छौ“ आज हामी
कात्रो ओडी मनुज कसरी बन्छ आफ्नै मलामी -

के पाखामा अझ पनि कतै छैन रातो गुरा“स -
छाती-माटो किन अलग भो देहमा छैन सास -
पुर्खाको त्यो रगत-पसिना बन्न लाग्दै छ हा“सो
हाम्रो आ“खाअघि किन अहो ! वीरता बन्छ पासो

कोसी फुट्दा किन सहरको फुट्न सक्दैन छाती
मायादेवी पनि त लुटिइन् बुद्ध छन् धारमाथि ।
हाम्री आमा पलपल बलात्कारकी छिन् सिकार
सीमा ढल्दा शिर पनि ढल्यो देश हार्दै छ आज !

Segments