Author
राति हुचीलले तर्साउँछ
दिनमा मान्छेहरुले
यो कस्तो रुप धरे
अचेल मान्छेहरुले ?
उहिले उहिले हामी
खटप्वालमा गुँड लगाउँथ्यौँ
अचेल प्वालै नहुने घर
बनाए मान्छेहरुले । यो कस्तो रुप धरे अचेल मान्छेहरुले ?
पहिलेका बच्चाहरु
लुकेर गुलेली बोक्थे
अचेल जन्मैमा बन्दुक उपहार
दिन्छन् मान्छेहरुले । यो कस्तो रुप धरे अचेल मान्छेहरुले ?
के गर्नु हजुर यो कलिमा
कनिका पाइनै छाड्यो
आँगन भए छर्थे कनिका
बरा मान्छेहरुले । यो कस्तो रुप धरे अचेल मान्छेहरुले ?
अब त धान खान पनि
देश चहार्नु पर्छ
कठै घर रोपेका खेतमा
गरीब मान्छेहरुले । यो कस्तो रुप धरे अचेल मान्छेहरुले ?
Segments
Language
- 2 views