Loading

बडो यत्नले ढुकढुकी साँचिरा'थेँ / प्रभाती किरण

बडो यत्नले ढुकढुकी साँचिरा'थेँ
मर्यो भन्दथ्यौ रे ! अझै बाँचिरा
'थेँ

 

गयौ दूर एक्लै बनाएर एक्लो
म तस्बीर तिम्रो यतै टाँसिरा
'थेँ

 

कतै बागमा कोयली गाउँदैथ्यो
टुट्यो तार मनको रुँदै गाँसिरा
'थेँ

 

हरायो निशानी डढ्यो प्रेम गाथा
म कल्पेर आँखा धुँदै नाचिरा
'थेँ

 

म भक्कानिएथेँ छुट्यो अश्रुधारा
नदेखून कसैले भनी हाँसिरा
'थेँ ।

Segments: 

Comments