Loading

एब्स्ट्रयाक्ट चिन्तन प्याजको अमूर्ततामा लामिछाने / चूडामणि काफ्ले

पृष्ठभूमि

शङ्कर लामिछाने आधुनिक नेपाली साहित्यका उल्लेखनीय प्रतिभा हुन् । नेपाली साहित्यमा उनको योगदान अविस्मरणीय छ । विशेषतः लेखक शङ्कर लामिछानेको कलमबाट आधुनिक नेपाली निबन्ध विधाले नयाा दिशा प्राप्त गरेको देखिन्छ । उनका निबन्धहरू शाश्वत साहित्यिक मूल्ययुक्त छन् । वर्तमान युगका बौद्धिक समस्याहरूलाई निजात्मक र नवीन ढााचामा प्रस्तुत गरिएका उनका निबन्धहरू न्ोपाली साहित्यका अमर रचना हुन् । नेपाली निबन्धजगत्का यस किसिमका अमर स्रष्टा लामिछानेको निबन्धकारिता एवं उनको चर्चित निबन्धरचना एब्स्ट्रयाक्ट चिन्तन प्याजको विश्लेषण गर्ने सन्दर्भमा यस समालोचनाको विषयप्रवेश भएको हो ।

शङ्कर लामिछानेःव्यक्तिवृत्त

शङ्कर लामिछाने वि.सं. १९८४ साल चैत महिनामा काठमाडौामा जन्मेका छन् । उनले आइ.एस्सी.सम्मको औपचारिक शिक्षा हासिल गरेका भए पनि उनका साहित्यिक रचनाहरू उच्च बौद्धिक स्तरका हुन् । गुठी अड्डा, नेपाल-भारत सांस्कृतिक केन्द्र, घरेलु शिल्पकला बिक्री भण्डार, होटल शङ्कर, शङ्कर ट्राभल्स एन्ड टुर्स आदि संस्था र कार्यालयहरू च्ााहार्दा चाहार्दै पनि आˆनो गुजारा चलाउन क्युरियो पसल खोल्ने लामिछाने आˆनो जीवनलाई जटिलता र अमूर्तताको पुञ्ज प्याजसाग तुलना गर्दछन् । नेपाली साहित्यका कविता, कथा, निबन्ध आदि विधामा आˆनो कलम दगुराएर प्रतिभा प्रदर्शन गर्ने लामिछानेको निबन्ध विधा चाहिा अति नै पि्रय रहेको अनुभव हुन्छ । यस विधामा उनले नयाा नयाा प्रयोग गरेका छन् । निबन्धमा आख्यानात्मक स्पर्श प्रदान गर्ने लामिछानेलाई चर्चाको शिखरमा पुर्‍याउने विधा पनि निबन्ध नै हो । लामिछानेको प्रथम पुस्तकृत कृति एब्स्ट्रयाक्ट चिन्तन प्याज (२०२४) नै हो । यस कृतिले त्यस वर्षको नेपालको प्रतिष्ठित पुरष्कार मदन पुरस्कार हासिल गरेको देखिन्छ । आˆनो प्रथम कृतिबाट नै उत्कृष्ट पुरस्कार हासिल गर्ने निबन्धकार लामिछानेको प्रतिभाको परिचय यसैबाट झल्किएको हो । यसरी आरम्भिक चरणमा नै निबन्ध विधामा नयाा हलचल ल्याउने र नवीन क्षितिज समुद्घाटन गर्ने लामिछानेको निबन्धकारिता उत्तरवर्ती निबन्धकृतिहरू (बिम्ब प्रतिबिम्ब र गोधूली संसार २०२८)मा निकै परिपक्व र विकसित बनेको देखिन्छ । नेपाली साहित्यमा अमूल्य योगदान दिई आधा शताब्दी पनि आयु बित्न नपाउादै २०३२ साल माघ १० गते उनले आˆनो भौतिक देह परित्याग गरी अजर र अमर कृतिहरूमा आफूलाई रूपान्तरण गरेका छन् ।

शङ्कर लामिछानेको निबन्धकारिता

शङ्कर लामिछाने आधुनिक युगका र नौलो प्रवृत्ति भएका निबन्धकार हुन् । उनका निबन्धमा परम्परागत निबन्धका विषयवस्तु तथा शैलीसम्बन्धी विशेषता पाइादैनन् । उनका निबन्धले नयाा किसिमको विषयवस्तु प्रस्तुत गरेका छन् भने निबन्धलेखन कलामा नवीनताको झलक दिएका छन् । उनका निबन्धमा पाठकले नयाा स्वाद प्राप्त गरेका छन् । उनी बौद्धिक लेखक हुन् । उनका निबन्धमा आधुनिक युगका बुद्धिजीवीहरूको रङ घोलिएको हुन्छ । आधुनिक युगका अस्तव्यस्तता, विसङ्गति र जटिलताहरूलाई आफना निबन्धमा उतार्न उनले सफलता हासिल गरेका छन् । निबन्धकार लामिछाने आधुनिक युग र यसका विशेषताहरूसाग सुपरिचित देखिन्छन् । यस युगका विविध विषय (ज्ञान, विज्ञान, कला, साहित्य आदि) र तिनमा आएका नवीनतम परिवर्तनसाग उनको परिचय देखिन्छ । पेरिसमा कोरिएको अमूर्त कला, अल्जेरियाका अल्बेयर कामुद्वारा लेखिएको नवीनतम साहित्यिक कृति, वर्तमान युगको राजनीति, विज्ञान र प्रविधि आदि जुनसकै विषय पनि उनको अध्ययनमा समेटिएका छन् । यस्ता बौद्धिक स्रष्टाका कृतिहरू पढ्न पाउनु नेपाली पाठकको सौभाग्य नै हो । उनी निजात्मक निबन्धकार हुन् । उनको निजात्मकतामा आख्यानात्मक गुण पनि समाविष्ट छन् । आधुनिक युगका बौद्धिक निबन्धकारको शैलीमा पनि बिल्कुल नवीनता पाइन्छ । आधुनिक युगको नवीनतम मानिने चेतनप्रवाह शैलीको प्रयोगले उनका निबन्धहरू विशिष्ट बन्न पुगेका छन् । जीवनका जटिलता र अमूर्ततालाई अभिव्यक्त गर्न उनका लागि यो शैली नै सहयोगी बनेको देखिन्छ । निबन्धकार लामिछाने आˆना निबन्धमा आफू स्वयम् प्रस्तुत भएका छन् । आफूलाई इमानदारितापूर्वक अभिव्यक्त गर्नु उनको निबन्धकारिताको मुख्य धर्म हो । आफूलाई निबन्धमा व्यक्त गर्ने क्रममा उनी भावनाका उत्ताल तरङ्गहरूमा मडारिनुभन्दा विचारका गम्भीर महासागरमा डुबुल्की लगाउनुमा सन्तुष्ट हुन्छन् । आˆनै जीवनका आस्था, आकाङ्क्षा, असन्तुष्टि र नैराश्यहरूलाई निजात्मकतामा घुलमिल गरी उत्कृष्ट निबन्ध सिर्जना गरी प्रशंसा पाउने खुबी निबन्धकार लामिछानेमा रहेको देखिन्छ । पूर्वीय तथा पाश्चात्य ज्ञान, विज्ञान, कला, साहित्य, संस्कृति, दर्शन आदि क्षेत्रका बिम्ब, प्रतीक र मिथकबाट निबन्धलाई सिंगार्ने उनी आधुनिक युगका उत्कृष्ट निबन्धकारका अग्रपङ्क्तिमा रहेका छन् । नेपाली निबन्ध विधालाई नयाा किसिमको चिन्तन, नयाा किसिमको विषयवस्तु र नयाा किसिमको शैली/प्रस्तुति प्रदान गरेर नयाा मोड दिने लामिछाने यस विधाका अविस्मरणीय, अजर र अमर स्रष्टाका रूपमा सुपरिचित बन्न पुगेका छन् ।

निबन्धको संरचना

एब्स्ट्रयाक्ट चिन्तन प्याज निबन्ध विभिन्न २७ अनुच्छेदहरूमा रचिएको छ । निबन्धसङ्ग्रहकै शीर्षक यस निबन्धबाट राखिएको छ । २०२४ सालको मदन पुरस्कार प्राप्त गर्ने यस सङ्ग्रहको चित्रकलामा प्रचलित अमूर्त शैलीमा रचिएको छ । यो निबन्ध प्रसिद्ध कलाकार वा लेखक लैनसिंह वाङ्देलको आग्रहमा लेखिएको हो । आधुनिक युगका जटिलता र जीवनका अस्तव्यस्ततालाई प्रतिबिम्बित गर्ने यस निबन्धमा लामिछानेले आफू र आफनो वास्तविकतालाई राम्रोसाग व्यक्त गरेका छन् । आजको मानिस परम्पराबाट निकै अगाडि पुगिसकेको छ । उससाग आफना वैयक्तिक समस्यादेखि विश्वस्तरीय विभिन्न जटिलताहरू गाासिएका छन् । अहिलेको मानिसको जीवन सरल र सहज छैन । जटिलतम समस्याहरू उसभित्र अटेसमटेस भई अमूर्त रूपमा कोचिएर बसेका छन् । यही मुख्य विषयवस्तुलाई निबन्धकार लामिछानेको यस निबन्धका २७ अनुच्छेदहरूमा प्रतिपादन गरिएको छ । वर्तमान जीवनका विविध समस्याहरूलाई अभिव्यक्त गर्ने यो निबन्ध नेपाली साहित्यका पाठकका बीचमा निकै चर्चित रहेको देखिन्छ ।

निबन्धको सन्दर्भ

अघिल्लो दिन निबन्धकार शङ्कर लामिछानेको काठमाडौाको नयाासडकमा प्रसिद्ध कलाकार तथा साहित्यकार लैनसिंह वाङदेलसाग भेट हुन्छ । वाङ्देलले लामिछानेको चर्चित लेख शङ्कर लामिछाने ः शङ्कर लामिछानेको दृष्टिमा पढेको र राम्रो लागेको प्रसङ्ग कोट्याउाछन् । उनले लामिछानेको चर्चित लेख यथार्थवादी भएको बताउादै एउटा अमूर्त शैलीको निबन्ध फेरि लेख्न आग्रह गर्दछन् । आफू अमूर्त कला कोर्ने वाङदेलले अमूर्त शैलीको निबन्ध लेख्न गरेको आग्रहलाई उनले हाासेर टारिदिन्छन् । त्यसको लगत्तै उनको भेट नेपाली कविताका सुप्रसिद्धद्घ स्रष्टा केदारमान व्यथित (१९७१-२०५५) साग हुन्छ । उनले हातमा हिमानी पत्रिकाको बाहिरी मुखपृष्ठको अमूर्त कलाको डिजाइन लिएका थिए । नेपाली साहित्यका चर्चित लेखक लामिछानेलाई व्यथितले एक दुई दिनभित्रै एउटा राम्रो कथा लेखेर दिन अर्को आग्रह गरे । व्यथितको आग्रहलाई पनि उनले बाङदेललाई जस्तै हाासेर टारिदिन्छन् । वास्तवमा कस कससाग कस्तो हाासो कसरी हाास्नुपर्दछ भन्ने कलाकारितामा लामिछाने पोख्त छन् । वाङ्देल र व्यथितलाई हाासेर टारे पनि उनीहरूका अलग अलग आग्रह र अनुरोधले उनको मानसिकतामा चाहिा उखेल्नै नसक्ने गरी गडिसकेका थिए । यिनै दुई मूर्धन्य कलाकार र साहित्यकारको प्रेरणाको परिणामस्वरूप यस निबन्धको रचना भएको हो ।

वर्तमान युगका जटिलताको अभिव्यक्ति

यस निबन्धमा लेखकले आधुनिक युगका जटिलतम अवस्थाहरूलाई अभिव्यक्त गरेका छन् । यस सन्दर्भमा बाङदेल र व्यथितलाई कृष्णले यशोदालाई विश्वरूप देखाएजस्तै लामिछानेले देखाएको अमूर्त विश्वरूपको चर्चा निकै रोचक र मार्मिक छ । लेखक लामिछानेले यहाँ आधुनिक युगका मानिसका जटिल जीवनको प्रतिनिधित्व गर्दै आफनो बहुरूप (विश्वरूप)को वर्णन गरेका छन् । ऊ (शङ्कर) बीसौँ शताब्दीको एक बुद्धिजीवी हो । मध्यमवर्गीय परिवारको सदस्य ऊ विवाहित र दुई छोराछोरीको बाबु हो । तन्देरी र स्वस्थ देखिने ऊ सिर्जनशील व्यक्तित्वको धनी छ । सभ्य नेपाली नागरिक ऊ जीवनका जिम्मेवारीका विविध समस्याहरूबाट ग्रस्त छ । ऊ परम्परा र आधुनिकताको द्वन्द्वात्मक चपेटामा परेको छ । उसका एकातर्फ आफना परम्परागत मूल्य, मान्यता र आदर्शहरू छन् भने अर्कातर्फ आधुनिक युगका उपलब्धिहरू पनि प्रशस्त छन् । ऊ यी दुई युगका बीचको दशगजामा उभिएको हुन्छ । ऊ न त आफनो परम्परा नै त्याग्न सक्छ न त आधुनिकताबाट नै टाढा रहन सक्छ । त्यसैले वर्तमान समयको मानिस नयाा र पुरानो पुस्ताको दशगजामा बुाख्याचाजस्तै ठिङ्ग उभिएको छ ।

अहिलेको मानिस आफनो परिवेशमा मात्र उभिएको हुादैन । उसका मनमस्तिष्कमा पूरै विश्व अटाएको हुन्छ । देशविदेशका घटना र दुर्घटनाहरूबाट ऊ प्रेरित, प्रभावित र उत्तेजित बन्दछ । ऊ देशविदेशका सम्पूर्ण अखवारमा प्रकाशित खबरहरू पढ्ने गर्दछ । संसारका महान् राजनेता, दार्शनिक, वैज्ञानिक, सात्यिकार, कलाकारहरूका चिन्तन, आविष्कार र सिर्जनाका बारेमा उसलाई निकै चासो छ । यस अतिरिक्त विश्वका सम्पन्न-विपन्न तथा साना-ठूला देशका समस्याका साथसाथै आफनै छोराको स्वास्थ्यस्थितिका बारेमा उसलाई निकै चिन्ता छ । यसैले आजको मानिस सङ्गतिका वृत्तमा अटाउन सक्तैन र उसका समस्याहरूलाई मूर्त वा यथार्थ रूपमा अङ्कन गर्न पनि सकिने स्थिति छैन । वर्तमान युगका यस किसिमका वास्तविकतालाई प्रस्तुत निबन्धमा लेखकले स्पष्टरूपमा अभिव्यक्त गरेका छन् । आजको मानिस प्रत्येक दिन बिहान सागसब्जी वा तरकारी किन्ने समस्याले पिरोलिएको हुन्छ । दिउासो ऊ वैभवशाली बन्ने सपनामा मस्त बनेको हुन्छ र सााझमा ऊ थकानले निस्लोट भएको हुन्छ । उसका प्राप्ति र उपलब्धिहरू यिनै हुन् । आजको आधुनिक युगको जीवनशैली यस्तै भावना, चिन्तन र क्रियाकलापहरूलेयुक्त हुन्छ । यस्तै अमूर्त र जटिल परिस्थितिबाट उसका पल-प्रतिपल गुजि्ररहेका हुन्छन् ।

निबन्धकार लामिछानेका विचारमा आधुनिक मानव स्वयम् ईश्वर वा भगवान् हो । यो संसार उसैको सृष्टि हो । ऊ स्वयम्मा ईश्वरत्वको आभास भएको अनुभव गर्दछ । मानिसले आफैालाई ईश्वर हुँ भन्ने उद्घोष गरे पनि मानवताबाट भने ऊ निकै टाढा पुगेको छ । मानवीय गुण हराइसकेको आजको मानिस अमानव बन्न थालिसकेको छ । वर्तमान समाजमा जाति, धर्म, सम्प्रदाय आदिका लक्ष्मणरेखाहरू खिचिएका छन् । अदृश्य रङले कोरिएका यी रेखाहरू रङ्गविहीन र अमूर्त छन् । लेखकले हजार वर्षपछि यस किसिमका विभाजक रेखाहरू नामेट हुनेछन् र विश्वसमाज एकै वृत्तमा अटाउनेछ भन्ने पूर्वानुमान गरेका छन् । त्यस बेलामा कसैले पनि अहिलेको जस्तो दशगजा क्षेत्रमा उभिनु नपर्ने विचार निबन्धकारको छ । वर्तमान परिस्थितिलाई उनले दशगजामा अवस्थित पञ्चमुखी शिवलिङ्गका बारेमा दुई मुलुकका बीचमा भएको खिचातानी र द्वन्द्वका दृष्टान्तबाट स्पष्ट पारेका छन् । सिमानाका रेखाहरू रङ्गविहीन र अमूर्त भएझैा वाङ्देल, व्यथित र लामिछानेका कला, कविता र निबन्धमा अमूर्तता रहनु कुनै नौलो कुरा होइन । मानिसको जीवन नै अमूर्तताको पर्याय बनेको छ । आधुनिक मानिसका सोचाइ, व्यवहार र गतिविधिहरू अमूर्ततामा आधारित हुनाले उसका रचना, सिर्जना र कला स्वतःअमूर्त बन्छन् भन्ने धारणा निबन्धकार लामिछानेको देखिन्छ । अतः लामिछानेको हँसाइ पनि अमूर्त छ वाङ्देल, व्यथित र आफना छोराका लागि उनी बेग्लाबेग्लै हाासो हाास्न बाध्य छन् विवश छन् । वास्तवमा यही नै आधुनिक मानिसको अमूर्त जीवनपद्धतिको नौलो उदाहरण हो ।

प्याजसाग तुल्य आधुनिक जीवनपद्धति

निबन्धकार शङ्कर लामिछानेले वर्तमान यथार्थवादी कला वा साहित्यमा समाज वा मानिसको चित्रणलाई पत्रैपत्र भएको गन्धयुक्त प्याजसाग तुलना गरेका छन् । प्याजको अस्तित्व पत्रैपत्रमा कायम रहेको हुन्छ । यो एक किसिमको रङ्गविहीन र दुर्गन्धयुक्त वस्तु हो । मानिसको जीवन पनि लेखकको विचारमा प्याजजस्तै हुन्छ । मानिसको जीवन विभिन्न समस्याहरू, उसका थरीथरीका सोचाइहरू र अनुभूतिहरूले संश्लिष्ट बनेको हुन्छन् । उसको मस्तिष्कमा फुक्नै नसक्ने गरी ग्रन्थिहरू गुजुल्टिएका हुन्छन् । उसको हृदयमा सागाल्नै नसक्ने भावनाहरू गुटमुटिएका हुन्छन् । यसै गरी उसभित्र सुल्झाउनै नसकिने विचारका शृङ्खलाहरू अल्झिएर बसेका हुन्छन् । ती पत्रहरू निकै बेर लगााएर सुल्झाए पनि एकतमासको आाखै पोल्ने, जीवनमा नै एक प्रकारको वाक्कलाग्दो दुर्गन्ध फैलिन्छ । मानौा हामी त्यहाा प्याजकै पत्र उप्काइरहेका छौँ- आाखा मिची मिची र आासु काढ्दै । प्याजका पत्रहरू पल्टाउादै जाादा अन्त्यमा कुनै ठोस वस्तु फेला पर्दैन, फेला पर्छ केवल शून्य । मानवजीवनको अन्तिम परिणति पनि शून्य नै हो भन्ने निबन्धकार लामिछानेको चिन्तन यस निबन्धमा अभिव्यक्त छ । अतः आजको मानवजीवन प्याजसाग तुल्य छ भन्ने लेखकको धारणा यस निबन्धले स्पष्ट पारेको छ ।

युगको प्रतिबिम्ब ः अमूर्त जीवनपद्धति

निबन्धकार शङ्कर लामिछानेले प्रस्तुत निबन्धमा आजको युगका मूल्य र मान्यतालाई प्याजसाग तुल्य ठानेका छन् । आजको मानिस विकीर्णतामा छिरलिएको छ । युगीन जटिलताहरूले उसको जीवनलाई अमूर्त बनाइदिएका छन् । तिनले मानिसलाई प्याजजस्तै तुल्याइदिएका छन् । वास्तवमा आजका मानिसको कहालीलाग्दो परिस्थितिलाई कलाकार, कविलेखक र स्रष्टाहरूले आफना रचनाको विषयवस्तु बनाउनु अत्यन्त जरुरी भइसकेको छ । समाजका विषयवस्तु र संवेदनाहरूलाई समेटेर लेखिएको वा सिर्जना गरिएको रचना नै शाश्वत मूल्यले युक्त हुनसक्छ । त्यसैले लेखक कलाकार वाङ्देललाई र कवि व्यथितलाई युगीन प्रतिबिम्ब प्याजबारे अमूर्त कला सिर्जना गर्न र त्यसै भावमा महाकाव्यको रचना गर्न आग्रह गर्दछन् । वर्तमान युगका यथार्थताहरूलाई अभिव्यञ्जित गर्ने ती रचना अमर बन्ने लेखकको धारणा छ । तिनै रचनाका माध्यमबाट वाङ्देल, व्यथित र लामिछाने पनि अजर अमर बन्ने हुादा यसबारे वाङ्देल, व्यथित र लामिछानेले कुची र कलम चलाउनै पर्ने विचार उनले निबन्धमा प्रकट गरेका छन् । यस किसिमको युगीन विषयवस्तुले भरिएको कृति लेख्न नसक्ने लेखकको अबको इतिहासमा कुनै स्थान नहुने कुरा सङ्केत गर्दै निबन्धकार लामिछानेले आफ्ना नयाँ कृतिका माध्यमबाट लेखक वा कलाकार इतिहासमा अमर रहन सक्ने वास्तविकताप्रति सङ्केत गरेका छन् ।

निष्कर्ष

यस निबन्धमा निबन्धकार शङ्कर लामिछानेले विषयवस्तु तथा शैली दुवै अमूर्त किसिमको अागालेका छन् । लेखक वा कलाकार यथार्थवादी हुादाहुादै पनि जीवनका विभिन्न समस्या र जटिलताहरूबाट टाढा रहन सक्तैनन् । वर्तमान विश्वको यस किसिमको बाध्यताले उनीहरूको चिन्तन, विषयवस्तु र शैलीलाई अमूर्त बनाएको हो । संसारको प्रत्येक मानिस घरेलु परिस्थितिदेखि विश्वस्तरीय विभिन्न समस्याहरूबाट प्रतिक्षण प्रभावित र प्रेरित हुन्छ । मानिसका मन र मस्तिष्क पनि त्यसबाट अछुतो र अप्रभावित रहन सक्तैनन् । यिनै जटिलता र अमूर्तताबाट प्रेरित र प्रभावित लेखक कलाकारहरूबाट रचित/सिर्जित कला वा साहित्य स्वाभाविक रूपमा अमूर्त बन्छ भन्ने निष्कर्ष यस निबन्धले अघि सारेको छ ।

(Source: Madhuparka)

Segments: 

Comments