Loading

विश्वास राखी हौसला देऊ सङ्घर्ष चुन्छु म/ सप्रेम अर्चना

विश्वास राखी हौसला देऊ सङ्घर्ष चुन्छु म
नझारी देऊ आँगनमा तारा आकासै छुन्छु म

मुलुकभित्र एकता खोज्दै हिँडेको बेलामा
हराएँ भने नखोज्नू कतै तिमीमै हुन्छु म

अभावग्रस्त समाज हाम्रो घृणाले बल्भि्कँदा
समाजभित्र फाटेको जालो प्रेमले बुन्छु म

बैरीको मार खपेर कैल्यै निसास्सेँ भने नि’
यो छातीभित्र नेपालआमा धड्केको सुन्छु म

मुटुको टुक्राभन्दा नि’ प्यारो यो देश मेरो हो
मलाईभन्दा यो देश दुख्ने चोटमा रुन्छु म

Segments: 

Comments