Loading

अग्लो त्यो पहाड चढे पो हुन्थ्यो / ज्ञानुवाकर पौडेल

अग्लो त्यो पहाड चढे पो हुन्थ्यो
जे देख्छौ क्षितिजमा पढे पो हुन्थ्यो

आफ्नै सर्तमा तिमी बाँच्न त खोज्छौ -
दुनियासित पनि बरु लडे पो हुन्थ्यो

मञ्जुर थिएन यदि कसैको अन्ध अनुकरण
परिभाषा आफ्नै नया गढे पो हुन्थ्यो

बिरालोको घाटीमा त्यो घण्टी बाध्ने-
को छ खोइ - अघि बढे पो हुन्थ्यो

ठेस लागे अचानक उठ्छौ कुन्नि कसरी
था' पाउन कुनै दिन लडे पो हुन्थ्यो ।

Segments: 

Comments