स्मृतिमा भीमू माथि अन्तर्क्रिया

वसन्त पञ्चमीको अवसर पारेर फेब्रुअरी ८ तारिखका दिन साहित्यकार गीता केशरी गृह परिसरको चौरमा साहित्यकार भारती पोख्रेल गौतमले लेख्नु भएको संस्मरण भीमु कृतिकोबारेमा अन्तरक्रिया सम्पन्न भएको छ ।

गुन्जन नारी साहित्यीक संस्थाद्वारा प्रत्येक महिना आयोजना हुने साहित्यीक अनुरागीहरुको जमघटको अध्यक्षता गीता केशरीले गर्नु भएको थियो ।

कार्यक्रममा साहित्यकारहरु जगदीशशम्शेर राणा, तुलसी दिवस र तुलसी भट्टराईले साहित्यको संस्मरण विधा र कृतिको बारेमा चर्चा गर्नुभएको थियो ।

अर्का साहित्यकार मन्जुलले साहित्यकार गौतमको कृतिमा ‘पोस्ट मोडनिजम’ झल्कने भन्दै उक्त कृति ‘आँशुले लेखिएको छ, कम्प्युटरको की बोर्ड र मसिले हैन’ भन्दै प्रशंसा गर्नुभएको थियो ।

साहित्यकार ज्ञानु पाण्डेले कृति पढ्दै गर्दा अब के होला, कसो होला भन्ने खुल्दुली आइरहने भन्दै कृतिको महिमामाथि प्रकाश पर्नु भएको थियो । साथै उहाँले कृतिले नेपाली साहित्य आकाशको संस्मरण विधामा भिन्दै आयाम पस्केको बताउनु भयो ।

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आउनुभएकी गौतमले दुई साथीबीचको घनिष्ठ माया, बिश्वबिद्यालय जाँदा-आउँदा र पढ्दाका रमाइला अनुभूति, नेपाल अमेरिका डायोस्पोरा लगायत विषयलाई कृतिमा समेट्नु भएको छ ।

साहित्यकार रजनी ढकाल काफ्लेले उदघाटन गर्नु भएको कार्यक्रममा गुन्जनकी संस्थापक सुलोचना मानन्धर, उपाध्यक्ष भुवन ढुङ्गाना साहित्यकारहरु नबिन चित्रकार, सरु पोखरेल, किशोर पहाडी, माया ठकुरी, जलेश्वोरी श्रेष्ठ, ईल्या भट्टराई, सन्ध्या पहाडी, सशीकला मानन्धर, फिल्म निर्देशक तथा साहित्यकार प्रकाश सायमी, राधेश्याम लेकाली, भक्त राज रञ्जितलगायत झण्डै ५० जना साहित्यकारहरुको उपस्थिति थियो । गुन्जनबाट निबन्ध, संस्मरण र कथा विधामा प्रत्येक महिना छुट्टा छुट्टै लेखहरु निकाल्ने बारेमा साहित्यकारहरुले सहमति जनाएका थिए ।

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom