साहित्य महासंघले विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता गर्ने

ब्रुनाई, ३ अप्रिल ११/ विश्व नेपाली साहित्य महासंघको केन्द्रीय सचिवालयको बैठकले विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता गर्ने निर्णय गरेको छ । विश्वभर छरिएर रहेका समस्त साहित्यिक स्रष्टा र साहित्यिक संघसगठनहरुलाई समेट्ने गरि विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता गरिन लागेको हो।

प्रतियोगितामा प्रथम दोस्रो र तेस्रो हुनेलाई क्रमश नगद २० हजार १० हजार र ५ हजार नगद रुपैया र प्रमाण-पत्र प्रदान गरिने छ साथै उकृष्ट दशौं स्थान सम्म हासिल गर्नेलाई सान्तावना स्वरुप प्रमाणपत्र प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।

प्रतियोगितामा विभिन्न मातृभाषाको कविताहरुलाई पनि अतिथिको रुपमा सहभागि गराइने तथा एकै मातृभाषाको ७ वटा भन्दा बढि कविता प्राप्त भएमा त्यसको पनि मूल्यागकन गरि पुरस्कृत गर्ने निर्णय महासंघले गरेको छ ।

कविता अप्रकाशित मौलिक र बढिमा २ यस शब्दको कुनैपनि शिर्षकको हुनु पर्नेछ । सहभागिले आफ्नै आवाजमा रेकर्ड गरेर महासंघको इमेलमा पठाउनु पर्नेछ । आफै रेकर्ड गर्न प्राविधिक ज्ञान, क्षमता वा समयअनुकुल नभएकाहरुको लागि आयोजकले नै स्काइप वा सिधै फोन सम्पर्क गरेर रेकर्ड गरिने आयोजक संस्थाले जनाएको छ ।

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom