साइबर प्रेम / पद्मावती सिंह

Your rating: None Average: 2.5 (2 votes)

जीवनमै पहिलोचोटि कुनै युवकले मलाई कतै गएर केही समय साथमा बिताउने प्रस्ताव राख्दै छ ।

यता केही महिनादेखि केटी सम्झी च्याट गर्दै आएको र मित्रता कायम भइसकेकोले मलाई खासै अप्ठेरो लागेन । उनी हिजोसम्म च्याट गर्दा केटी साथी भएर प्रस्तुत भएका थिए- आज केटा भएर उनी सशरीर मेरोसामु उभिएका छन् ।

उनले आज मलाई भेट्न बोलाएका हुन् । दुई-तीन महिनाको नियमित च्याटपछि हामी दुईमा मित्रता कायम भएको थियो । उनले ढाँटेर मलाई केटी भनेका थिए तर आज केटा पाएर म विस्मित भएकी छु । कताकता रोमाञ्चित पनि भएकी छु ।

'कहाँ जाने ?' सँगै जाने मनसाय व्यक्त गरी मैले सोधेँ ।

'रेष्टुरेन्टमा ।' अनुहारलाई उज्यालो पार्दै उनले भने ।

'रेस्टुरेन्ट हो नि... ! त्यहाँ केही बेर सँगै बसेर बात मार्दै कफी खाऔँ न, हुन्न ?'

पहिलोचोटि म कुनै युवकको मोटरबाइकको पछाडि बसी कुनै रेस्टुरेन्टमा कफी पिउन गइरहेकी छु । कुनै युवकको युवा शरीरसित आफ्नो शरीरलाई स्पर्श गराई हावासरी कुदिरहँदा मेरो तन-मनमा उन्माद भरिएको मैले अनुभूत गरिरहेकी छु ।

'यहाँको ममः स्पेशल छ । ममः तिमीलाई मन पर्छ भनेर च्याट गर्दा भनेकी हुँदा सोध्दै नसोधी मगाएँ । मनपर्छ हैन ममः तिमीलाई ? तिमीले ममः मेरो 'बेस्ट फूड' हो भनेर च्याट गर्दा भनेकी थियौ । त्यसैले तिम्रो सहमतिको आवश्यकता परेन मलाई, सोध्दै नसोधी मगाएँ ।

हुन पनि च्याट गर्दा उनले मेरोबारे धेरै जानकारी हासिल गरिसकेका थिए । मेरो रुचि, सौख, मेरो परिवार आदिबारे मैले सबै कुरा खुलस्त बताइसकेकी थिएँ । यतिसम्म कि मैले आफ्नो भित्री कुरा पनि बताइसकेकी थिएँ ।

कफीलाई पर्खिउन्जेल उनले मलाई सोधे- 'अँ त विनिता, अहिले कुन पुस्तक पढ्दैछौ ?'

'पहिला तिमीले आफ्नो नाम भन । अनिता भनेर मलाई छक्यायौ । कसरी छकाउन सकेको होला... !' मैले पहिले 'उनको नाम के हो ?' भनी जान्न खोजेँ । 'त्यही त मजा छ नि... ! आज मलाई केटीको सट्टा केटा पाएर मज्जा आएन ?' उनी मज्जाले हाँसे, 'मेरो नाम महिम हो । महिम प्रधान ।' उनले ओठभरि मुस्कान छरेर भने ।

'ओहो ! तपाईंको नाम महिम प्रधान ! नाइस टु मिट यु ।' मैले आफ्नो हात उनको सामु हाँस्दै बढाएँ । 'नाइस टु मिट यु टू' उनले हाँस्दै हात मिलाए ।

'अब हामी मित्र भयाँै हैन त ?' उनले टेबलमा ल्याइपुर्‍याएको कफी पिउने आग्रह गर्दै भने- 'अब कुनै भेदभाव त गर्दिनौ मलाई केटा सम्झेर... ।'

मैले पनि कफी पिउँदै भनेँ- 'अलिकति फरक त भइहाल्छ नि... ! केटीलाई जस्तो निर्धक्क सबै कुरा भन्न सकिन्न नि... !'

'अब के भन्नु नै बाँकी रहृयो र... ? सबै कुरा तिमीले मसित च्याटमा भनिसक्यौ ।' कफीको चुस्की लिँदै उनले यसो भन्दा म मनमनै झस्किएँ ।

'अँ त, तिमीले मलाई सोधेका थियौ भरखरै म कुन पुस्तक पढ्दैछु भनी...' मैले उनको प्रश्नको उत्तर दिँदै भनेँ- 'मैले 'स्मृतिमा भीमू' भन्ने उपन्यास भरखरै पढिसिध्याएँ । एउटा मित्रले दिवङ्गत भइसकेकी आफ्नो मित्र भूमाबारे लेखिएको संस्मरणात्मक उपन्यास हो । प्रस्तुति साह्रै राम्रो छ ।'

'आफूलाई त पढ्ने सौख छैन । समय मिल्यो कि साथीहरूसित च्याट गर्छु कि मुभी हेर्छु ।'

'तिम्रो मन पर्ने फुड के त ?' मैले सोधेँ ।

'बिर्सियौ कि कसो ? मैले च्याटमा भनेको हैन ? पिजा मेरो मन पर्ने फुड आइटम हो ।' 'पिजा किन नमगाएको त ?' मुखमा तातो ममः काँटाले घोचेर राख्दै सोधेँ । 'अर्कोपल्ट तिमीले मलाई पिजा खुवाउनु नि... !' उनले ममः खाँदै भने ।

'अब भेकेसनमा मसित सिमला जाने तिम्रो प्रोग्राम के भो ?' एकाएक उनले गरेका यस प्रश्नले म झस्किएँ ।

'पहिले तिमी केटी सम्झेर पो त सँगै सिमला घुम्न जाने प्रोग्राम बनाएकी थिएँ, अब जाने कुरै आउँदैन नि... !' मैले नजाने मनसाय व्यक्त गर्दै भनेँ । 'केही फरक पर्दैन, केटी साथी नै सम्झे भइहाल्यो नि !' महिमले रहस्यमय ढङ्गले मतिर दृष्टि ˆयाँक्दै भने ।

'तिमीलाई त के फरक पर्छ र..., केटासित बाहिर घुम्न जान अनुमति मिल्छ र मलाई ?' मैले वास्तविकता उनको सामु ओकलेँ । 'आजकलको आधुनिक युगमा के कुरा गरेकी ?'

'युग जत्तिकै आधुनिक भए पनि, हाम्रो समाजमा केटाकेटीबीच उठबस भए पनि सँगै रात बिताउने अथवा केटासित घर छोडी बाहिर घुम्न जाने कुरालाई गम्भीर रूपमा लिइन्छ । त्यत्ति साह्रो स्वतन्त्र भएको म आफैँलाई पनि मन पर्दैन । केही सीमा त राख्नैपर्छ केटा र केटीको मित्रतामा ।' मैले खुलस्त आफ्नो विचार पोखेँ ।

आफ्नो प्लेटको ममःलाई रित्याउँदै मैले भनेँ- 'तिमी पत्याउँछौ ? पहिलोचोटि कुनै युवकको मोटरबाइक चढी म कुनै रेस्टुरेन्टमा गफिरहेकी छु ।' मैले भनेँ ।

'अरे यार, गफ नदेऊ न ।' महिमले मेरो यस भनाइप्रति अविश्वास व्यक्त गर्दै भने । 'के पत्याउँदैनौ तिमी ? नपत्याए नपत्याऊ- तर म सत्य बोल्दै छु ।' मैले रिस मुछिएको स्वरमा भनेँ ।

'आजकल केटीहरू स्मार्ट भइसकेका छन् । मोटरबाइकमा सँगै हिँड्नु, रेस्टुरेन्टमा सँगै खानु, मुभी हेर्नु र घुमफिर गर्नु त मामुली कुरा भइसक्यो, कसो ?'

'हो, आजकल यी कुरा मामुली भइसके । आजकलका युवतीले यसो गर्न स्वतन्त्रता पाएकै छन् । समाजले यत्ति छुट त दिएकै छ तर सँगै रात बिताउने, सीमा नाघेर सम्बन्ध गाँस्ने स्वतन्त्रता दिएको छैन । कसैले त्यस्तो स्वतन्त्रता उपभोग गर्छ भने समाजले कदापि स्वीकार्दैन । हाम्रो समाज त्यति फराकिलोचाहिँ भइसकेको छैन है ।'

'भो भो, यस कुरामा विवाद नगरौँ !' महिमले आवेशमा आइसकेको मलाई शान्त पार्दै भने ।

उनले त्यसो भनेपछि विषयलाई अलि रसिलो पार्न मैले भनेँ- 'म अलि लाछी परेँ कि क्या हो । मैले पहिलोचोटि कुनै युवकसित बसेर गफ गर्दै आफ्नो स्वतन्त्रता उपभोग गरिरहेकी छु, तिम्रो त पहिलो भेटघाट होइन होला नि कुनै केटीसित ?'

'अवश्य होइन । थुप्रै केटीहरूसित मैले रेस्टुरेन्टमा खाएको छु । साथमा घुमफिर गरेको छु ।' महिमले नढाँटी भने ।

'अनि डान्सबारमा गएका छौ कि छैनौ ?' मैले सोझै प्रहार गरेँ । 'ओहो ! नो... नो । त्यति परसम्म मलाई नपुर्‍याऊ !' आई जस्ट इन्ज्वाई मिटिङ विथ गल्र्स एन्ड हयाभ फन विथ देम' उनले भने ।

'ठट्टा गरेकी पो त... !' उनको स्थिति देखेर मनमनै हाँसेँ म ।

'यार ! तिमी त कहाँको कुरा कहाँ पुर्‍याउँछौ ।' महिमले खिस्स हाँसेर भने ।

'थाहा छ' उनले विषयान्तर गर्दै भने- 'यस इन्टरनेटको जमानामा केटाकेटीबीच कस्ता कस्ता सम्बन्ध हुन्छन् । संसार कहाँ पुगिसक्यो । इन्टरनेटले संसारभरिका युवायुवतीलाई धेरै नजिक पुर्‍याइसक्यो । उनले यसो भन्दै इन्टरनेटको एउटा अनलाइन न्यूज साइटमा अनलाइन च्याटमा नियमित भेट्ने दुईजना भिन्न जातिका युवा र युवतीबीच प्रेम गाँसिएपछि परिवारको इच्छाविपरीत ती दुई भागेर अन्त कहीँ गएर विवाह गरी फर्किएको कुरा बताए ।

'फेरि थाहा छ, अनलाइन च्याटकै क्रममा भर्चुअल प्रेमीहरू -प्रत्यक्ष नभेटेका) बीच च्याटमै झगडा परेपछि कतिले आत्महत्या गरेका छन् । यी त अनलाइन दुनियाँमा घट्ने केही घटनाहरू मात्र हुन् ।'

'भर्चुअल वल्र्डमा स्थापित हुने मित्रता पनि भर्चुअल नै हुने गर्छन् । केही दिन मित्रता गाँस्यो, गफसफ गर्‍यो अनि त्यतिकै अन्त भयो ।' मैले इन्टरनेटको सुविधा प्राप्त भएपछि प्रविधिले आज हामीलाई दिएको सेवाबारे टिप्पणी गरेँ ।

'त्यसो त याहुको ग्लोबल च्याट रुममा आफ्नो रुचिअनुसार विज्ञान, प्रविधि, खेलकुद, साहित्य, सङ्गीत, कला, संस्कृति र राजनीति आदिबारे थुप्रै महत्त्वपूर्ण विषयहरूमा विश्वभरका समान रुचि भएका व्यक्तिहरूसित छलफल, विचार-विमर्श गर्न सकिन्छ । कतिले त्यसो गरी आफ्नो ज्ञानलाई विस्तृत पारिरहेका छन् ।' मैले इन्टरनेटबाट हुने सकारात्मक कुरालाई स्वीकार्दै भनेँ ।

'तर आजकल यिनै च्याटको संसारमा फैलिएको 'सेक्टिङ्ग' -अश्लील च्याट) विश्वभर चिन्ताको विषय बनेको छ । त्यसबारे तिम्रो विचार के छ ?' मैले कुरा कोटयाउँदै उनको विचार जान्न चाहेँ । उनले मेरो अनुहारमा गहिरो दृष्टि ˆयाँके । उनको दृष्टि देखेर म केही सकपकाएँ । मेरा परेलीहरू उनको दृष्टिको सामना गर्न नसकी झुके ।

'हो प्रविधिले दिएको सेवा सकारात्मक पनि छ, नकारात्मक पनि छ ।' उनले गम्भीर बन्दै भने- 'अनलाइन च्याटमा रहेर अश्लील कुराहरू गर्ने, फोटो सेयरिङमार्फत एक-अर्काका नग्न तस्बिर साटासाट गर्ने आदि क्रियाकलापहरू बढ्दै नगएका पनि होइनन् । साइबर सेक्स र साइबर अपराध बढ्दै गएर यसबारे कानुन बन्नुपर्ने आवाज उठ्न थालेको छ । यो निश्चय पनि प्रविधिले ल्याएको चिन्ताजनक विषय हो ।' उनले अनुहारभरि चिन्ताका रेखाहरू कोर्दै भने ।

'हो त नि... !' सोचेर ल्याउने हो भने भयाबह स्थिति आइसकेको छ ।' कफी आइपुग्यो । तातो कफीको चुस्की लिँदै मैले वार्तालापलाई पुनः अगाडि बढाएँ ।

'अचेल विश्वभर युवक युवतीहरूले च्याट रुममा बसेर न त मान्छे चिनेको छ न त देखेकै छ, बिनाहिचकिचाहट गर्ने सेक्टिङ -अश्लील च्याट) परिणाम कति घातक हुने होला हगि ?'

'असाध्य डरलाग्दो छ सोचेर ल्याउँदा... ।' कफी पिउँदै उनको गम्भीर आवाज मेरो कानमा ठोक्कियो । उनी भन्दै गए ।

'थाहा छ, कतिजनाले सेक्टिङ्गबाट सेक्सुअल प|mस्टेशन बढेर आत्महत्या गरेका छन् भने कोही पागल भएका इन्टरनेटको अनलाइन न्यूज साइटमा पढ्न पाइन्छ ।'

हामीबीच खुल्लमखुला यौनको विषयमा कुराकानी हुन थालेकोमा म आफैँ चकित छु । एउटा परपुरुषसित कहिल्यै सेक्सबारे मैले आजसम्म 'आँ' सम्म गरेकी छैन तर मित्रता गाँसिएपछि सबै कुरा सहज भइदिँदा रहेछन् । सायद महिनौँ केटी सम्झेर मित्रता गाँसिसकेकी हुँदा महिमसित धक फुकाएर कुरा गरिरहेकी छु । मलाई महिमसित हैन अनितासित कुरा गरिरहेभै"m प्रतीत भइरहेको छ । उनले अनिता बनी मसित च्याट गर्न थालेको धेरै भइसकेको छ ।

मलाई सोचमग्न देखेर महिमले प्रश्न गरे- 'के भो विनिता, निक्कै सोचमग्न देख्छु नि !'

मैले केही भनिनँ, मात्र उनको अनुहार हेरेर फिसिक्क हाँसे ।

'ठीकै छ, अब कुरालाई अघि बढाऊँ !' महिमले कुरालाई अगाडि बढाउँदै भने- 'तर विनिता, अर्को सकारात्मक पाटोलाई हामीले भुल्न हुँदैन । च्याटमार्फत कतिले आफ्नो मन मिल्ने साथी भेट्टाएका छन् । अन्तरमुखी, अरूको सामु खुलेर कुरा गर्न नसक्ने र एकलकाँटे युवा युवतीले आˆना मनका कुरा साटासाट गर्न अनलाइनलाई माध्यम बनाएका छन् । आजकलको व्यस्त जीवनमा घरका सबै परिवार व्यस्त हुने हुँदा सहरका युवा युवतीहरू साँच्चिकै साथीको अभावमा रियल वल्र्डमा भन्दा भर्चुअल वल्र्डमा बढी रमाइरहेका छन्, यसैले त समस्या पैदा गर्छ ।'

'हामीले भर्चुअल वल्र्डबाट रियल वल्र्डमा आज अवतरण गरेर राम्रै गर्‍यौँ हगि ?' मैले ममःको स्वादले जिब्रो रसाउँदै भनेँ ।

मैले यसोभन्दा महिलमे 'खुब बुद्धिमानी गर्‍याँै' भनी अट्टहास गरे । उनको अट्टहास सुनेर वरिपरि लञ्च खाइरहेका केही विदेशीहरूको आँखा हामीमाथि ओइरिए ।

'ओ, सरी...सरी ।' मानौँ उनीहरूसित क्षमा मागेभै"m उनीहरूतिर दृष्टि ˆयाँकी महिमले भने ।

'ममः पनि खाइयो । कफी पनि पिइयो । अब जाने हैन त ? गफ त कहिल्यै सकिँदैन ।' मैले वार्तालापलाई टुङ्गयाउँदै भनेँ ।

'फेरि अर्को भेटलाई पनि त साँच्नुपर्‍यो नि कसो ?'

वेटरले बिल ल्यायो । हामी दुवैले आधा आधा पैसा तिर्‍यौँ ।

जान उठ्दै मैले भनेँ- 'भरे एउटा साथीको बिहेको पार्टीमा जानु छ । यसो ब्युटीपार्लरतिर पनि एकछिन घुस्नु छ ।' मैले घडी हेरेर जान हतारिँदै भनेँ ।

'थ्याङ्क यूु आइ इन्ज्वाइ योर कम्पनी भेरी मच ।' उनले मेरो सामु दाहिने हात सार्‍यो ।

'अल्सो आइ इन्ज्वाइ योर कम्पनी ।' मैले पनि दाहिने हात उनीतिर बढाएँ ।

'वी आर फ्रेन्ड्स नाउ फर इभर ।' उनले मुस्कुराउँदै भने ।

'भरे च्याटमा आऊ है !' महिमले अनुरोध मुछिएको स्वरमा भने ।

'भेटेरै यति धेरै कुरा गरिसक्यौँ । अब कुरा गर्न के नै बाँकी छ र..?' मैले भनेँ ।

'मोबाइलमा कुरा गर्नू, राति दस बजेतिर । घर फर्किंदा ढिलो हुन्छ ।' मैले मोबाइल नम्बर उनको मोबाइलमा टिपाएँ ।

'ठीक भन्यौ, तिम्रो स्वर सुन्ने लोभ छ मलाई ।' महिमले दङ्ग पर्दै भन्यो ।

'भोलि भेलेन्टाइन डे । संयोग नै भन्नुपर्छ हामी दुईको भेट भेलेन्टाइन डेको एक दिनअघि भयो ।' ओठभरि कुटिल मुस्कान छरी महिमले मोटरबाइक स्टार्ट गरे ।

'हृयापी भेलेन्टाइन डे !' महिमले मेरो आँखामा सोझै आफ्नो आँखालाई प्रक्षेपण गरी भने ।

'भोलिलाई राखौँ न !' मैले अनुहारभरि भनेँ ।

महिमका आँखा खुसीले चम्किए ।

म निर्धक्कसित उनीसित टाँस्सिएर आफ्नो घरतर्फ लागेँ । मेरो घर- नजिकै छोडेर उनी हावासरी आफ्नो घरतर्फ लागे ।

आज भेलेन्टाइन डे ! बिहान सबेरै मोबाइलमा मेसेेज आयो । पठाउनेको नाम पढेँ, महिमको रहेछ । मैले हतार हतार मेसेज पढेँ-

'मेरी भेलेन्टाइन,

भेलेन्टाइन डेको हृदयदेखि शुभकामना !

तिमीलाई हिजो भेटेपछि मलाई आफ्नो भेलेन्टाइनलाई भेटेको अनुभव भयो । तिम्रो साथ र बात मलाई अति सुखद लाग्यो । तिम्रो रूपले तिम्रो सद्व्यवहारले म मुग्ध भएँ । तिमी सुन्दर तलाउमा फुल्ने नीलकमल हौ । तिमीलाई पाएर मैले संसारै पाएँ । तिमीजस्ती सुन्दरी विश्वभरि छैन । तिमी नै मेरो जीवन, तिमी नै मेरो प्राण ।' फेरि आज साँझ पाँच बजे च्याप्टर नाइनमा भेटौँ !'

जीवनकै पहिलोपटक कुनै युवकले पठाएको यस प्रेमोद्गारले म हर्षले निथु्रक्क भिजेँ । दुवै नयनबाट मेरो हषर्ाश्रु बग्न थाल्यो ।

मैले उत्निखेरी मोइबालबाट मेसेज नपठाई फोनबाट कुरा गरेँ ।

'महिम, तिमीलाई पनि हार्दिक बधाई छ । मैले तिम्रो प्रस्ताव स्वीकारेँ । म अवश्य तिमीलाई भेट्न आउँछु । तिमी पनि मेरो प्रथम भेलेन्टाइन हौ । तिमीलाई पाएर मैले संसारको खजाना नै पाएँ ।

विनिता !

त्यसपछि महिमलाई उपहार किन्न म छिटो छिटो ड्रेसअप गरी बजारतिर कुदेँ ।

॰[साभार: गोरखापत्र]

Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.