यात्रीको स्मृतिमा ग्रन्थ

ललितपुर, चैत्र २० - पत्रकार तथा लेखक वासु रिमाल 'यात्री' सम्बन्धी स्मृति ग्रन्थ बजारमा आएको छ । 'स्मृति विम्बभित्र वासु रिमाल यात्री' स्वामी डा. रामानन्द गिरी, संस्कृतिविद् सत्यमोहन जोशी र साहित्यकार प्रा. शिवगोपाल रिसालले शनिबार सार्वजनिक गरे ।

उक्त ग्रन्थ पाँच खण्डमा विभक्त छ । पहिलोमा कमल दीक्षित, जोशी, प्रा. रिसाल, माधवलाल कर्माचार्य, केशवप्रसाद उपाध्याय, कृष्णप्रसाद पराजुली, रमा शर्मा, परशु प्रधान, स्वामी ज्ञानानन्द सरस्वती, रामकुमार पाँडेसहित ४३ साहित्यकारका संस्मरण छन् । दोस्रो खण्डमा यात्रीका परिवारजनका सम्झना छन् । तेस्रोमा रामबाबु सुवेदी र सुवर्णराम जोशीका काव्यिक श्रद्धाञ्जली छन् भने चौथोमा उपन्यासकार पिटर जे कार्थकसहित तीनजनाका अंग्रेजी लेख छन् । परिशिष्ट खण्डमा यात्रीले लेखेको कविता, पाएका पुरस्कारलगायत छन् ।

उक्त स्मृति ग्रन्थ प्रमोद प्रधान र श्याम रिमालले सम्पादन गरेका हुन् । पत्रकारिता, साहित्यलेखन र प्राध्यापन तथा जीवनको उत्तरार्द्धमा आध्यात्मिकतामा सक्रिय यात्रीको ६९ वर्षको उमेरमा २०६६ साउनमा निधन भएको थियो । कार्यक्रममा धर्मराज बरालसहितका वक्ताले उनको व्यक्तित्व र कृतित्वबारे बोलेका थिए ।

(Source: Kantipur Daily)

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom