विचारका भग्नावशेष लिएर आए प्रभाती

काठमाडौं/ वरिष्ठ समालोचक तथा साहित्यकार प्रा.डा. डिपी भण्डारीले गजलकार प्रभाती किरणद्वारा लिखित 'विचारका भग्नावशेष' नामक गजल-संग्रह विमोचन गरेका छन् ।

राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा समालोचक भण्डारीले गजल-संग्रह विमोचन गर्दै गजलका विविध पक्षबारे चर्चा गरे । उनले पछिल्लो समयमा नेपाली गजल विधा फस्टाउँदै गएकोमा खुसी प्रकट गरे ।

कार्यक्रममा समीक्षक प्रकाश सायमीले गजलको इतिहास र वर्तमानबारे समीक्षा गर्दै विमोचित कृतिमाथि आफ्नो समीक्षा प्रस्तुत गरे । साथै, उनले गजललाई राम्ररी नबुझीकनै जस्तोसुकै गीत तथा कवितालाई पनि गजल नाम दिइएकोमा दुःख प्रकट गरे । समालोचक तथा गजलकार देवी नेपालले विमोचित संग्रहमा मानवीय कमीकमजोरी र राजनीतिक बेथितीमाथि व्यंग्य, शृंगारको शिष्ट प्रस्तुति, मानवीय जीवन दर्शनको समीक्षा गरिएको टिप्पणी गरे ।

(Source: Naya Patrika)

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom