विभिन्न व्यक्तित्व सम्मानित

No votes yet

काठमाडौं/ रमा-कृष्ण सृजना प्रतिष्ठानले शुक्रबार राजधानीमा विभिन्न स्रष्टालाई सम्मान गरेको छ। प्रतिष्ठानले वरिष्ठ साहित्यकार कृष्णप्रसाद पराजुलीलाई ँकवि भवानी घिमिरे स्मृति रमा-कृष्ण साहित्य सम्मान’, वैज्ञानिक एवम् शोधकर्ता डा. खुमनारायण पौड्याललाई ँडा. हर्क गुरुङ स्मृति रमा-कृष्ण विज्ञान-प्रविधि युवा पुरस्कार’ र समाजसेवी पदमबहादुर गुरुङलाई ँवीर झागल गुरुङ स्मृति रमा-कृष्ण जनजाति उन्नयन पुरस्कार’ बाट सम्मान गरेको हो।

साहित्यकार पराजुलीलाई दोसल्ला, ताम्रपत्र तथा नगद १५ हजारबाट सम्मान गरिएको थियो भने वैज्ञानिक एवम् शोधकर्ता पौड्याल र समाजसेवी गुरुङलाई जनही १० हजार, ताम्रपत्र तथा दोसल्लाबाट सम्मान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि राष्ट्रकवि माधव घिमिरेले स्रष्टाहरूलाई सम्मान गर्नुभएको हो।

सोही कार्यक्रममा प्रतिष्ठानकी उपाध्यक्ष लक्ष्मी उप्रेतीको 'अतिरिक्त आयाम’ कविता संग्रहको राष्ट्रकविले विमोचन गर्नुभएको थियो।

Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.